कर्णालीको विकासका लागी डोजर चलाउनुपर्छ ः मुख्यमन्त्री शाही


दिपेन्द्र शर्मा
सुर्खेत १६ माघ /कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासको लागि डोजर चलाउन पनि पछि नहट्ने बताउनुभएको छ । श्रमप्रति सबैले सम्मान गर्नुपर्छ भन्दै उहाँले अब भाषण मात्र भन्दा पनि काम गर्नतिर अग्रसर हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौं योजना आधार पत्रको (प्रारम्भिक मस्यौदा) कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । ‘मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउनपनि पछि हट्नु हुँदैन ।’ नेताको भाषण र कुराले मात्र यो देश बन्न नसक्ने भन्दै कामतिर अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सबै जनप्रतिनिधिहरुलाई हप्ताको एक दिन श्रममा लाग्नको लागि आग्रह गर्नुभयो । ‘तपाईहरु हप्तामा एक दिन श्रम दिनको रुपमा मनाउनु होस्’ उहाँले भन्नुभयो , ‘पसिना नचुहायसम्म यो प्रदेश समृद्ध हुँदैन ।’
बुझाईमा एकरुपता नआएसम्म कर्णाली प्रदेशको विकासले गति नलिने बताउनुभएको छ । आदेश दिने तर काम नगर्ने प्रवृत्ती वढिरहेकोले अव समृद्ध कर्णाली को विकास गर्न आदेश नभई आफनो योगदान र कर्तब्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले सचेत नागरिकले समाजका लागी आफनो योगदान गर्नुपर्छ अनिमात्र समृद्धी हुने वताउनुभयो । सवैको रोजाइृमा कर्णाली वनाउन कर्णालीको विकासको लागि सबै पक्षहरुको साझा प्रतिवद्धता हुनुपर्ने उहाँको भनाई छ ।
सामाजिक विकासमा लाग्न आग्रह
मुख्यमन्त्री शाहीले कर्णालीका स्थानीय तहहरुलाई सामाजिक विकासमा लाग्न आग्रह गर्नुभएको छ । राष्ट्रिय योजना आयोग द्धारा आयोजित पन्ध्रौं योजनाका लागी आधारपत्रको (प्रारम्भिक मस्यौदा) कर्णाली प्रदेश परामर्श बैठकमा सहभागी कर्णाली स्थानीय तहका प्रमुख ÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षहरुलाई सामाजिक विकासमा लाग्न आग्रह गर्नुभएको हो । स्थानीय तहले साना , प्रदेशले मझौला र ठुला संघिय सरकारले ठुला योजना निमार्ण गर्ने वताउनुभयो । स्थानीय सरकारले सामाजिक विकासको काम गर्ने, खानेपानी ,वाटो र सिचाई प्रदेश सरकारले गर्ने र ठुला योजनाहरु संघिय सरकारले संचालन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । अवका योजना निमार्ण गर्दा तिनवटै सरकारको समन्वयमा निमार्ण हुनुपर्ने मुख्यमन्त्री शाहीले वताउनुभयो । ब्यक्तिको इच्छा भन्दा स्थानीय आवश्यकतामा आधारित भएर योजनाको छनौट गर्ने शाहीको धारणा छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने
मुख्यमन्त्री शाहीले कर्णालीको स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने वताउनुभएको छ । किसानले उत्पादन गरिका उत्पादनलाई प्रदेश सरकारले वजारीकरणमा सहजीकरण गर्ने जानकारी दिनुभयो । कर्णालीमा वस्ने नागरिकलाई उत्पादन तथा आर्थीक रुपमा आत्मानिर्भर वनाई कर्णालीवाट गरिवीलाई अन्त्यका लागी सरकार लागी परेको जानकारी दिनुभयो । वाहीरको उत्पादनले कर्णालीवासीलाई परनिर्भर वनाएको भन्दै शाहीले अव स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर प्रदेशलाई आत्मनिर्भर वनाउने वताउनुभयो । ‘विदेशबाट आएका परफ्यूम लगाउँछौं, विदेशी कपडा लगाउँछौं, विदेशी खानेकुरा खान्छौं,’ उहाँले भन्नुभयो, ‘सामान सबै विदेशी प्रयोग गर्ने कसरी स्थानीय उत्पादनलाई प्रोत्साहन हुन्छ र समृद्धी हासील गर्न सक्छौ उहाँले भन्न्ुभयो । कर्णालीवासीले कर्णालीको उत्पादनलाई प्रयोग गर्न सके मात्रै कर्णाली समृद्ध हुने भन्दै मुख्यमन्त्री शाहीले सवैलाई स्थानीय उत्पादन लाई वढवा दिन समेत आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसँग कर्णालीका लागि अर्बौ बजेट ऊनी र सुतीका लागि विनियोजन गर्न माग गर्नुभयो । ‘ऊनी र सुती कपडालाई हामी कर्णालीको ब्राण्ड बनाउन चाहन्छौं,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘हामीलाई बरु यसको विकासका लागि अर्बौ बजेट दिनुहोस् ।’ मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागी राष्ट्रिय योजना आयोगलाइृ कर्णालीको आवश्यकताका आधारमा योजना छनौट गर्न सुझाव दिनुभयो । कर्णालीको सडक, विद्युत,कृषि, शिक्षा र स्वास्थ्यमा विशेष लगानी गर्न समेत आग्रह गर्नुभयो ।

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     1:23:23 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *