– ध्रविन्द्र वि क
पृथीवीको उत्पती देखि जीव उत्पती र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतर चढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्तत मानव मस्तीष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी लुडको स्वर्ग मच्चाएपछी श्रमजीवी चेतहरु आफ्नो वर्गीय अस्तीत्व रक्षका खाँतीर जुर्मुरायको पाईन्छ ।
त्यही श्रमजीवी वर्ग समुदायको परिवारका एक होनाहार क्रान्तिकारी योद्धाको नाम हो विनोदलाल वि.क. (मोहीत) जाजरकोट जील्लाको उत्तरी भागमा पर्ने बारेकोट गाउँपालीका–४ (साविक नायकवाडा गा.वि.स.–३) जुम्क स्थित सदिउँ देखी कथित वर्णश्रम व्यवस्थाले जतीय उत्पीडनमा पारेको, निम्न वर्गीय किशान दलित परिवारमा वि.स. २०३६ साल असोज २२ गातेका दिन वावा श्री हर्क बहादुर र आमा श्रीमाती जयादेवी वि.क चौथो सन्तानको रुपमा जन्म भएको थियो । ग्रामीन जनजीवन, अभाव र गरिवी तेस्रो सन्तानको रुपमा जन्मे पनि उहाँ भन्दा पछि चार भाईहारु जन्मेर शिशुअवस्था मै निधन भएपछि विनोदलाल वि.क. का एक दाजु श्री भिम बहादुर वि.क. र वहिनी पुतली वि.क. मात्र हुनुहुन्छ । घरमा कान्ठो (कान्छो) भनेर बोलाए पनि उहाँको बाल्यकालको नाम भने विष्णु हो । तर रुपमा उज्यालो, गोरो भएकोले साथिभाईहरुले कहिलेकाहीँ काले, सेते जस्ता नामले पनि वोलाउने गर्थे ।
पढाइमा कहिल्यै कम्जोर नभएका विनोदलाल वि.क. प्रवेशिका परिक्षा पछी २०५६ वैशाखमा आफ्नो अटो डायरीमा लेख्नुहुन्छ “पाठशालाको अभाव र मेरो आमाबुबाको असाक्षरतको कारणले नौ बर्षको उमेरमा मेरो प्राथमिक शिक्षाको श्रीगणेश भयो । २०४९ सालमा धौधौ गरि प्राथमिक शिक्षाबाट प्रमोसन भएपछि नि.मा.बि. शिक्षाको लागी मैले श्री सिता नि.मा.वि. मा भर्ना हुने अवसर प्रप्त गरे । दुर्भाग्यवस मैले त्यस बिद्यालयमा सात दिन मात्र पढे । मेरो बुबाको र दाजुको प्रदेश निबासले मैले बिद्यालयबाट सन्यासी हुन बाध्य हुनु प¥यो । जब विद्यालयबाट सन्यसी भएपछी मैले भैसी पालेर बस्न बाध्य भए । भैसी पाल्दाको समयमा मैले निकै दुःख भोग्नु परेको थियो ।
जस्ले मेरो हंसलाई अझै तर्साउछ । र व्याख्या गरेर साध्या नै छैन ।” आफ्नो वाल्यकालीन जीवनमा अनेकौं दःख र पीडाहरु सँग साक्षात्कार गरी दःख र पीडा सँग पनि आन्नदले रमाउन अभ्यस्त विनोदलाल आफ्नो अटो डायरीमै जीवनमा दुःखहरुलाई यसरी चित्रण गर्नुहुन्छ “मेरो जीवन भनेको दुःखको संगम हो । साउनको भेल पैरो हो । चैते खडेरी हो । शिशिरको तुसारे हो । अनि बाल्यकाल देखी नै दुःख खेप्दै आएको हसाहय फाल हो । जीवनमा दुःखका पह्लहरु असिमित छन । जुन लेख्दा डायरी नै नपुग्ने डर छ । बसन्तले काँचुली फेर्दा पालुवा पलाउँछ । तर मेरो जीन्दगीको क्षेणमा दुःखमात्र अदल बदल भएका छन् । निकास भनेको एक अबस्थाको दुःख अर्को चितकारमा मात्र रुपान्तरण भएका छन् ।”
दुःख र चित्कारको अदल बदलले विनोदलाल वि.क. को जीवनमा साहेद कुनै नविन चेतनाको प्रारुप देखापरिसकेको थियो । वाल्यकालमा नम्र र सहनशिल मात्रै नभएर आफ्नो तर्क र मतमा पनि त्यतीकै दृढ रहने विनोदलाल यतीवेला भने घरायसी जीमेवारी र १८ महीना सम्मा भैसी गोठालो हुदा साँवा अक्षर समेत विर्सिसकेका थिए । श्रमरोजगार बाट घर फर्केपछि दाईले विद्यालय जानुपर्ने प्रस्ताव गर्दा साँवा अक्षर पनि विर्सेको वताउने विनोदलाल, विद्यालय जनुपर्ने अडाल कसेका दाजुसँग विद्यालय नजाने अडान गरे पनि लामो समय दाजुभाई वीच चलेको जीद्धीवाट विनोदलालले हारेपछी पुनः विद्यलयमा पढ्ने अवसर प्रप्त भयो ।
