प्रतीक इच्छुक शर्मा
प्रारम्भ ःल्याटिन भाषाको Dirnum (ड्यूर्नम्) शब्दबाट Journal शब्द बनेको हो । फ्रान्सेली भाषामा Jour जर वा Journal को अर्थ दिन भरिको भन्ने हुन्छ । यो शब्दको उत्पत्ति De–Jour बाट भएको मानिन्छ । यसको अर्थ दिनदिनैको काम भन्ने बुझिन्छ । अंगे्रजी Journalism लाई नेपालीमा पत्रकारिता भनिन्छ ।
रोमका शासक जुलियस सिजरको पालामा सरकारका दैनिक कामकार्यको सूचना दिन शहरका चोकहरुमा टाँसिने पत्रलाई एक्टा ड्यूर्ना Acta Dourna भनिन्थ्यो । यसैलाई पहिलो सञ्चार पनि मानिएको छ । आधुनिक पत्रकारिताका सिद्धान्तकार डेविड बेनराइटरलाई मानिन्छ । उनको परिभाषामा– पत्रकारिता जनसञ्चार हो । यसले विश्वमा नया–नयाँ के भइरहेछ भनी जान्नका लागि संधै भरि उत्सुक मानवीय जिज्ञासालाई मेटाउन दैनिक घटनालाई शब्द, ध्वनी वा फोटोको माध्यमबाट प्रस्तुत गर्दछ ।
सी.जी. मुलरले भनेका छन्– पत्रकारिता सामयिक ज्ञानको व्यवसाय हो । यस व्यवसायमा आवश्यक तथ्यका प्राप्ति, तिनको मूल्याङ्कन तथा उचित प्रस्तुतीकरण पर्दछ । लेनिनको भनाईमा पत्रकारितालाई प्रचार र संघर्षको साधन मात्र नभई संगठन कर्ता पनि हो ।
सञ्चार पत्रकारिता लाई थोरै धेरै जोड कोणवाट परिभाषा गरेको पाइए पनि आम चासोको विषय वस्तुको खोज संकलन,लेखन,सम्पादन संयोजन गरी सञ्चारका माध्यमवाट सार्वजनिक गर्ने कार्य हो । सञ्चारका माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाईनका माध्यमवाट सार्वजनिक गरिन्छ । अहिलेको युग सूचना सञ्चारका युग हो । २१ औं शताब्दीमा पत्रकारिता दिन प्रतीदिन नयाँ नया सूचना प्रविधि सहित समवृद्ध वन्दै गएको छ ।
सञ्चारको आरम्भ र माध्यम
प्रारम्भिक सञ्चार अर्थात पत्रकारिता मानौ, जहाँ खवर आदान प्रदान हुन्थ्यो । सञ्चार गर्न कटवालले हाँक हालेर सञ्चार गर्ने गर्दथे । जसलाई उच्च स्वरले सुनाउने, ठूलो स्वरले भन्नु अथवा कला हाल्नु भन्ने रुपमा वुझिन्छ । यस्ता कटवाल, विर्तावाल, जिम्वाल, जमिन्दार, पटवारी, मुख्याको मातहातमा रहनुपर्ने हुन्थ्यो । कटवालले गाउ घरमा भित्री वाहिरी सवैको जानकारी राख्थे । कटवालले भन्यो भने सवैलाई विश्वास हुन्थ्यो । त्यसैले पत्रकारको पूर्वरुप कटुवाल हो भन्न सकिन्छ । अहिलेको पत्रकार र अहिलेको पत्रकारितालाई विश्लेषण गर्दा विगतमा अपनाएका तरिका अहिलेका पत्रकारिताका पूर्वअभ्यास थिए । अझै पनि सल्यानका विभिन्न गाउमा कटवाल प्रचलनमा रहेको पाइन्छ ।
उत्सव, समारोह, कार्यक्रमका लागि आमन्त्रण गर्ने ब्यक्तिलाई न्यूतारे भनिन्छ । न्यूतारेले सुपारी अथवा फूल दिएर खवर दिदै सञ्चार गर्दथे । यसको पारिश्रमिक थिएन तर सम्मान हुन्थ्यो । यतिसम्मकि न्यूतारे आयो के खवर ल्यायो, लौ भन लौ भन.. भन्ने चलन सल्यानको समाजमा विद्यमान रहेको छ । यस्तै करखा गायनको रुपमा पनि गाइने (गन्र्धव)ले गाउँमा भएका गतिविधि मात्र गाऊमा संप्रेषण गर्ने कार्य समेत भएको सल्यानमा पाइन्छ । गाइनेको माध्यमबाट जिल्ला र देशमा विभिन्न भागमा भएका राम्रा नरामं्रो कुराहरु गाउँमा गीतका माध्यममा गाइनेहरु सूचना दिने कार्य गर्दथे । यो सल्यानमा अहिले पनि कायम रहेको छ ।
पत्रकातिाकोको संक्षिप्त इतिहास
पत्रकारिता समाज विकासको गति संगै अगाडी वढेको हुन्छ । समाजको विकास कसरी भैरहेको छ भन्ने कुराले सञ्चार त्यसको विकसित रुप पत्रकारितालाई निर्धारण गर्दछ । राजनीतिक परिवर्तनसंग पत्रकारिता जोडिएको छ । नेपालमा आम सञ्चारको सुरुवात १९५५ मा सुधासागर पत्रकारितावाट भएको मानिन्छ । नेपाली पत्रकारितालाई हेर्दा राणाकालमा जंगवहादुरले वेलायत भ्रमण पश्चात फर्कदा ल्याएको गिद्धे प्रेस नेपालमा स्थापना भएको पहिलो प्रेस मानिन्छ । वि.सं १९५८ वैशाख २४ गते वाट गोरखापत्र प्रकाशन आरम्भ भएको थियो । गोरखापत्र वि.सं. २००० अर्धसाप्ताहिक, विसं.२००३ मा त्रिसाप्ताहिक २००१७ सालवाट दैनिक प्रकाशन हुन थालेको हो । प्रेसको स्थापना गरिए पनि खासै नेपाली भाषामा पत्रिका प्रकाशन भएको पाईदैन् । १९५८ जेष्ठ मा पशुपति पे्रस (हालको पशुपति प्रेसको प्राराम्भिक नाम वाट गोरखापत्र प्रकाशित भएको थियो । विसं १९९१ सालमा ऋद्धिवहादुर मल्लको सम्पादनमा शारदा पत्रिका प्रकाशनमा आयो । विस्तारै प्रकाशन श्रृङ्खला वढ्दै गएको पाईन्छ । २००७ साल सम्म खासै समाचारमूल पत्रिका प्रकाशन हुदैन्थे । राणा शासनको अन्त्य तिर २००३ साल माघ १४ गते विद्युत ईञ्जीयिर काशिराज पाण्डेले नेपाल वोर्डकास्टिङ् नाम दिएर पहिलो पटक रेडियो प्रशारणमा ल्याएका थिए । वि.सं २००७ मंसिर २९ भोजपुरवाट र माघ २० गते विराटन नगर रघुपति जुटमिल परिसरवाट प्रजातन्त्र रेडियो नेपाल सञ्चालन भएको थियो । त्यही रेडियोको ट्रान्समिटर काठमाण्डौ ल्याएर २००७ साल चैत्र २० देखी रेडियो नेपाल प्रशारण हुन थालेको हो ।
छापा पत्रकारितामा सल्यान
सल्यानमा नेपालमा पत्रकारिता सुरु भएको झण्डै ६५ वर्षपछि मात्र आधुनिक पत्रकारितामा प्रवेश गरेको इतिहास फेला परेको छ । पञ्चायती ब्यवस्थाले प्रतिवन्ध लगाए पनि सल्यानमा २०२० सालमा सल्यान वुलेटिन प्रकाशन भएको पाइन्छ । वासुदेव शर्माले सम्पादन गर्नुभएको सल्यान वुलेटिन पत्रिका सल्यानको पहिलो पत्रिको हो । भारतको लखनउमा मुद्रित पत्रिका समाचारमूलक रहेको थियो । वि.सं. २०२१ सालमा मरिचमान सिहले सम्पादनमा राप्ती दर्पण नामक पत्रिका प्रकाशन भएको थियो । राप्ती दर्पण २०२१ देखि निरन्तर २०४५ सम्म प्रकाशन भएको देखिन्छ । राप्ती दर्पणको सम्पादनमा (२०२३–२४ गणेश निराला), (२०२४–२६ भक्तवहादुर श्रेष्ठ), (२०२६–२७ दामोदर वटुवा) र (२०२८–४५ टिकाराम रेग्मी)रहेको पाइएको छ ।
जिल्लामा समाचारमूलक पत्रिकाले निरन्तरता प्रकाशन नभए पनि साहित्यिक, विचारप्रधान र संघ संगठनका मुख पत्रहरु प्रकाशन भएको पाइन्छ । यसैवाट जिल्लाको पत्रकारिता धानिएका देखिन्छ । सल्लेरी साहित्यिक परिवारले २०३६ सालमा साहित्यिक पत्रिका प्रयास पत्रिका प्रकाशन गरेको छ । अमर शाह (भल्चौर) र नेत्रलाल श्रेष्ठ (खलंगा) ले गठन गरेको साहित्यिक समुहद्धारा प्रकाशित पत्रिकाको सह–सम्पादन मोहनसिह थापा र उषा हमालले गर्नुभएको थियो ।
यस्तै जिल्लामा सल्यान क्याम्पसको मुखपत्र चिन्तन (२०३८), सल्यानी समाज काठमाडौंले नवर्सिजना (२०४४), महाकवि लक्ष्मीप्रसाद प्रतीमा संरक्षण समितिले लक्ष्मीप्रसाद देवकोटा स्मारिका (२०४५), प्रगतिशिल सल्यानी मञ्च काठमाडांैले चेतना (२०४८), श्री जनकल्याण मावि का विद्यार्थीहरुले नयाँ चेतना (२०५२ भित्ते पत्रिका), मौसमदास श्रेष्ठको सम्पादनमा पञ्चरत्न (२०५२), (नेकपा एमाले सम्पर्क मञ्चले सूर्य ध्वजा (२०५३) यो पत्रिका २०४४–५० सम्म प्रकाशित भए पनि दुई अंक सिर्जना र नाम फेरेर नव सिर्जना राखेको पाइन्छ । यस पत्रिकाको यसपछि निरन्तरता देखिदैन । आरोहण साहित्यिक परिवारले पूर्ण भण्डारी पंकज सम्पादक रहेको कदम साहित्यिक पत्रिका (२०५५), कल्पना सेजवाल (सेजवालटाकुरा) वालआवाज (२०५५), नेपाली काँग्रेस सल्यान काठमाण्डौ सम्पर्क समितिले शारदा (२०५६), नेकपा माले सल्यान–काठमाण्डौ सम्पर्क समितिले चुनौती (२०५७), सल्यान सरोकार समाज काठमाण्डौले सल्यानी आवाज (२०५८), अनेरास्ववियू (क्रान्तिकारी) सल्यानले शाकुसन्देश (२०५९–०६२) प्रकाशन गरेका देखिन्छ ।
त्यसैगरी शालिकराम शर्मा प्रधान सम्पादक र प्रतीक इच्छुक शर्मा सम्पादक रहेको सल्यानी सन्देश राष्ट्रिय साप्ताहिक (२०५९– हालसम्म) सल्यानी साहित्यिक समाजले प्रारम्भ (२०६२),( सल्यानी विद्यार्थी मञ्च दाङले सल्यानी आवाज (२०६४) हालसल्यानी सुशेली, असल शासन युवा कल्वले असल शासन आवाज (रमेशकुमार वली–२०६३)प्रकाशन भएको पाईन्छ । सल्यान पोष्ट साप्ताहिक (जीवन विसी,रमेश कुमार गौतम, प्रतीक इच्छुक शर्मा २०६६) र समावेशी आवाज ( तुलसीराम घर्ति अर्धवार्षिक २०६७ )उज्योलो समाचार साप्ताहिक – पवन कुमार ,डिल्लीराज रावत २०७०) , दर्पण साहित्यीक त्रैमासिक –कलिराम घर्ति २०७१) कुमाख खवर पत्रिका गोविन्द प्रसाद शर्मा (वार्षिक २०७१)प्रकाशन भएका पत्रिका केही समय प्रकाशन भए पनि निरन्तरता पाउन सकेका छैन् । प्रकाशित भएका पत्रिका मध्ये सल्यानी सन्देश राष्ट्रिय साप्ताहिक वाहेक अन्य पत्रिका वन्द अवस्थामा रहेका छन् ।
जनयुद्ध र पत्रकारिता (२०५२–०६२)
सल्यान दश वर्षे जनयुद्धको केन्द्र भाग नै हो । जनयुद्धले पैदा गरेका मौलिक आयामहरु सल्यानमा पनि प्रशस्त पाइन्छ । समग्र क्षेत्रमा हस्तक्षेप वढाएको तत्कालिन नेकपा माओवादीले जिल्लामा स्थानीय जनसत्ता स्थापना संगै सञ्चार, आम सञ्चार पत्रकारितामा योगदान गरेको पाइन्छ । राज्यपक्षको प्रचारका विरुद्ध प्रचारलाई ब्यवस्थित गर्न माओवादी आन्दोलनको खुलेर खवर संप्रेशन गर्ने जनादेश, जनदिशा, महिमा लगायतका पत्रिकाको आफ्नै माध्यमवाट संगठित समुदाय सम्म वितरण गर्ने गरी ब्यवस्था मिलाइएको थियो । जनपक्षीय पत्रिकामार्फत विचार र सूचना संप्रेषण गरी जनतालाई सुसूचित वनाउन पत्रिका वितरण गाउँ, टोलमा भएको पाइन्छ । सल्यान जिल्लावाट जनपक्ष्ीाय पत्रकारिता क्षेत्रमा सल्यान थारमारेका भीमप्रकाश शर्माको नाम अगाडि आउँछ । जनयुद्धको तयारीको क्रममा जनादेशसाप्ताहिक मुख्य जिम्मेवारी पूरा गर्नुर्भका शर्मा जनआब्हान साप्ताहिकको प्रकाशक÷सम्पादक र नेपाल पत्रकार महासंघ ललितपुरको उपाध्यक्षसमेत वन्नु भयो ।
नेकपा माओवादी सल्यानले संकटकाल र तीन महिना नामक वुलेटिन प्रकाशन गरी राज्य पक्षवाट भएका ज्यादतीको भण्डाफोर गरेको थियो । अखिल क्रान्तिकारी सल्यानले मासिक रुपमा शाकु सन्देश मासिक पत्रिका प्रकाशन गर्ने गरेको थियो । यसले पनि पत्रकार उत्पादन गरी पत्रकारिता गर्न जनयुद्धमा सहभागि यूवाहरुको आर्कषण वढाएको थियो । आन्दोलनकै विचमा विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा संमाचारदाताका रुपमा रिपोटिङ् गर्ने काम भएको पाईन्छ । शाकु सन्देश मासिक (२०५९–०६२)मा प्रारम्भिक समयमा गणेश शाही, तिलकराज भण्डारी, प्रतीकइच्छुक शर्मा क्रियाशिल भएको पाइन्छ भने त्यस समयमा पत्रिकामा स्तम्भकारका रुपमा टिकाराम वली, रमेश मल्ल, रमेशकुमार मल्ल, तिलक मल्ल, रत्नवहादुर वली, हिरालाल केसी, सुम्निमा डिसी, टिका वुढाथोकी, झक्कुप्रसाद पुन (निर्मम),धनवहादुर वली सौरभ क्रियाशील रहेको पाईन्छ ।
२०६० मा देशका पाँच स्थानमा स्थापना भएका रेडियोहरु जिल्ला जिल्लावाट संवाददाताका रुपमा क्रियाशिल रहने क्रममा हेमन्त वली, हिरालाल केसी, तिलक भण्डारी गणेश शाही, किरण गिरी, भीम कुमाखी लगायतले युद्ध रिपोटिङ् गरेका थिए । हेमन्त वली र हिरालाल केसी रेडियो जनगणतन्त्र विशेष क्षेत्रीय प्रशारणमा लामो समयसम्म क्रियाशिल समेत रहनुभयो । शाकु सन्देशमा रहेर दुर्गा वुढाथोकी, डिल्ली केसी, दिपक शर्मा क्रियाशिल रहेका थिए । यस्तै मा विपना वुढाथोकी, संगिता विक पनि रिर्पोटरको रुपमा क्रियाशिल भएको पार्ईन्छ । यस्तै सांस्कृतिमोर्चामा रहेर पनि डिल्ली मल्ल र जनमुक्ति सेनामा रहेर पनि प्रतीक इच्छुक शर्माले रिपोटिङ गरेका थिए । मल्ल हाल दाङमा नौलो जनउभार साप्ताहिकको सम्पादक हुनहुुन्छ शर्मा रेडियो शारदा सल्यानको स्टेशन म्यानेजर (२०६५–हाल) हुनुहुन्छ भने दिपक शर्मा समाचार प्रमुख (२०६९– हालसम्म) हुनुहुन्छ ।
सञ्चारमाध्यामा पत्रकार (२०४४–२०६२)
जिल्ला र केन्द्रका मिडियामा कुनै न कुनै रुपमा पत्रकारितामा आवद्ध पत्रकारहरुले जिल्लाको पत्रकारिता विकासमा योगदान दिएका छन् । जिल्ला वाहिर वा भित्र काममा रहेर पनि पत्रकारिता गर्नेहरुको योगदान पनि उल्लेखय छ । हरिशरण आचार्य, शालिकराम शर्मा, प्रकाश ज्वाला, भीमप्रकाश शर्मा, डिल्लीराज रेग्मी, सनत आचार्य, लोकेन्द्र वुढाथोकी,, चरण कमल आचार्य, मोतीलाल नेपाली, चक्रमान विश्वकर्मा, सूर्यविक्रम राणा, पूर्णभण्डारी पंकज, रत्नवहादुर वली, भुवन शर्मा, दीपा श्रेष्ठ, कल्पना सेजवाल, उत्तम हमाल, करण शर्मा, सुष्मा देवकोटा, किर्तिराज भण्डारी, मौसम दास श्रेष्ठ, रमेश गौतम, बलवहादुर गिरी, रेशम डिसी, राजेश शर्मा, सन्ध्या रेग्मी, भक्तवहादुर श्रेष्ठ, विप्लव महर्जन, तारा आरसी, यादव उपाध्याय,निमवहादुर वली, टोपेन्द्र शर्मा करण, आरजु बिष्टलगायत,हेमराज शर्मा, हिरा वली, सुदर्शन रिजाल,गोविन्द उपाध्यायले सल्यानको पत्रकारिता विकासमा ठूलो योगदान दिनुभएको छ । २०३९ सालमा युगचेतना वाट रिपोटिङ्ग आरम्भ गरेका शालिकराम शर्मा ,२०४४ साल देखी सल्यानमा रहेर क्रियाशिल रहनु भएको छ । २०४३ नेपाल पत्रकार संघको असार सम्पन्न महाधिवेशन सहभागि शर्मा रेडियो नेपाल,कान्तिपुर,युगवोध,रेडियो नेपाल र टेलीभिजनमा समेत आवद्ध भएर काम गर्नु भएको थियो । अहिले रेडियो शारदा एफएमका अध्यक्ष र सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकका प्रकाशक ÷सम्पादक ह्न्ह्न्छ । रमेश गौतम राप्ती एफएमको स्टेशन म्यानेजर (२०६४–हाल सम्म) हुनु हुन्छ भने रेशम डिसी एभिन्यूज टेलिभिजनमा संवाददाता, राजेश शर्मा युगवोध राष्ट्रिय दैनिक, विप्लव महर्जन कान्तिपुर समाचारदाताको रुपमा काम गरिरहनु भएको छ ।
जनयुद्ध र जनआन्दोलन पश्चात शान्ति प्रक्रिया र सल्यानमा पत्रकारिता
राजनीतिक फेरवदल संगै सल्यानको पत्रकारितामा पनि गुणात्मक सुधार भएको पाइन्छ । राजा ज्ञानेन्द्रको स्वेच्छारी कदमका विरुद्धमा लोकतन्त्रमा विश्वास राख्ने र जनयुद्धको पक्षमा खुलेरै लागेका पत्रकारहरुको निशान एकैमा केन्द्रित भएको थियो । जनयुद्ध र ०६२÷०६३को जनआन्दोलनको उत्कर्षवाट पैदा भएको अवस्थाले पत्रकारिता क्षेत्रमा जिल्लाले निकै फड्को मारेको छ । नागरिक अधिकार र प्रेस स्वतन्त्रताको आन्दोलनलाई उचाईमा पु¥याऊन पत्रकारहरुले गरेको योगदान जिल्लाको सन्दर्भमा योगदानपूर्ण रहेको छ ।
जिल्लामा स्थापना भएका पत्रिका सल्यानी सन्देश राष्ट्रिय साप्ताहिक (२०५९)वाहेक अरु पत्रिका वन्द अवस्थामा रहेका छन् । स्थानीय पत्र पत्रिका प्रकाशन एउटामात्र भएकाले धेरै पत्रकारहरु जिल्ला वाहिर र राजधानिवाट प्रकाशित हुने मिडियामा जिल्लमा रहेर क्रियाशिल रहने अवस्था रहेको छ । शालिकराम शर्मा, उत्तम हमाल, रमेश गौतम, विप्लव महर्जन, राजेश शर्मा, तारा आरसी, प्रद्युम्न उपाध्याय, रमेशकुमार वली, सुनिता आचार्य, ,रेशम डिसी, वलवहादुर गिरी, मनविर वस्नेत,दिपक शर्मा, यादव प्रसाद उपाध्याय,प्रतीक इच्छुक शर्मा, विपना वुढाथोकी, टोपेन्द्र शर्मा करण,पूर्ण भण्डारी पंकज क्रियाशील भएको पाईन्छ । सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकमा समाचारदाताको रुपमा भीम कुमाखी, हिरालाल केसी, किरण गिरी, तेजकिरण आचार्यको लेख्ने गरेको पाईन्छ । प्रधान सम्पादक शालिकराम शर्मा रहेको सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकमा प्रतीक इच्छुक शर्मा सम्पादक रहेर क्रियाशिल देखिन्छ । नेपाल टेलिभिजनमा भने सनत शर्मा संवादातको रुपमा काम गरेको देखिन्छ । जिल्लामा क्रियाशिल पत्रकारहरु राष्ट्रिय र क्षेत्रीयस्तरमा प्रकाशन हुने सञ्चारमाध्याममा आवद्ध भएको देखिन्छ ।
सामुदायिक रेडियोको स्थापना र राष्ट्रिय मिडियामा रिपोर्टिङ
शान्ति प्रक्रिया विकास संगै एफए रेडियो जिल्ला भित्र र वाहिर स्थापनाको लहर नै चल्यो । पत्रकारिताको गती वढ्दै जाने क्रममा २०६४ मा रेडियो राप्ती स्थापना भयो । त्यससंगै रेडियो सल्यान र शारदा एफएम सञ्चालनमा आए । त्यस्तै रेडियो कपुरकोट स्थापना भएको छ । जसले जिल्लाको पत्रकारितामा ठूलै वदलाव ल्याए दियो । एफएम स्थापना संगै सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको संख्या ह्वातै वढ्यो । जिल्ला वाहिर भित्रका मिडिया आवद्ध भएर काम गर्ने पत्रकारहरुको क्रियाशिल राम्रै देखिन्छ ।
राष्ट्रिय एव्म स्थानीय सञ्चार माध्यममा शालिकराम शर्मा, रमेश गौतम, रेशम डिसी, राजेश शर्मा, प्रद्युम्न उपाध्याय, सनतकुमार शर्मा, प्रतीक इच्छुक शर्मा, रमेश कुमार वली, जीवन विसी, विपना वुढाथोकी, राजीवकुमार केसी, भीम भारती, हेमन्त वली ,वुद्धिप्रकाश हमाल, पुरुषोत्तम गिरी, भरत देवकोटा ,सुशिल वस्नेत, गोविन्द प्रसाद उपाध्याय, डिल्ली मल्ल, भुपेन्द्र भण्डारी, भुपेन्द्रप्रकाश ओली, हिरालाल केसी,सुनिता आचार्य, जीत सागर जिएम, यूवराज रेग्मी,वालाराम शर्मा, विमल आरोही क्रियाशिल रहेको पाईन्छ । यस्तै फोटो पत्रकार उषा तिवारी, रेडियो स्वर्गद्धारीमा सन्ध्या रेग्मी, जनआवाजमा देवा लामिछाने, युवा पाठक, संगिता विक क्रियाशिल रहनु भएको छ । जिल्लाभित्र र वाहिर जहाँ भएपनि जिल्लाको पत्रकारिताको क्षेत्रमा टुवा पु¥याइरहेका छन् ।
२०६५–०७२
सामुदायिक रेडियो सञ्चालन संगै जिल्लामा रहेर पत्रकारितागर्नेहरुको संख्या पनि ह्वातै वढेर गएको पाईन्छ । रेडियो राप्ती, सल्यान र शारदा एफएम, कपुरकोट सञ्चालनमा रहेका छन भने तहल्का एफएमले प्रशारण आरम्भ गरेको छ । एफएम सञ्चालनमा आए संगै पत्रकारहरुको संख्या दर्जनौ क्रियाशिल रहने अवस्था रह्यो । नविन पौडेल, वालाराम डाँगी, नेहा शर्मा, नुमा रिजाल, भरत देवकोटा, जनक भण्डारी, मिना वुढाथोकी, डिल्लीराज रावत, ठाकुर देवकोटा, सन्तोष घर्ति, प्रगती गिरी, विमला शर्मा, नविन पौडेल, भीम वहादुर परियार, गोपाल शर्मा, गीता अधिकारी, मुना पहाडी, सरिता योगी, शारदा विक, अन्नपूर्ण आचार्य, गोमा मल्ल, ललिता यरी,श्रुति श्रेष्ठ,रजिना श्रेष्ठ, दुर्गा विसी, पवित्रा वराल, गीता वोहरा, तिलकराज वली,ललिता यरी, योगराज विक, शिव डाँगी,प्रकाश शर्मा, हिमाल उपाध्याय, विमलराज डिसी, चेतन गिरी, कृष्ण वली,शंकर केसी, सन्तोष घर्ति, रामप्रसाद शर्मा, शोभा डाँगी, पवन वली, पद्म गिरी,मनोज वावु,ईन्द्रवहादुर वुढाथोकी,भीवहादुर परियार लगायतका पनि पत्रकारितामा क्रियाशिल रहेका पाईन्छ । तर अहिले केह ीभने पत्रकारिता पेशा नभएर अन्य क्षेत्रमा काम गरिरहेको अवस्था पनि छ ।
नेपाल पत्रकार महासंघ
२०४६ सालपछि नेपाल पत्रकार संघ जिल्ला शाखा स्थापनाको लहर देखिए पनि सल्यानमा झण्डै ६ वर्षपछि शाखा गठन भएको देखिन्छ । २०१३ साल चैत्र १६ गते गठन भएको नेपाल पत्रकार संघ २०५३ सालमा नेपाल पत्रकार महासंघ वनेको हो । सल्यानमा पहिलो पटक २०५२ मंसिर ४ मा हरिशरण आचार्य अध्यक्षता शाखा गठन भएको इतिहाँस छ । २०५६ असोज २० मा शालिकराम शर्मा र २०६१ मघ ७ मा उत्तम हमाल तदर्थ शाखाको सभापति रहेर शाखा रहेको पाइन्छ । जिल्लामा दुई चार जना वाहेक क्रियाशिल पत्रकार नभएर महासंघको विधानमा जिल्ला शाखा स्वीकृतिका लागि आवश्यक १५ क्रियाशिल हुनुपर्नेमा पत्रकारकारको अभावमा धेरै समय जिल्ला शाखाले केन्द्रको मान्यता पाउन सकेन र जिल्ला शाखा कार्य समितिमा परिणत हुन सकेन ।
जनयुद्ध सहितको ०६२÷६३को जनआन्दोलन सम्पन्न भए संगैको राजनीतिक फेरवदल पश्चात समाजका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन भए । नागरिक अधिकार र प्रेस स्वतन्त्रताको आन्दोलनमा भूमिगत र खुल्ला दुवै क्षेत्रमा रहेर क्रियाशिल पत्रकारहरु १५ जना भए पश्चात केन्द्रमा आवश्यक कागजात सहित प्रक्रिया अगाडी वढाऊदा २०६४ मंसिर २१ गते जिल्ला शाखा सल्यानले स्विकृति प्राप्त गरेको हो । २०६४ माघ २१ म प्रथम अधिवेशनले उत्तम हमाल सभापति सहितको कार्यसमिति चयन गरेको थियो । दोश्रो अधिवेशनवाट रमेश गौतम, तेश्रो अधिवेशनवाट शालिकराम शर्मा अध्यक्ष भएर महासंघ क्रियाशिल रहेको छ भने अहिले महासंघमा आवद्ध पत्रकारहरुको संख्या ८१ रहेको छ । छोटै समयमा वढेको संख्या रामै्र भए पनि गुणस्तरीयता र क्रियाशिलता भने निकै चुनौति पूर्ण रुपमा जिल्लामा देखा परेको छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुका पेशागत संघ संगठन
१)क्रान्तिकारी पत्रकार संघ नेपाल
क्रान्तिकारी पत्रकार संघ २०५३ सालमा शक्ति लम्सालको नेतृत्वमा गठित जनपक्षिय पत्रकारहरुको सम्म माओवादी सम्वद्ध पत्रकारहरुको संगठनको रुपमा रह्यो । २ ० ६१ पुस २३ मा रोल्पाको इरिवाङ्मा शसस्त्र जनयुद्धकाृ क्रममा सम्पन्न पहिलो भेला सम्पन्न भएको थियो । भेलाले देशभक्त र प्रगतिशील श्रमजीवि पत्रकारहरुलाई संगठि त गर्ने,उनिहरुको हक हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने उदेश्य अघि सारेको थियो । – शोषण दमन अन्याय अत्याचारवाट मुक्त एक स्वाधिन र समुन्नत नेपाल निर्माण गर्न, आन्दोलनलाई अघिवढाऊन विविध प्रचार माध्यमहरुमा सक्रिय जनपक्षिय संचारकर्मीहरुलाई एकिकृत र संगठित गर्ने उदेश्यले क्रान्तिकारी पत्रकार संघ स्थापना गरियो विधानमा २०६१ उल्लेख छ ) । सो भेलाले क्रान्तिकारी पत्रकार संघ नेपाल नामक संगठन निर्माण गरी पत्रकारहरुलाई संगठित गर्न जिल्ला समिति विस्तार समेत गर्ने निणर्य गरेको थियो । गठन भएको जनपक्षिय पत्रकाहरुको संस्था गठन भएको झण्डै आठ वर्ष पछि पहिलो भेला भएको थियो । केन्द्रीय भेला भएको दुई वर्षपछि २०६३ मंसिरमा भीम मल्ल (कुमाखी) संयोजक तोकिए पनि सल्यान जिल्ला समितिले भने पूर्णता पाउन सकेको थिएन । २०६३ पुस पहिलो सातामा पत्रकार प्रतीक इच्छुक शर्मा संयोजक रहने गरी क्रान्तिकारी पत्रकार संघ पुनर्गठन भएको थियो । २०६४ कार्तिक ७ गते वसेको वैठकले प्रथम जिल्ला भेला गर्ने गरी प्रतीक इच्छुक शर्मा संयोजक सदस्यहरु विपना वुढाथोकी, दिपक कुमार शर्मा, वालाराम शर्मा, टिका केसी, जीत सागर जिएम सदस्य रहेको भेला तयारी समिति विस्तार भएर संघका गतीविधि सञ्चालन भए ।
२०६४ मंसिर ११–१२ गते श्रीनगरमा संघका केन्द्रीय सदस्य अजयदिप शर्माको विशेष उपस्थितिमा सम्पन्न भेलाले प्रतीक इच्छुक शर्मा अध्यक्ष रहेको २ पछि थप्ने गरी ११ सदस्यीय जिल्ला समिति गठन गर्यो । जसका पदाधिकारीमा उपाध्यक्ष दिपक कुमार शर्मा, सचिव विपना वुढाथोकी र कोषाध्यक्ष टिका केसी रहनु भएको थियो । यसै गरी सदस्यहरुमा मोहन वुढाथोकी, प्रकाश वोहरा, फत्ते वहादुर केसी, देवीलाल वोहर, दिपक सुनार रहनु भएको थियो ।
यस विचमा २०६३ फागुण ३० देखी चैत्र ३० सम्म काठमाण्डौको वनस्थलीमा भएको राष्ट्रिय भेलामा जिल्ला संंयोजकको सभागिता रहेको थियो । जिल्लामा क्रान्तिकारी पत्रकार संघको भूमिकालाई वढाउन पत्रकार सम्मेलनका आयोजना, सङ्गठनको मूल नेतृत्वको सहभागिता, निर्देशन र योजनामा जिल्लाहरूको बैठक हुदै केन्द्रीय संघर्षका कार्यक्रममा भाग लिने काम भएको छ । संगठनले २०६३ चैत्र र २०६४ मंसिरमा गरी दुईपटक आधारभुत पत्रकारिता तालीम सञ्चालन समेत गरेको थियो ।
२०६६ माघ ५ गते राष्ट्रिय स्वाधिनता नागरिक सर्वोचता र शान्ति हाम्रो मिशन, ग्रामिण पत्रकारिता विकासकालागी प्रथम जिल्ला सम्मेलन ! नाराका साथ सम्पन्न भयो । संघका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुखीको उपस्थितिमा सम्पन्न सम्मेलनले प्रतीक इच्छुक शर्मा अध्यक्ष रहेको २ पछि थप्ने गरी १७ सदस्यीय समिति निर्माण गरेको छ । जसका पदाधिकारीमा उपाध्यक्ष हिरालाल केसी,सचिव–विपना वुढाथोकी, सह–सचिव–डिल्ली राज रावत, कोषाध्यक्ष भीम परियार रहनु भएको थियो । यस्तै सदस्यहरुमा गीता वोहरा, सुकलाल परियार,एल वि रोका,ढकेन्द्र चन्द,धनेन्द्र विमल वली, कृष्ण घर्ति ,चित्रनाथ योगी, चेतन गिरी,प्रगती गिरी र चन्द्रकला वुढाथोकी रहेका थिए ।
२०६९ असोज १० गते सल्यान खलंगामा दोश्रो जिल्ला सम्मेलन भब्य र सानदार ढंगले सम्पन्न भएको थियो । संघका केन्द्रीय सदस्य एव् दाङ्ग जिल्ला अध्यक्ष नरेन्द्र केसी र उपाध्यक्ष डिल्ली मल्लको उपस्थितिमा भएको सम्मेलनले प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारको पक्षमा हाम्रो आन्दोलन ! पेशागत एकता र सुदृढ संगठनका लागि दोश्रो जिल्ला सम्मेलन । को संकल्प सहित प्रतीक इच्छुक शर्मा अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला समिति र ७ सदस्यीय केन्द्रीय पार्षद चयन गरेको थियो । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष दिपक कुमार शर्मा, सचिव धनेन्द्र विमल वली, सह–सचिव टिकाराम भण्डारी (दिप सागर), गीता वोहरा, सदस्यहरु ललिता यरी, प्रेमराज गिरी, विमल राज डिसी, प्रकाश शर्मा, निता खड्का, पुस्पा वोहरा र इन्द्र्रवहादुर वुढाथोकी रहेका छन् भने पार्षदहरुमा विपना वुढाथोकी, भीमवहादुर परियार, गोपाल शर्मा, तिलक वली, लिला वहादुर रोका, समिर श्री र तेजवहादुर थापा रहेका छन् । यस्तै सल्लाहकारमा शालिकराम शर्मा, पूर्ण भडारी पंकज र रमण गौतमलाई चयन गरेको हो ।
संघको क्रियाशिलता जिल्लामा राम्रै रहेको छ । नागरिक अधिकार र प्रेस स्वतन्त्रताका सवालमा जिल्लामा क्रियाशिल फरक आस्था र विचारमा रहेका पत्रकारहरुका संघ, संगठन संघ पेशागत हक अधिकार र सुरक्षाका सवालमा सहकार्य गर्ने गरेको अवस्था छ । यस्तै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघमा शाखा मान्यता प्राप्त गर्ने समयमा प्रतीक इच्छुक शर्मा, दिपक कुमार शर्मा र विपना वुढाथोकी गरी ३ जनाले २०६४ मंसिर २१ मा साधारण सदस्यता प्राप्त गरी सहभागि भएर संघको तर्फवाट महासंघको शाखा गठनमा भूमिका निर्वाह गरेका थिए । संघको केन्द्रीय समितिमा सल्यानवाट प्रतीक इच्छुक शर्माले सहभागिता जनाऊनु भएको छ ।
प्रेस चौतारी नेपाल
प्रेस चौतारी नेपाल २०५५ माघ २२ गते स्थापना भएको हो । श्रमजिवी पत्रकारहरु तथा स्वतन्त्र प्रेसको सम्वद्र्धन लागि सचेतकको भूमिका निर्वाह गर्दे नेपाली आम सञ्चारमा कार्यरत पत्रकारहरुलाई गोलवन्द गरि लोकतान्त्रिक गणतन्त्रलाई वहुदलिय लोकतान्तित्र परिपाटी, खोजमूलक तथा ब्यवसायिक पत्रकारिताको विकास,सूचनाको हक तथा विचार अभिब्यक्तिको स्वतन्त्रता सहित पूर्ण प्रेस स्वतन्त्रता रक्षा गर्ने (२०६९ फागुन २५ र २६ विराटनगर मा सम्पन्न सातौ अधिवेशन÷ पाँचौ संशोधन) उदेश्य रहेको छ । सल्यानमा भने झण्डै पाँच वर्ष पछि चौतारी गठन भएको देखिन्छ । २०६० माघ÷फागुन तिर भएको वैठकले शालिकराम शर्मा संयोजक र रमेश गौतम सचिव रहेको तदर्थ समिति गठन गरेको थियो । २०६२ मा भएको अधिवेशनले शालिकराम शर्मा अध्यक्ष र रमेश गौतम सचिव रहेको समिति गठन ग¥योे । २०६५ पुस÷माघ तिर चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीर केन्द्रीय सदस्य नुमराज खनाल को उपस्थितिमा भएको दोश्रो जिल्ला अधिवेशनले रमेश गौतम अध्यक्ष, रमेश कुमार वली उपाध्यक्ष, प्रद्युम्न उपाध्याय सचिव, मनविर वस्नेत सह–सचिव र पुरुषोत्तम गिरी कोषाध्यक्ष रहेको जिल्ला समिति गठन गरेको थियो ।
२०६७ माघ २२मा खलंगामा चौतारीका गगण विष्ट, राजेन्द्र अर्याल र विष्णु रिजालको उपस्थितिमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले रमेश कुमार वली अध्यक्ष,प्रद्युम्न उपाध्याय उपाध्यक्ष, सन्तोष घर्ति सचिव , सह–सचिव प्रकाश भण्डारी , कोषाध्यक्ष मिना वुढाथोकी रहेको जिल्ला कार्यसमिति ग¥यो भने प्रकाश भण्डारी संयोजक र सह–संयोजक शिव डाँगी क्षेत्र नम्वर १ र शंकर केसी संयोजक क्षेत्र नम्वर २ गठन पनि गर्यो । प्रेसचौतारीमा अहिले सल्यानमा केन्द्रीय सदस्यमा जीवन विसीले सहभागिता जनाऊनु भएको छ ।
नेपाल प्रेस यूनियन
प्रेस यूनियन २०४८ जेठ १३ गते स्थापना भएको हो । नेपाली काँग्रेसले प्रेस यूनियन गठन पश्चात विचारमा विभक्त भएका पत्रकारहरुले संगठनमा पनि विभक्त भएका थिए । नेपालका आम सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुको हक हित र सम्मानको रक्षा गरि उनिहरुको सर्वाङ्गीन विकास क्रियाशिल रही प्रतीवद्ध वनाऊदै श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षालाई सुनिश्चित गर्न आम प्रजातन्त्रजवादी पत्रकारहरुलाई एकतावद्ध र संगठीत गर्दे उनिहरुको ज्ञान शिप र दक्षता गर्ने उदेश्यले प्रेस स्वतन्त्रताका आधारभूत मान्यतालाई अक्षुण राख्दै विश्व पत्रकारितामा आएका नयाँ आयाम तौर तरिका सहित क्रियाशिल रहदै नेपाल ट्रेड यूनियन काँगे्रस संग वैचारीक ऐक्यवद्धता साथ स्वायत्त र शसक्त प्रजातान्त्रिक संस्थाको रुपमा विकशित गर्ने उदेश्यले नेपाल प्रेस युनिय गठन भएको हो ( २०४८ विधान चौथो संशोधन २०६०) ।
प्रेस यूनियन स्थापना भएको १३ वर्ष पछि सल्यानमा प्रेस यूनियन गठन भएको देखिन्छ । २०६१ जेठ १३ गते कुलचन्द्र वाग्लेको उपस्थितिमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुको भेलाले टोपेन्द्र शर्मा करण,उत्तम हमाल, यादव उपाध्याय, निमवहादुर वली, सन्ध्या रेग्मी, गुमानसिह वस्नेत रहेको यूनियन गठन गरेको थियो । २०६०÷०६१ देखि २०६७ सम्म पहिलो दोश्रो र तेश्रो कार्यावधी करणले नेतृत्व गरेको पाईन्छ । २०६७ माघ ८ मा सम्पन्न चौथो जिल्ला अधिवेशनले यादवप्रसाद शर्मा अध्यक्ष,रेशम डिसी उपाध्यक्ष, सनत कुमार शर्मा सचिव, ठाकुर देवकोटा सह–सचिव , कोषाध्यक्ष शारदा विक सहित ११ सदस्यी समिति निर्वाचित गरेको थियो । यस्तै २०६९ माघमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले रेशम डिसी अध्यक्ष, सनत कुमार शर्मा उपाध्यक्ष, सविन हमाल सचिव, झनक केसी सह–सचिव, राजेश शर्मा कोषाध्यक्ष ,सदस्यहरु नरवहादुर वाँठा, विष्णु शर्मा, सुरेन्द न्यौपाने र कमल विक चयन भएका थिए । यस्तै केन्द्रीय पार्षदहरु टोपेन्द्र शर्मा करण, यादव प्रसाद उपाध्याय,नविन पौडेल,राजीव केसी ,यूवराज रेग्मी लगायत रहेका छन् । प्रेस यूनियनको केन्द्रीय समितिमा यूवराज रेग्मीले प्रतिनीधित्व गरेका छन् । यूनियनको तर्फवाट यूवराज रेग्मीले केन्द्रीय समितिमा सहभागिता जनाऊनु भएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ
क्रान्तिकारी पत्रकार महासंघ २०६९ भाद्रतिर कुमार शाहको संयोजकत्वमा गठन भएको हो । परिवर्तनका पक्षमा क्रियाशिल पत्रकारहरुलाई संगठित गर्दे उनिहरुको पेशागत हकहित र जनताको पक्षिय आन्दोलनलाई प्रचारको क्षेत्रवाट संगठित गर्न गठनभएको महासंघ सल्यानमा भने झण्डै तिन महिना पछि २०६९ कार्तिक १८ मा गठन भएको हो । केन्द्रीय सदस्य शोभाखर पन्थीको उपस्थितिमा सम्पन्न अधिवेशनले डिल्लीराज रावत अध्यक्षरहेको ८ सदस्यीय रहेको जिल्ला संगठन समिति सात गठन भएको थियो । जसका पदाधिकारीहरुमा पवन कुमार उपाध्यक्ष, नरेन्द्र वली सचिव, कोषाध्यक्ष प्रगति गिरी र सदस्यहरु चन्द्रकला वुढाथोकी,कमल वली, हुमलाल वली र प्रेमनारायण विक रहेका छन् ।
सारमा जिल्लामा क्रियाशिल संगठनहरुको प्रस्तावनाले के स्पष्ट पार्दछ भने यी संगठनहरु ऋजेण्डामा भने एकै देखिएका छन् । प्रेस चौतारी र क्रान्तिकारीले आफुलाई घोषित रुपमा राजनीति वा ट्रेड यूनियन संगठनमा आवद्ध गरेको पाईदैन् । तर प्रेस यूनियनले स्पष्ट प्रजातान्तित्र (?) पत्रकाहरुलाई संगठित र नेपाल ट्रेड यूनियन काँगे्रस संग वैचारिक ऐक्यवद्धता राख्ने उल्लेख गरेको छ । चारवटै संगठनका उदेश्य सारत श्रमजीवि पत्रकार , प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रतामा केन्द्रीत रहेका छन् ।
वर्तमान अवस्था
सल्यानको पत्रकारिताको विकास तीब्ररुपमा भएको छ । जनयुद्ध र ०६२÷०६३को जनआन्दोलन पहिलेको समयलाई अलग गरेर हेर्दा केही वर्ष यताको पत्रकारिताको विकास उल्लेख गर्न लायक रहेको छ । ०६४ मंसिरमा शाखा मान्यता पाए पश्चात पत्रकारिताको विकास तिव्र गतिमा अगाडी वढेको पाईन्छ । जिल्लामा विभिन्न सञ्चार संघ संगठन र संस्थाको मुखपत्र वाहेक ३ वटा साप्ताहिक पत्रिका सल्यानी सन्देश राष्ट्रिय साप्ताहिक (२०५९), सल्यान पोष्ट (२०६७) र उज्यालो समाचार (२०७०) रहेका छन् । यस्तै रेडियो राप्ती ,रेडियो शारदा, रेडियो सल्यान, रेडियो कपुरकोट, रेडियो तहल्ला, रेडियो सप्तरंगी र रेडियो कुमाख रहेका छन् । रेडियो सप्तरंगी र कुमाख वन्द अवस्थामा रहेको छ । स्थानीय पत्रपत्रिका र सामुदायिक रेडियो जस्ता सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको संख्या वढ्नुले विभिन्न पत्रकार संलग्न पेशागत संगठन पनि क्रियाशिल भएका छन् । नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको संख्या ८१ रहेको छ भने सदस्यता प्राप्त गर्न योग्यता पुगेका पनि संख्या धेरै रहेको छ । पहिलो कुरा संख्या हो । अहिले जिल्ला भएको संख्यालाई गुणात्मकता वदल्न सकियो भने जिल्लामा पत्रकारिता आम सञ्चारले फड्को मार्ने निश्चित छ ।
चुनौती
१) दिगोपना ः २०२० सालमा सल्यान वुलेटिन प्रकाशन भएयता ५१ वर्षलाई विश्लेष्ण गर्दा सञ्चारमाध्यम निरन्तर सञ्चालनमा आएको कमै देखियो । म्यागजीन अथवा साप्ताहिक, पाक्षिक पत्रिका लामो समय टिक्न सकेको देखिदैन । आम सञ्चारका माध्यम अन्तरगत विद्युतिय सञ्चार माध्यम रेडियो सञ्चालनमा रहेका छन् । छापा त पुरै वन्द रहेका छन् । सञ्चार माध्यममा रहेका पत्रकारहरु पनि पहिले नामका लागि सक्रिय रहे पनि विस्तारै पलायन हुने अवस्था सिर्जना भएको छ । यसवाट पत्रकारिताले ब्यवसायिकता पक्न सकेको छैन यो केवल फुर्सदको सहायक काम भएको छ । यो चुनौतीका रुपमा रहेको छ ।
२) ज्ञान शिपयुक्त जनशक्ति ः विद्यमान स्थानीय सञ्चार माध्यम तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्ने पत्रकारहरु दक्ष पत्रकारहरु पेशावाट विस्तारै पलायन हुदै जान थालेको देखिन्छ । नयाँ युवा शक्तिको आर्कषण भए पनि यसको सहि दिशा निर्देश हुन नसक्दा अहिलेका अवस्थामा अपेक्षा गरे अनुरुपको पत्रकारिता जिल्लामा हुन सकेको छैन् । स्थापना भएका सञ्चार माध्यमले आ–आफ्ना सञ्चार माध्यममा पत्रकारिता विभिन्न शिप, शैलि, तालीम प्रशिक्षण मार्फत दक्ष जनशक्ति उत्पादनमा पहल नगर्दा पत्रकारितामा ब्यवासायिकता फस्टाऊन सकेको छैनन् जसले गर्दा सञ्चार माध्यम पनि संकटमा पर्न थालेका छन् । फेरिएको समय, प्रविधी र समाजको माग अनुसार श्रोता, पाठकको अभिरुचिका विषय उठाऊन पनि दक्ष मानविय शक्ति आवश्यक छ । यसको समस्या पनि जिल्लामा देखिन्छ यो पनि चुनौती नै हो ।
३) विकासमा आम सञ्चारको प्रयोग नहुनु ः पत्रकारिताका माध्यमवाट विकासमा जनसहभागिता वढाऊन सकिन्छ । आयोजनाको उपयोगिता यसले जनजिवनमा ल्याऊन सकारात्मक÷नकारात्मक प्रभाव आदि वारे श्रोता पाठकलाई जानकारी दिन सकिन्छ । त्यसले जनताको अपन्त्व निर्माण गर्दछ । असंभव जस्तै ठानिएका समाजीक परिवर्तनका कार्य पनि निश्चित समयमा सम्पन्न गर्न सकिन्छ । सरकारी तथा ग्रैह्र सरकारी निकायल जनचेनतामूलक कार्य साथै आयआर्जनका क्रियाकलापमा जनताको सहभागिता वढाऊन विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्छन् । तर यो सल्यानमा भएको छैन् । यसले सञ्चार माध्यमको आम्दानीको श्रोत वढ्ने विकास मा जनसहभागिता वढ्ने कार्य हुनसक्थ्यो । त्यसो नहुनु पनि समस्या हो ।
४) न्यून पारिश्रमिक÷ पेशागत असुरक्षा ः पत्रकारिता गर्नु पहिले जस्तो सजिलो छैन् । पत्रकारितमा प्रयोग हुने प्रविधी को मूल्य वृद्धि हुदै गएको छ । प्रविधिको उपयोग ीता को शिप र समान गन नसकने आजको पत्रकारित ागर्न निकै चुनौती छ । एउटा पत्रकार सुरुमै लाख रुपैयाँ लगानी गरेर पेशमा छिर्नु पर्ने अवस्था छ । ल्यापटप, क्यामरा, मोटरवाईक जस्ता समाग्री नभए यो प्रतिपस्र्धात्मक समयमा टिक्न निकै चूनौति पूर्ण छ । पेशामा क्रियाशि भए पनि सञ् चार माध्यमले उपलब्ध गराऊने पारिश्रमिक न्यून छ । यसले पेशामा टिकिरहन निकै अप्ठेरो वनाएको पनि छ । सरकारले पत्रकार र मिडियामा अख्तियार गर्ने स्पष्ठ निती नै वन्न सकेको देखिदैन । पत्रकार र सञ् चार माध्यम पेशाकै कारणले असुरक्षित वन्दै गएको तथ्य पनि जगजाहेर नै छ ।
अवसर
१) जवाफदेहिता÷पहुँच विस्तार ः आम सञ्चारका माध्यमको विकासले जनताको पहुचमा विस्तार भएको छ । पत्रकार र सञ्चारमाध्यमका मार्फत जनता सजिलै आफ्ना समस्या, संभावना र आवश्यता वारे सवैमा अवगत गराऊन सक्ने भएका छन् । राज्य, सरोकारवाला निकायले अवलम्वन गरेका नीति कार्यक्रमवारे सूसुचित हुने अवसर वनेको छ । पछिल्नो केही समय यता समाजका हरेक क्षेत्रमा भएका खरावीहरुको चिरफार मात्र होईन प्रेसले समस्या समाधान पत्रकार र पत्रकारिताका माध्यमवाट हौऊन भन्ने अवस्था सिर्जना भएको छ । समाजमा भएका समस्या जनताका विचमा जस्ताका तस्तै पस्कीने मात्र हो ।त्यसलाई समाधान गर्ने सम्वन्धित निकाय हो । तर सम्वन्धी निकाय कती जिम्मेवार भयो यसको खोजी पनि गरिदिनु पर्ने अवस्था समेत अहिले देखा परेको छ । पत्रकारिताको समाजीक उत्तरदायित्व वढेको छ ।
२) सञ्चार माध्यमको उल्लेख्य संख्या ः सञ्चालनमा आएका छापा, विद्युतिय, अनलाईन र केवुल टेलिभजन लगायतका मिडियाको अवस्था हेर्दा पत्रकारिताको विकास उल्लेख्य मान्नु पर्दछ । धेरै मिडिया स्थापना हुन पाठक ,श्रोता र दर्शकलागि धेरै नै खुसीको कुरा हो । आफ्नो रुचि, आवश्यकता अनुसार फरक फरक माध्यम उपयोग गर्न पाईन्छ । एउटैको भर पर्नु पर्देन । फरक फरक सञ्चार माध्यम विषयवस्तुको प्रस्तुति ,तथ्य सूचनाको दायरा फराकिलो हुन्छ । संख्या वढ्नुले वजारको दायरा पनि फराकिलो माग गर्दछ । यसले स्वच्छ, मर्यादित, प्रतिस्पर्धाको विकास गर्दछ । प्रतिपस्र्धा भनेको एक भन्दा अर्कोले राम्रो गुणस्तरिय वियष वस्तु शैली, दिनु हो । यसले पत्रकारितालाई समृद्ध वनाऊन सहयोग गर्छ ।
३) वहुआयामिक उपयोगिता ः पत्रकारितालाई समाजिक अभियान्ता वनाऊन सकिन्छ । हाम्रो जस्तो शिक्षा, स्वास्थ्य , जनचेतनाको उचित विकास भैनसको गाऊका कुना कन्दरामा जनचेतना निर्माणमा सञ्चार माध्यम सहयोगी वनाऊन सकिन्छ । शिक्षा, स्वास्थ्य शिक्षा, सरसफाई, कृषि, वनवातावरण, पर्यापर्यटन, आयआर्जनका क्रियाकलाप आदि जस्ता कार्य गर्न उत्प्रेरित गराऊन सकिन्छ । पढ्न सक्ने साक्षरका लागि, निरक्षर लगायत उमेर लिङ्ग, क्षेत्र आदिका आधारमा लक्षित गरी विषयवस्तु तयार गर्न सकिन्छ । यसले हाम्रो समाजको दिगो विकासमा टेवा पु¥याऊन सक्छ ।
अन्तमा पत्रकारिता विश्वब्यापी चुनौतीको काम हो । सल्यान जस्ता ग्रामिण क्षेत्र अर्थात विकसित मूलुकमा पनि रहेर काम गर्नु पनि उत्तिकै चुनौती खेप्नु परेको छ । यद्यपी चुनौति फरक फरक होलान् । सञ्चार माध्यामको दिगो ब्यवस्थापनले त्यसमा कार्यरत पत्रकारको निरन्तरलाई पनि निश्चिग गर्दछ । यसैले सरकारी, गैह्रसरकारी संघ संस्था उद्योगी ब्यापारी सवैले स्थानीय सञ्चार माध्यमलाई समाजीक क्षेत्रमा क्रियाशिल वनाऊन आफ्नो कर्तब्य पुरा गर्ने पर्दछ । आम सञ्चारले मौजुदा वजारलाई उपयोग गर्ने मात्र होईन त्यसको विस्तारका विभिन्न विकल्पको खोज ीगर्न पनि जान्नु पर्दछ । स्रोतको नयाँ खोजी गरी थप लगानी आर्कषिगत ध्यान दिनै पर्दछ । यसो नगरे जसरी आम सञ्चारका माध्यमहरु वन्द हुदै आएका छन् । अहिले सञ्चालनमा रहेका पनि वन्द हुने समय धेरै टाढा नहोला । यसो हुन ु भनेको शोभनिय विषय होईन् ।
पत्रिका र पत्रकारकोसंख्याले मात्र जनताको विषयवस्तुको सम्वोधन गर्छ भन्ने छैनन् । मुख्यकुरा जीम्मेवारपूर्ण , मर्यादित र गुणस्तिरियता, गुणात्मकता कायम गर्ने कुरा हो । थोरै र गुणस्तरिय पत्रकारिता जिल्लामा भैरहेको छ । यसलाई दिगो वनाऊन पर्ने अहिलेको आवश्यकता हो । यसकालागि स्वस्थ्य , मर्यादित र जिम्मेवार पत्रकारिताक ालागि क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिनु पर्दछ । यसकालागि मिडियाका लगानी कर्ता, ब्यवस्थापक, पत्रकारकार पेशागत संघ संगठन, र नेपाल पत्रकार महासंघले वेलैमा कदम चाल्न जरुरी देखिन्छ । जनता संगको सम्वन्ध जीवित राख्न सकियो । जनसमुदायको जीवन संग एकाकार भए जनताले सञ्चार माध्यम र पत्रकार दुवैको रक्ष ागर्न सक्छन् । समाजीक उत्तरदायित्व पुरा गर्ने गर्न क्रममा विभिन्न वाधा ब्यवधान आऊन सक्छन् । तर जस्तो सुकै चुनौतीको सामना गरेर पनि पत्रकारले हमेशा इतिहासको खोजी गर्ने र अनुसन्धान गर्नुपर्ने हुन्छ
सन्दर्भ समाग्री ः–हमाल उत्तम अध्यक्ष, धिरज रावत, विपना वुढाथोकी साधरण सदस्य नेपाल पत्रकार महासंघ जिल्ला शाखा ,सल्यान (संवाहक वर्ष १ अंक १ २०६५)
– प्रथम,दोश्रो जिल्ला सम्मेलनमा पारित प्रतिवेदन क्रान्तिकारी पत्रकार संघ जिल्ला समिति सल्यान ( २०६६–६९
–प्रथम भेला, अन्य वैठकका माईन्युट ( २०६३ पौष–०७१) क्रान्तिकारी पत्रकार संघ सल्यान
–धिताल मनऋषि र शर्मा ओम युद्ध र पत्रकारिता
– भण्डारी पूणवहादुर सल्यान जिल्लाको साहित्यिक रुपरेखा
–रेग्मी यूवराज नेपाली साहित्यमा सल्यान जिल्लाका सञ्चार माध्यमको योगदान
– आचार्य दामोदर सल्यान जिल्लाका प्रमुख कवि र तिका काब्य प्रवृति
–नेपाल पत्रकार महासंघ सल्यानमा शाखा स्विकृत हुदाका साधारण सदस्यहरु
(संवाहक वर्ष १ अंक १ २०६५)
–पन्थी मधुसुदन ÷ ज्ञवाली शिव शरण कार्यमूलक नेपाली पत्रकारिता वीए तृतीय वषर््
– नेपाल प्रेस यूनियन,प्रेस चौतारी नेपाल,क्रान्तिकारी पत्रकार महासंघका जिल्ला समितिका वैठक पुस्तिका । अध्यक्षहरुसंगको कुराकानी
–सुर्य थापा नेकपा एमाले प्रचार विभाग (२०७० चैत्र २९ काडमाण्डौमा आयोजीत प्रेस चौतारी नेपालको राष्ट्रिय कार्यकता भेलामा प्रस्तुत कार्यपत्र)
कुराकानी ः– हरिशरण आचार्य संस्थापक अध्यक्ष नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यान (२०५२)
–भीमप्रकाश शर्मा सम्पादक प्रकाशक जनआब्हान साप्ताहिक
–गणेश शाही अध्यक्ष अखिल क्रान्तिकारी सल्यान (२०५९–०६१)
–गौतम रमेश कुमार निर्वतमान अध्यक्ष नेपाल पत्रकार महासंघ (०६७)
–शालिकराम शर्मा अध्यक्ष नेपाल पत्रकारमहासंघ जिल्ला शाखा ,सल्यान (२०७०)
– भीम मल्ल कुमाखी संयोजक क्रान्तिकारी पत्रकार संघ सल्यान (२०६३ मंसिर)
सल्यान जिल्ला प्रशासन कार्यालय सल्यानमा हाल सम्म दर्ताभएको पत्रिका सूचि