प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन शुरु


सुर्खेत ७ फागुन/कर्णाली प्रदेशमा पहिलो पटक प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ शुरु भएको छ ।
कर्णाली प्रदेश सरकार , भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन शुरु भएको हो । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन,अवसर, चुनौति ,निति तथा भावी कार्यदिशा विषयमा ब्यापक छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि तथा नितिहरु कर्णाली प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, भारतका कृषि,पर्यावरणीयका लेखक,सम्पादक तथा अभियान्ता भरत मन्सता,सुकदेव सिंह र मणिराम पुनिया, नेपालका अर्गाानिक विज्ञ छवि पौडेल ,लिवर्डका पिताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनवहादुर कठायत, प्रकृति मानब केन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र विन्दुराज सापकोटाले आफनो अनुभव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।
त्यस्तै दोस्रो दिन भारतका अर्गानिक अभियान्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियान्ता तथा विज्ञ उद्धब अधिकारी,डिलाराम भण्डारी,डा.भानु पोखरेल,कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ,अर्गानिक विज्ञ डाक्टर कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गर्नुहुने भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो ।
दुइदिन सम्म संचालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी,पुर्व गृहमन्त्री जनार्दन शर्मा,२ नम्बर प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह,राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु,कर्णाली प्रदेश योजना आयोगका पदाधीकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, संघिय सरकारका प्रतिनिधि, कर्मचारी,कृषकहरु,विभिन्न विज्ञहरुको सहभागीता रहेको प्रवक्ता पण्डितले वताउनुभयो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ८, २०७६     6:27:08 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *