सुर्खेतमा जिल्लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न


सुर्खेत,भदौ १६ । सुर्खेतमै पहिलोपटक जिल््लास्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
पाईनियर वहुउद्देश्यीय सहकारी संस्थाको १५ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा शिखर मावि रामघाटको टिम १३ रनले विजयी भएको छ ।
पहिले ब्याटिङ्ग गरेको शिखर माविले बागेश्वरी मावि राकमलाई १३ रनले हराएको हो । १८ जना खेलाडी सहभागी भएको प्रतियोगितामा शिखर माविले ५ ओभरमा दुई विकेट गुमाएर ४१ रन बनाएको थियो । ४२ रनको लक्ष्य पछ्याएको बागेश्वरीले ५ ओभरमा ६ विकेट गुमाएर २९ रन बनाएको युवा तथा खेलकुद उपसमिती संयोजक रमेश तुलाधरले जानकारी दिए । प्रतियोगिता प्रथम हुने टिमलाई ५ हजार र द्वितीय स्थान हाँसील गर्ने टिमलाई नगद ३ हजार पुरस्कार प्रदान गरिएको छ । खेलकुद विकास समितीका अध्यक्ष चन्द्रकुमार गिरीले पुरस्कार वितरण गरेका हुन ।


प्रतिभालाई विकासका निम्ती प्रयोग गर्नुपर्छ ः मन्त्री केसी
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले अपांगता भएका व्यक्तिहरुको प्रतिभालाई विकासका निम्ती प्रयोग गर्नुपर्ने बताईन । उनले अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुसँग पनि अपांगता भएकाहरुको संरक्षणका लागि सुझाव दिन पनि आग्रह गरिन ।


यो प्रतियोगिताले दृष्टिविहीनहरुको क्षमतालाई उजागर गर्न मद्दत पु¥याउने विश्वास आयोजकले लिएको छ । दृष्टिविहीनहरुले खेलेको देखेर अरुलाई पनि उर्जा मिल्ने सहकारीका अध्यक्ष भीमबहादुर भण्डारीले बताए ।

प्रकाशित मितिः शनिबार, भदौ १६, २०७५     3:15:29 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *