कर्णालीमा मनाइयो विषादी प्रयोग मुक्त सप्ताह


सुर्खेत ७ माघ/कर्णालीमा विषादीको प्रयोग मुक्त गर्नका लागि ‘विषादी प्रयोग मुक्त सप्ताह २०७६ मनाइएको छ । विषादीको बढ्दो प्रयोगले मानव, पशुपंछी र वातावरणमा परेको प्रभावलाई कम गराउन सचेतना फैलाउँदै विषादी प्रयोग मुक्त सप्ताह मनाइएको हो । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनका लागि आधार निमार्ण गर्न निर्णय गरेको प्रदेश सरकारले अभियान रुपमा संचालन गरेको छ ।
कर्णाली सरकारका प्रवक्ता एवम भूमी व्यवस्था,कृर्षी तथा सहकारीमन्त्री विमला केसीले खतरनाक विषादीहरु मानव स्वास्थ्य र वातावरणका लागि चुनौती रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले अर्गानिक अभियान संचालन गरेको वताउनुभयो । प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री केसीले कर्णालीमा भित्रीने विषादी नियन्त्रणका लागी सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषदी परिक्षण प्रयोगशाला स्थापना गर्न लागीएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षबाट नै प्रदेशका मुख्य प्रदेशद्धारमा कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको वताउनुभयो ।
प्रदेश सरकार गठन भएपछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गरेको भन्दै मन्त्री केसीले सोही अनुरुप अर्गानिक खेती सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । पूर्णरुपमा अर्गानिक कृषि खेती गर्ने उद्देश्य लिएको कर्णाली सरकारले सम्बन्धित विषयमा गुरुयोजना निर्माण गरिरहेको दिनुभयो ।
एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशका वालि संरक्षण अधिकृत घनश्याम कार्कीले कर्णालीलाई प्रांङगारिक प्रदेश घोषणा गर्ने निती अनुरुप रासायनिक बिसादीको कम प्रयोग गरौ र जैबिक विसादीलाई बढवा दिउँ भन्ने सन्देश मुलक कार्यक्रम साताभरी सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश वनाउनका लागी मन्त्रालयले हरेक योजना तथा कार्यक्रमहरुलाई अर्गानिकसंग जोडेर लिने प्रयास गरेको वताउनुभयो । बालीनालीलाई जोगाउन प्रांङगारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिएको सचिव भारीले जानकारी दिनुभयो । विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने भएकोले आम नागरिकहरुले यसको प्रयोग गर्ननहुने सचिव भारीको भनाई छ ।
जनचेतनामुलक कार्यक्रम संचालन
विषादी प्रयोग मुक्त सप्ताह २०७६ को अवसरमा आयोजित लोक गित र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । लोक गित प्रतियोगितामा साना किसान कृषक समुह लेकवेशी ९ प्रथम, हरियो हिरा कृषि तथा जडीवुढी सहकारी वीरेन्द्रनगर २ द्धितिय, चेतना महिला कृषि तथा पशपन्छि सहकारी वीरेन्द्रनगर ११ तृतिय र कल्पवृक्ष कृषि सहकारी वीरेन्द्रनगर ३ सान्तोना भएका छन । त्यस्तै वक्तृत्वकला तर्फ रुपा रिजाल प्रथम,चुडामणी लामीछाने द्धितिय,एलिना विष्ट तृतिय,वीरवहादुर वुढा सान्तोना भएको कार्यालयले जनाएको छ ।
घातक विषको प्रयोग हटाउँ, जैविक विभिधताको संरक्षण गरौ भन्ने मुल नाराका साथ शुरु गरिएको कार्यक्रम वीरेन्द्रनगरको मंगलगढी चौकवाट ¥याली निकालेर जिल्ला समन्वय समितिको सभाहलमा औपचारिकरुपमा संचालन भएको थियो । कार्यक्रममा मन्त्रालयका कृषि प्रसार अधिकृत धनवहादुर कठायतले कर्णाली प्रदेशमा विषादी प्रयोगको अवस्थाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल,सहकारी अभियान्ता,अर्गानिक विज्ञहरु, समुह सहकारी,शिक्षक,विद्यार्थी,कर्मचारी लगाएतका सरोकारवाला हरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः 2020-01-21     6:57:39 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *