कृष्णबहादुर बि.क.
अहिले देश “कोभिड-१९” को विश्वव्यापी महामारी रोकथामका लागि गरिएको देशव्यापी बन्दाबन्दीमा रहेको । अन्य क्षेत्र जस्तै पशुपालन क्षेत्रमा पनि कोरनाले नराम्रो संग असर गरेको छ । पशु सेवा अत्यावश्यक सेवामा नपर्ने भएकाले पशु अस्पताल खुलेका छैनन् । यति बेला कृषकहरुले पालेका पशु विरामी हुँदा उपचारमा समस्या भएकाले कृषकलाई घरमानै पशुको उपचार गर्न सहज होस भनेर पशु विरामी हुँदा घरमानै गर्न सकिने केही घरेलु उपचारहरुका यहाँ प्रस्तुत गरिएको छ ।
१)अरूची
क) १० ग्राम नून र १० ग्राम ज्वानो सँगै पिँध्ने र यसमा २० ग्राम खुदो मिसाएर पशुलाई दिनहुँ दुई पटक २–३ दिन सम्म खुवाउने ।
ख) एक चौथाई लिटर मही दिनको दुईपटक २ दिनसम्म खुवाउने ।
ग) ५००मि.लि इमिलीको रसमा १० ग्राम सुकेको हर्रो फूलको धूलो मिसाई बनाएको झोल २०० मि.लि. दिनको एक पटक केही दिन सम्म खुवाउने ।
घ) आहारामा परिवर्तन गर्ने ।
२) ज्वरो आएमाः
क) १०० ग्राम खुदोमा १० ग्राम चिराइतो मिसाई बाक्लो लेदो बनाई पशुको जिब्रो तथा मुखको माथिल्लो भागमा दिनहुँ दुई पटक लगाउने ।
ख) एक मुठ्ठी हरियो नीमको पातलाई १ लिटर पानीमा १५ मिनेट सम्म उमाली दिनको २ पटक गरेर खुवाउने ।
ग) एक मुठ्ठी इमलीको पात र २५० ग्राम इमली फल आधा बाल्टी पानीमा १५ मिनेटसम्म उमाल्ने र पानीको सट्टामा खानदिने ।
३) रूघाखोकी
क) दुई मुठ्ठी हरियो इमलीको पातलाई १ लिटर पानीमा ५ मिनेट सम्म उमाल्ने र २०० मि.लि. को दरले दिनको ३ पटक ३ दिन सम्म खान दिने।
ख) ५ ग्राम सुकेको बेसारको टुक्रालाई धूलोपारी त्यसमा थोरै मात्रामा सख्खर मिसाई लेदोपारी दिनको १ पटक केही दिन सम्म दिने ।
ग) फलेदोको ५०० ग्राम हरियो पातलाई पिनेर ३००–४०० मि.लि. पानीमा मिसाएर आधा आधा गरी बिहान,बेलुका गरेर ३ दिन सम्म दिने ।
घ) ५–१०ग्राम सुकेको तुलसीको पातलाई धूलोपारी अलि कति सख्खरमा मिसाई लेदो पारी दिनको २–३ पटक ३ दिनसम्म खान दिने ।
४) पखाला लागेमा
क) १ लिटर पानीमा १ चिया चम्चा नून र ४ चिया चम्चा चिनी घोलेर तयार पारेको झोल दिनको ३–४ पटक खुवाउने ।
ख) चामलको माडमा १ ग्राम अदुवाको धूलो मिसाएर बिरामी पशुलाई दिनको २ पटक खुवाउने ।
ग) एकमुठ्ठी चिया पत्तीलाई १ लिटर पानीमा उमाल्ने, यसलाई छानेर यसमा आधामुठ्ठी अदुवाको धूलो हाल्ने र यो दि नको ३–४ पटक गरेर बिरामी पशुलाई खुवाउने ।
५) पेट फुलेमा
क) १०० मि.लि. जति तोरीको तेल एकैपटकमा खुवाईदिने ।
ख) एक चम्चा लुगाधुने पाउडरलाई २०० मि.लि. जति पानीमा घोलेर खुवाई दिने । खाने सोडा पनि यसको लागि प्रयोग गर्न सकिन्छ ।
ग) सामान्य किसिमबाट हावा भरिएको छ भने दुईवटा केराको पात टुक्रा पारेर दिनहुँ २–३ पटक २ दिनसम्म खुवाउने ।
घ) पेट साह्रै फुलेको छ भने सफा धारिलो चक्कुले पशुको बाँयापट्टिको भुडिमा दुलो पारेर सो ठाउँमा कुनै नली राखिदिने ।
६) कब्जियत भएमा
क) पशुले खान सके जति केराको पात खानदिने ।
ख) ५०देखि १०० ग्राम घिउकुमारीको पातलाई पिनेर २–३ दिन सम्म खुवाउने ।
ग) यथेष्ट मात्रामा पानी खानदिने ।
घ) तरल पाराफिन, काँचो आलसको तेल दिनहुँ एक पटक १०० मि.लि. जति १ –२ दिन सम्म खुवाउने ।
७) विष खाएमा
क) विष खाएको पशुलाई १ लिटर दूध खुवाईदिने ।
ख) १०० ग्राम म्याग्नेसियम सल्फेट ५००मि.लि. पानीमा मिसाई खुवाउने ।
ग) विष खाएको पशुलाई १ लिटर पाराफिनको तेल वा काँचो आलसको तेल वा कुनै प्राकृतिक वनस्पति तेल खुवाईदिने ।
घ) २०० ग्राम काठको खरानीको धूलोलाई ८०० मि .लि . पानीमा मिसाई विष खाएको पशुलाई खुवाउने ।
ङ) ४ वटा फुल, २५० ग्राम सख्खर र १०० ग्राम बेसारलाई १०० मि .लि .पानीमा मिसाई तुरून्तै खुवाउने ।
८) आन्तरिक परजीवि
क) लज्जावती झारको सुकेको पात एक भाग र दुई भाग पानी मि साएर ४० मि .लि.जति खुवाउने ।२–३ हप्तापछि फेरि दोहर्याउने ।
ख) ५० मि .लि . पानी र अलि कति नून राखी त्यसमा एउटा किम्बुको छिप्पिएको फल राखी कुट्ने र हप्ताको १ पटक ३ हप्तासम्म खुवाई राख्ने ।
ग) घाँममा सुकाएको छिप्पिएको मेवाका बीउहरू धूलो पारी अलि कति पानीमा मिसाउने र १०० ग्राम जति ६ दिन सम्म दिनहुँ १ पटक खुवाउने ।
९) किर्ना परेमा
क) २०० ग्राम नून ४ लि टर पानीमा घोलेर यसै झोलले नुहाइदिने ।
ख० ५० मि .लि . नरिवलको तेल १०० ग्राम गन्धकर ५० ग्राम अदुवा मिसाई तताएर चिसो पार्ने र पशुको जीउभरी लगाइदिने ।
ग) ३०० ग्राम सुकेको सुर्तीको पातलाई १ लिटर पानीमा भिजाउने र १ चम्चा हालेर यसलाई ३ घण्टा सम्म यथावत राख्ने । ३ घण्टा पछि यो झोल पशुको जीउ भरि लगाउने ।
१०) लुतो भएमा
क) गन्धक धूलोमा अलि कति तेल मिसाई त्यसको लेदो लुतो भएको ठाउँमा लगाउने ।
ख) एक मुठ्ठी सुकेको बकाइनोको छिप्पि एको बीउलाई पिनेर त्यसमा अलि कति पानी मिसाईले दोबनाएर लुतो भएको ठाउँमा लगाईदिने ।
११) खोरेत
क) खोरेत लागेका पशुहरूलाई शुरूको अवस्था मा १२ वटा केरा खुवाउने र १ के.जी. मेथीको पात खान दिने ।
ख) फिटकिरीले मुख वरिपरिको घाउ सफा गर्ने ।
१२) खुर कुहिने
क) पशु आउने जाने बाटोमा एउटा खाडल खनी २ र३ लिटर मट्टितेल खाडलमा हाल्ने ।
ख) २–३ मुठ्ठी निलोतुथो १ बाल्टी पानीमा घोल्ने र खाडलमा हाल्ने ।
ग) ३–५ के.जि . हरियो नीमको पातलाई राम्ररी पिनेर खाडलमा हाल्ने ।
घ) दिनको २–३ पटक पशुलाई त्यसमा हिडाउने । (स्रोतःएशिया महादेशमा प्रचलित पशु चिकित्सा कृषि डायरी २०७६)
( लेखक – भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा अधिकृत पदमा कार्यरत हुनुहुन्छ )