पर्यटकको रोजाइमा नेपालको पहिलो सुखी गाउँ लमजुङको घलेगाउँ

 

दिपेन्द्र शर्मा
सुर्खेत १० असार / नेपालको पहिलो सुखी गाउँ लमजुङको घलेगाउँ जाने भन्ने सबैलाइ रहर लाग्ने गर्दछ । नाम नै सुन्दा नेपालको सुखिगाँउ जाने र त्यहाँवाट विहानीको सनराइज (सुर्य उदाएको) हेर्ने धोको सबैलाई हुन्छ । पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल), तनहुँको रुपाकोट र लमजुङको सुन्दरबजार हुँदै सदरमुकाम बेशीशहर पुगेपछी घलेगाँउ जान १ घण्टाको उकालो गाडीको यात्रा गर्नु जोकसैको पनि बाध्यता हुन्छ ।

लमजुङको सदरमुकाम वेशीसहरबाट जब माथिमाथि डाँडामा उक्लिदै जानुपर्छ त्यतिनै त्यहाँको चिसो सिरेटोले न्यानो स्वागत गरिरहेको हुन्छ । कच्ची सडकको रमाइलो यात्राले गाडीमा भएको पुरा थकान मेटाइदिन्छ ।


बहुचर्चित होमस्टे लमजुङको घलेगाउँतिर लाग्ने कसैलाइ पनि त्यो गाँउको बारेमा जान्न निकै उत्सुक्ता भइरहेको हुन्छ । घलेगाँउमा आउने पर्यटकहरुले आफुखुसी बास वस्ने लगाएतका ब्यक्तिगत कुरा लागु नहुदो रहेछ । घलेगाँउमा आफुखुशी भन्दा होमस्टे ब्यवस्थापन समितिको सचिवालयमा पुगेपछि मात्र थाहा भयो ।

समितिले आउने पाहुनालाई स्वागत गरेर तोकेको घरमा बास बस्नुपर्ने रहेछ । सोही अनुसार पर्यटकहरुलाइ दिइएको घर नम्बर तथा घरमुली सचिवालयमा लिन आएर आफनो घरमा लगिने समितिको नियम छ ।

घलेगाँउमा आउने पाउनाको लागि त्यहा गाउँमा साँस्कृतिक साँझ आयोजना पनि हुने गर्छ, इच्छा भएका पर्यटकले केही शुलक तिरेर मनोरन्जन गर्न पाउछन ।  घलेगाँउमा जाने पर्यटकलाई दक्षिण एशियाको नमुना गाउँ तथा स्मार्ट भिलेज घलेगाउँ, देशको पहिलो सुखी गाउँ बन्न सफल घलेगाउँ लमजुङको भ्यु टावरबाट सनराइजको अवलोकन गर्दा घलेगाउँ साच्चिकैको घलेगाउँ रहेको महशुश हुन्छ । घलेगाउँमा रहेको चिया बगान, मन्दिर, पदमार्ग, पर्यटकीय गाउँको पैदल यात्रा गरेरै गाँउको अवलोकन गर्ने अवसर पर्यटकलाइ हुन्छ ।

घलेगाँउको चिया बगानमा पुग्दा धेरैलाइ इलामको चियाबारी पुगेको आभाष हुन्छ । होमस्टेले यहाँको कला, सँस्कृति जगर्ना गरेको छ । सामुहिक भावनाको विकास यहाबाट भएको सिक्न सहज छ । सबैले पालोपालो गरेर पर्यटकलाइ बास बसाउने र उनिहरुको ब्यवस्थापन गर्ने जिम्मेवारी होमस्टे संचालकको रहन्छ । होमस्टेमा प्याकेजमा खाना र बस्नको ब्यवस्था गरिएको हुदोरहेछ ।

समितिको सचिवालयमा आएर टिका र माला लगाइ आफनो घरमा बास बस्ने पाहुनालाइ लिने चलन घलेगाँउमा रहेको छ । सचिवालयले निर्धारण गरेको बसाइ अनुसार होमस्टे संचालकले पाहुनको ब्यवस्थापन गर्ने गर्दछन ।

प्याकेजमा उल्लेख नभएको थप केही खानुपरयो भने थप शुल्क लाग्छ । हामीले पत्रकार नविन कुइकेलको समन्वयमा जादा अलि सहुलियतमा परीयो । यहाँको सुन्दर पक्ष भनेको आउने पर्यटकलाइ स्वागत र जानेलाइ विदाइ । यसलाइ पर्यटकलाइ फेरी पनि आउआउ जस्तो भान बनाउछ । सबैभन्दा सदभावले मानिसलाई थप सामजिक वनाउछ भन्ने अनुभुति गराउछ । त्यसैले त घलेगाँउ साँच्चीकै घलेगाउँ भएको रहेछ, अनि दक्षिण एशियाको नमुना गाउँ तथा स्मार्ट भिलेज घलेगाउँ, देशको पहिलो सुखी गाउँ बन्न सफल ।


घलेगाँउको होमस्टेले यति राम्रो काम गर्दा गर्दै पनि केही समस्या पनि भोगि रहेको छ । घलेगाँउले भोग्नुपरेका समस्या र समधानका उपायका बारेमा सरोकारवालाको ध्यान जान जरुर छ । दक्षिण एशीयाको नमूना गाउँ तथा स्मार्ट भिलेज घलेगाउँ सम्म पुग्नका लागि सहज यात्राका लागि पक्की सडक, बिजुली, खानेपानीको प्रयाप्तताका लागि सरोकारवालाहरुको ध्यान केन्द्रित गरेर एकिकृत विकास गर्न सके पर्यटकको थप रोजाइ तथा आर्कषणको केन्द्र बन्नेमा कुनै समस्या छैन ।

 

प्रकाशित मितिः आइतवार, असार १०, २०८०     9:37:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *