सुर्खेतमा छाडापशुको गणना शुरु


दिपेन्द्र शर्मा
सुर्खेत ३१, भाद्र/ सुर्खेतमा रहेका छाडापशुको ब्यवस्थापन गर्न आजवाट गणना शुरु गरिएको छ ।
कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले छाडापशुको ब्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मंगलवार देखि छाडापशुहरुको गणना शुरु गरेको हो ।
मंगलवारवाट शुरु गरिएको गणनामा एक सय ४२ वटा छाडा पशुहरु भेटिएका छन । वीरेन्द्रनगर नगरपालिकाको भेरी पुल देखि वाङ्गेसिमल खण्डमा ८५ छाडापशुहरु भेटिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक तथा कार्यदलका संयोजक डाक्टर टंक प्रसाद प्रसाइले जानकारी दिनुभयो । संयोजक प्रसाईका अनुसार सुर्खेतको वाङ्गेसिमल देखि रानीघाट सम्मको सडक खण्डमा ५७ वटा गाइहरु भेटिएका छन । वाङ्गेसिमल देखि रानीघाट सम्मको सडक खण्डमा भेटिएका अधिकांश गाइहरु गौशाला भित्रका रहेको प्रसाईको भनाई छ । सुर्खेत लगाएत प्रदेशका अन्य ठाँउमा वेवारिसे रुपमा छोडिएका छाडापशुहरुको दिर्घकालीन ब्यवस्थापन गर्न कार्यदलले छाडापशुहरुको गणना शुरु गरेको प्रसाईले वताउनुभयो । वीरेन्द्रनगर आसपासमा रहेका छाडापशुहरुको गणना गरेर ब्यवस्थापनका लागी सुझाव सहितको प्रतिवेदन मन्त्रालयलाई वुझाइने उहाँले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर २ रानीघाटको गौशाला आसपासमा ५७ गाइहरु भेटिएपनि रानीघाटमै भएको गौशालामा भने ८० देखि ९० जति गाइहरु आउने गरेको स्थानीय देविसरा विकले वताउनुभयो । “गौशालामा ८०÷९० गाइ थिए, राम्रो गाइहरु जंगलवाटै चोरेर लिन्छन, वुढा हिड्न नसक्ने, घाइते तथा अपाङ्गता भएका लाई मात्रै यता तिर छोडछन” उहाँले भन्नुभयो । पाँच वटा जति दुहुना छन,वाछीहरु यतै हुन्छन, अरुत जंगलवाटै कसले लिन्छन खै हामीलाई थाहा हुदैन, उहाँले भन्नुभयो । गौशालावाट निस्कदा सवै वाडिएर निस्कन्छन कोही काही आउदैनन, राम्रो दुध दिने गाइ उतैवाट कसले लिन्छन विकले भन्नुभयो । छाडापशुहरुको उचित ब्यवस्थापनका लागी ब्यवस्थीत गौशालाको निमार्ण गर्नुपर्ने सुर्खेतका पशु अधिकारकर्मी कृष्ण ढकालले वताउनुभयो । गौशालालाई ब्यवस्थीत गरेमा मात्र सुर्खेतमा भएको छाडापशुको समस्या समाधान हुने ढकालले वताउनुभयो ।
छाडापशुको समस्यालाई अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधान गर्न कार्यदलको प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो ।
भाद्र १२ गते राती सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेबारिसे छोडिएका ३९ वटा गाइहरु मरेका थिए । नेपालगंजबाट ८ ओटा ट्रकमा ल्याइएका २९१ गाइहरु मध्ये ३९ वटा गाईको मरेका थिए भने दुइ सय ३३ वटा गाइहरु नेपालगंज फिर्ता पठाइएको थियो । यो घटना घटेपछि मन्त्रालयले सुर्खेत तथा अन्य स्थानमा वेवारिसे छाडिएका छाडापशुहरुको उचित ब्यवस्थापन गर्न मन्त्रालयको अगुवाइमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो । १५ दिन भित्र आफनो राय सहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्न कार्यादेश दिइएको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     1:31:18 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *