कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

३० फागुन । कर्णाली प्रदेशका धार्मिक स्थल, पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहन सहन आदी समेटेर निर्माण गरिएको डकुमेन्ट्रीको सर्ट भिडियो सार्वजनिक गरिएको छ ।

निर्माता पन्चदेव भट्टले केही समयमै पूरा भिडियो सार्वजनिक गर्ने कुशे खबरलाई जानकारी दिए । उनले भने, डेढ बर्ष पहिलेदेखिनै उक्त डकुमेन्ट्री निर्माण गर्ने योजना बनाएपनि भिडियो छायाँङ्कन रसंकलनमा केही ढिला हुन गएको हो ।

कामको शिलशिलामा कर्णालीका विभिन्न जिल्ला घुम्दै गर्दा त्यहाँको प्राकृतिक सौन्दर्यता र जनजीवनले लोभ्याएपछि डकुमेन्ट्री निर्माण गर्ने सोच बनेको भट्टले बताए । कर्णाली चिनाउन उक्त भिडियो महत्वपूर्ण हुने भट्टको दाबी छ ।

धेरै जसो ठाउँ आफै घुमें र पुग्न नसकेको ठाउँंका दृश्यहरु स्थानीयहरुसंगको समन्वयमा संकलन गरेको भट्टको भनाई छ । बैतडीको गुरुखोलामा जन्मिएका भट्टको यात्रा, फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा विषेश रुची छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपप्राध्यापकका रुपमा कार्यरत भट्टले यसअघी सूदुरपश्चिम चिनाउने डकुमेन्ट्री निर्माण गरेका छन् । ( साभार सेरोफेरो डटकम बाट )

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३०, २०७६     6:59:46 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *