सवै नागरिकलाई निशुल्क खानेपानी ब्यवस्था हुन्छ ः मन्त्री मगर


दिपेन्द्र शर्मा
सुर्खेत १८ भाद्र / खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सवै नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने वताएकी छन । पश्चिम सुर्खेतको वराहताल गाँउपालीका ५ मा रहेको वडडीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा संचालीत खानेपानी गुणस्तर सुधार आयोजनाको उदघाटन कार्यक्रममा मन्त्री मगरले नागरिकहरुलाई निशुल्क खानेपानीको ब्यवस्था गरिने वताएकी हुन ।


स्वच्छ र सफा पानी पिउन पाउँने नागरिकको अधिकारलाई सुनिश्चित गर्दै प्रदेश र स्थानिय सरकार संग हातेमालो गरि यसक्षेत्रका खानेपानी समस्याहरु समधान गरिने मन्त्री मगरले बताइन ।

सवै नागरिकलाई स्वच्छ खानेपानीका पुरयाउनका लागि सरकारले प्राथामिकता दिएर बजेट छुट्याएको बताइन । उनले खानेपानी संञ्चलनमा आए संगै वराहताल क्षेत्रका स्थानिय बासीलाई शुद्धपानी पिउन सहज हुने बताइन ।


सुर्खेतको खानेपानी लगायत अन्य क्षेत्रको विकासको लागी सरकार सुर्खेती जनताको साथमा रहने उल्लेख गरिन । सरकारले निशुल्क खानेपानीमा सवै नागरिकको पहुच पुरयाउने योजना वनाएको जानकारी दिइन ।

११ वर्षपछि खानेपानी आयोजना
पश्चिम सुर्खेतको बराहताल गाउपालिकामा रहेको बडिचौर खानेपानी आयोजना ११ वर्षपछि संञ्चालनमा आएको छ ।
२०६४ साल बाट निर्माण कार्य सुरु भएको खानेपानी आयोजना ११ बर्ष पछि संञ्चालनमा आएको हो ।

सरकारको ८० प्रतिशत लगानीमा सोमबार खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले उदघाटन गरेकी हुन ।
उक्त आयोजनाबाट बराहताल गाउपालिकाका वडा नंबर ५ र ८ का करिब २ हजार घरधुरी लाभान्वीत भएका छन । ३ करोड ३४ लाख ८९ हजार लागतमा खानेपानी आयोजना निर्माण भएको खानेपानीका अध्यक्ष अर्जुन कुमार वुचामगरले जानकारी दिए ।


सरकारको २ करोड ९७ लाख ८९ हजार र उपभोक्ता समितिको ३७ लाख रुपैया लागत अध्यक्ष मगरले वताए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य नवराज रावत, कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, प्रदेश साँसद विन्दमान विष्ट, यज्ञ विसी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ १८, २०७५     5:46:46 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *