शिक्षक देखि राष्ट्रियसभाको यात्रामा मायाप्रसाद


सुर्खेत १० माघ /नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा (पारशमणी) राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेश वाट निर्वाचित भएका छन ।
गत निर्वाचनमा कर्णाली प्रदेश सभाको सदस्य बनेर मुख्यमन्त्री बन्ने अभिलासा बोकेका शर्माले अन्तत नेकपाको तर्फवाट कर्णाली प्रदेशवाट राष्ट्रिय सभामा पुगेका छन । गत निर्वाचनमा प्रदेशको सिनियर नेता भएकोले मुख्य मन्त्री हुने प्रबल संभावना थियो पार्टी एकताको समिकरणले गर्दा शर्माले टिकट पाउन सकेनन । कर्णाली प्रदेशका नेकपा भित्रका सिनियर र पुराना नेता मध्येका शर्मा यसपटक भने नेकपाको रोजाईमा परेका हुन । जनयुद्धका धेरै सहकर्र्मीहरु पटक पटक लाभको पद लिने अवसर पाएपनि खासै अवसर पाउन नसकेका शर्मा यो पटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन ।
२०२० साल असार १५ गते जाजरकोट भेरी नगरपालिका १२ जगतिपुरमा जन्मिएका उनी २०३८ सालमा अखिल विद्यार्थी को सदस्य, २०४२ साल देखि सामाज सुधार युवा क्लब जगतिपुरको अध्यक्ष भएर उक्त सस्था मार्फत कम्युनिष्ट पार्टीको काम गरेको, शिक्षक संगठनमा आवद्ध,०४७ देखि पार्र्टी राजनितिमा संलग्न रहेका शर्मा नें.क.पा.(मशाल)को खुलामञ्च नयाँ जनवादी मन्चको उपाध्यक्ष हुदै पार्टी सदस्यता प्राप्त गरेका थिए । २०४७ मंसिरमा मशालको जिल्ला समिति सचिवालय सदस्य,०४९चैत्र देखी पुर्णकालीन भई नेकपा माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धमा २०५१ देखी भुमिगत भएका थिए ।

२०५५ साल आश्विन देखि नेकपा माओवादीको दैलेख र सुर्खेतको संयुतm जिल्ला सेक्रटरी,०५७ माघ देखि पश्चिम क्षेत्रिय व्युरो सदस्य,०६०मा केन्द्रिय सदस्य, ०६२ आश्विनको चुनवाङ्ग बैठक पछि पार्टीका हरेक सदस्यहरु एक–एक तह तल झर्ने निति अनुसार सेतीमहाकाली व्युरो सचिवालय सदस्य,०६३ चैत्रमा सेती व्युरो सेक्रटरी । २०६४ बैशाख देखि गणतान्ञिक मन्च समन्वय समितिको संयोजक, २०६४ सालको संविधान सभाको निर्वाचन पछि २०६५ सालमा समानुपातिक सभासद, २०६५ मंसिरमा पुःन केन्द्रिय सदस्य तथा भेरी कर्णाली राज्य समितीको सहइन्चार्ज । २०६९ सालमा नेकपा माओवादीको विभाजन पछि बैद्य समुहमा लागेका शर्मा २०६९ साल असार देखि बैद्य नेतृत्वको माओवादीको भेरी कर्णाली राज्य समितिको ईन्चार्ज,२०६९ बैद्य नेतृत्वको माओवादीको माघमा सम्पन्न सातौं महाधिवेशन देखि पोलिटब्युरो सदस्य तथा भेरी कर्णाली राज्य समिती इन्चार्ज,रामबहादुर थापा बादल सँगै एकिकृत माओवादीमा पुनरागमण भएका नेता शर्माले कर्णाली प्रदेशमा वलियो उपस्थीतीमा रहेको वैद्य समुहको वहुमत हिस्सा एकतामा सामेल गराएका थिए ।

२०७२ कार्तिक देखि प्रचण्ड नेतृत्वको माओवादीको सचिवालय सदस्य र ०७३ मंसिर कर्णाली प्रदेश संयोजक, नेकपा एमाले र नेकपा माओवादीको एकता पछि २०७५ जेष्ठ देखि नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी समालेका छन ।
भुमिगत कालमा डोटी, कैलाली, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, कालिकोट र बाजुरा जिल््लामा युद्ध मोर्चाको नेतृत्व गरेका थिए ।
आईए सम्मको अध्ययन पुरा गरेका उनका माईला भाई इन्द्रलाल, बहिनी ममिता ,ज्वाँई बुद्धि चपाई र ठुलो बुवाका छोरा भद्रलाल ससस्त्र युद्धमा गुमाउन पुगे ।

शर्माका आमा र बाबा वाहेक सबै परिवार तत्कालिन जनयुद्धमा समावेश भयो । साधा जीवन र सरल स्वभावका शर्माका साइला भाई युवराज आचार्य ,वुहारी मोतिकला पुन आचार्य,कान्छा भाई रामदीप आचार्य र वुहारी कृष्ण शाह आचार्य , छोरी रेनुका आचार्य लगाएतका परिवार तत्कालीन जनयुद्धमा सामेल भएका थिए ।

मुक्ति या मृत्यु भनेर आन्दोलनमा होमिएको यो परिवारले धेरै जनाको ज्यान गुमाउनु परयो । तत्कालीन माओवादी विभाजन पछिको पुःन पार्टी एकताको अग्रभागमा रहेर नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माणको अभियानमा रहेका शर्माले नेताहरुलाई एकै ठाँउमा ल्याइ पार्टी एकता गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । तत्कालिन माओवादीले संचालन गरेको १० बर्षे जनयुद्दका क्रममा शर्माको कान्छी बहिनि ममता आचार्यलाइ गुमाएकै दिन कर्णाली प्रदेस बाट राष्ट्रीय सभाको सदस्यमा बिजयी भएका छन् / मतदातालाई धन्यबाद दिदै शर्माले आफ्नो बहिनीले मुक्तिको लागि आफ्नो ज्यानलाइ बलिदान दिएको दिनमा भएको आफ्नो  बिजयलाइ  शहिदको सपना पुरा गर्न लाग्ने निर्देश गरेको बताए / भूगोलले ठगिएको कर्णाली लाइ मुलुकको बिकासको मुलधारमा ल्याउन हरदम लाग्ने प्रतिबद्दता व्यक्त गरे / आन्दोलनका क्रममा भोगेका अनुभवलाई समेटेर शर्माले मुक्ति यात्रा,संकल्प अभियान पुस्तक युद्धसस्मरणका रुपमा प्रकाशन गरेका छन ।

प्रकाशित मितिः 2020-01-24     6:10:09 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *