दिपेन्द्र शर्मा
सुर्खेत २५, भाद्र/ कर्णालीमा रहेका छाडापशुको ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ ।
भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधवार मन्त्रालयमा आयोजना गरिएको सर्वपक्षिय छलफल पश्चात ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।
पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंक प्रसाद प्रसाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख, पशुपन्छी रोग अन्वेषन प्रयोगशालाका प्रमुख, सुर्खेतका स्थानीय तहका पशुपन्छी शाखाका प्रमुख मध्य वीरेन्द्रनगर पालिकाको प्रतिनिधि सदस्य रहेको मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिनुभयो । सचिव भारीका अनुसार सदस्यमा पशुपन्छी ब्यवसायी मध्येवाट १ जना, कानुन ब्यवसायी १ जना र वन उपभोक्ता महांसंघ सुर्खेतका प्रतिनिधि रहेका छन ।
सुर्खेत लगाएत प्रदेशका अन्य ठाँउमा वेवारिसे रुपमा छोडिएका छाडापशुहरुको दिर्घकालीन ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । मन्त्री केसीका अनुसार कार्यदलले गठन भएको १५ दिन भित्र आफनो राय सहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्ने छ ।
छाडापशुको समस्यालाई अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधान गर्न कार्यदल गठन गरिएको उहाँले वताउनुभयो । कार्यदलको प्रतिवेदन पछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्री केसीको भनाई छ ।
छलफलमा सहभागी कर्णाली प्रदेशसभा सदस्य पदमा खडकाले प्रदेशमा प्रवेश गर्ने हुम्लाको हिल्सा र सुर्खेतको हर्रे÷ववईको नाकामा पशु क्वारेन्टाइन स्थापना गर्नुपर्ने वताउनुभयो । प्रदेश वाहिरवाट भित्रिने पशुचौपायाको निगरानी वढाएर वाटोमा चेकजाच कडाई गर्नुपर्ने सांसद खड्काको भनाई छ । चेकजाचमा कडाई नहुदा अहिले पनि सुर्खेतका सडकहरुमा यत्रतत्र गाईका बथानहरु छरिएको अवस्थामा भेटिने गरेकोले सडक सुरक्षामा चुनौती थपिएको सांसद खड्काले वताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य ठम्मर विष्टले स्थानीयतहको समन्वयमा छाडापशुको समस्या समाधान गर्न सुझाव दिनुभयो । स्थानीयतहको सहकार्य र लगानीमा छाडापशुहरुको ब्यवस्थापन गर्दा प्रभावकारीहुने धारणा ब्यक्त गनुभयो ।
छलफलमा भाग लिदै वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देवकुमार सुवेदीले छाडा छोडिएका पशुहरुको ब्यवस्थापन नगरपालिकाले गरिएकोले सवैको सहयोगको अपेक्ष गर्नुभयो । जिल्ला भित्रका स्थानीय तहहरुले समन्वय गर्ने जिल्ला तथा प्रदेश वाहीरको समन्वय प्रदेश सरकारले गर्नुपर्ने उहाँको भनाई छ । दुध दिउन्जेल पाल्ने अनी दुध दिन छोडेपछि गाइलाई छाडा छाड्नु भनेको आमा वुवालाई विद्राश्रममा छोडे जस्तै भएकोले यस्तो कार्य गर्नेलाई कारवाही गरिने सुवेदीले जानकारी दिनुभयो ।
भाद्र १२ गते राती सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेबारिसे छोडिएका ३९ वटा गाइहरु मरेका थिए । नेपालगंजबाट ८ ओटा ट्रकमा ल्याइएका २९१ गाइहरु मध्ये ३९ वटा गाईको मरेका थिए भने दुइ सय ३३ वटा गाइहरु नेपालगंज फिर्ता पठाइएको थियो ।
उक्त कार्यमा सग्लग्न भएको आरोपमा ५ वटा ट्रक सहित ५ जना चालक , २ जना सहचालक तथा नेपालगंज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक र गाईको सप्लायर्स गर्ने संचालक लाइ पक्राउ गरि अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
कार्यक्रममा सुर्खेत जिल्लाका प्रदेश सभा सदस्य , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधिहरु, जिल्ला समन्य समितिका प्रमुख, स्थानीयतहका प्रमुख तथा प्रतिनिधि , स्थानीय प्रसासन, नेपाल प्रहरी तथा पशु अधिकारकर्मीको सहभागीता रहेको थियो ।