पुनः विद्यालय पढ्ने अवसरको वारे आफ्नो अटोमा लेख्नुहुन्छ “लगातार १८ महिना सम्मा भैसी गोठालाको रुपमा रहेर सम्पुर्ण घरायसी बोझ समाल्नु परेको थियो । तत्पश्चात मेरो दाजुको स्वदेश फर्काईले मलाई पुर्ण पढ्ने अबसर प्रप्त भयो । अनि म मा.बि. लिम्सामा पुणः कक्षा ५ बाट पढ्न शुरु गरे । त्यस अबस्थामा मेरो पढाईमा कुनै राम्रो लक्षण थिएना । त्यस पछि मलाई मेरै साथीहरुको दुर्बचनले र गुरुहरुको अर्तिले राम्रो सँग पढ्ने अभिरुची पैदा ग¥यो । परिणाम स्वरुप म कक्षामा तेस्रो स्थानमा नाम निकास्ना सफल भए ।” यसरी विनोदलालले आफ्ने मुख्य कर्म पढाई र घरायसी कामलाई सहायक बनाएको एक वर्ष पुरा भएको थियो । यसरी पढने क्रममा अफ्नो अर्कले घर (भुईतलामा पशुवस्तु हुल्ने वा बाँध्ने र माथि मान्छे वस्ने गरेर बनाएको घर) को भुईतलामा आफ्नो पढ्ने र सुत्ने कोठा बनाउनुभएको थियो । कोठामा काठबाट बनेको एउटा कुर्सी र सुत्ने खाट बाहेक अरु अटाउदैन्थे । घर देखी विद्यालय टाढा भएपनि, वारम्वार विनोदलालको आमाले सम्झनु हुन्थो पढ्ने क्रममा घर आँगन बडार्ने, भाँडा धुने जस्ता ससान काम आफै गरेर घरमा सघाएको कुराहरु ।
यो समयमा विनोदलालले आफ्नो जीवनको सवैभन्दा ठुलो समय पढाईमा खर्चनुभयो भने परिवारको साथ पनि त्यतीकै पाउनुभयो । यस समयको पढाईको बारे अटोमा यसरी लेख्नुहुन्छ “मलाई पढ्ने अभिरुची बढ्दै गयो र प्रथम हुने प्रलोभनले छोडेना अनि कडा परिश्रम गरेबापत कक्षा ६ बाट ७ मा जाँदा प्रथम श्रेणीमा (पहिलो स्थानमा) पास भए मेरो सपना साकार भए जस्तो लाग्यो । अझ कडा परिश्रम गरेबापत म नि.मा.बि. स्तरिय शिक्षाबाट प्रमोसन हुदा राम्रो अंक एवं प्रथम श्रेणीमा (विद्यालय प्रथम) हुन सफल भए । नि.मा.वि. स्तरको शिक्षा राम्रो संग हाँसिल गरे ।” यो समयमा विनोदलाको कोठामा आफुले बत्ती निभेको र सुतेको कहील्यै नदेखेको दाई भिमबहादुर सम्झीनुहुन्छ ।
जीवनका तीता मिठा भोगाई सँगै नि.मा.वि. स्तरको पढाई पुरा भयो । विनोदलाल साथिभाईको प्यारो र एक उदाउदो प्रतिभाका रुपमा स्थापीत भैसक्नुभएको थियो । ढिला पढाई सुरु गर्नु र विचमा पढाएमा आएका बाधाअवरोधले होला उमेर पनि १७÷१८ वर्षे लक्का जवान भैसकेको, सामाजीक विकृती, विसंगती, अन्याय र अत्याचारलाई सही गलत भनी छुट्याउन सक्ने दृष्टिकोण पुर्ण रुपमा विकास भैसकेकोले श्रमजीवी उत्पीडित जनतामाथी शोषक फटाहाले अन्याय अत्याचार गरेको देखेर सहनै सक्नुहुन्नथ्यो ।
कक्षा ६ मा पढ्ने क्रममा नै उहाँ तत्कालीन जनमोर्चा (माओवादीलाई गाउँतीर जनमोर्चा भन्थे ।) को काम र राजनैतीक मुद्दा देखि प्रभावित भए पनि २०५२ सालमा ७ कक्षामा पढ्ने वेला विद्यार्थी संगठनको मा.वि. मुल एकाई कमिटी सचिव भएर औपचारीक रुपमा संगठनीक जीमेवारी लीएर कार्यसम्पादन गर्नलागेको कुरा उहाँका कक्षा सहपाटी लालबहादु्र नेपाली लगाएतले सम्झनुहुन्छ ।
विद्यालयको एक कार्यक्रमा उहाँले आाफ्नो कविता वाचन गरेपछी अनुसन्धानमा खटिएका सिभिल कपाडा लगाएका प्रहरीले सुनेपछी त्यस कविताको भावले तीनीहरु सशंकित भएर गिरफ्तार गर्ने कुरा केही शिक्षक र साथीहरुले चाल पाएपछी उहाँ समयमै त्यस कायक्रम बाट निस्केर बच्नुभयो । बारेकोटममा भएका माओवादी संगठीत सदस्य, विद्यार्थी, आस्थावान र सुभेच्छुक तथा शुभचिन्तक सबैलाई धरपकड गीरफ्तार र यातना प्रहरीले दिन थाल्यो भने अझ प्रहरीको निशानमा विद्यार्थी पर्न थाले ।
औपचारीक रुपमा नै संगठनको जीमेवारी लिएर होला भनिन्छ जन्मदै कोही पनि शत्रु हुदैन शत्रु त बन्छ । उहाँको क्रान्तिकारी चेत र गलत कुराका विरुद्ध आफ्नो स्पष्ट धारणा राख्ने स्वभावले सर्वसाधारण मान्छेको प्रिय र जाली फटाहहरुको कुदृष्टि पर्न थाल्यो । विभिन्न चुनौतीका बाब्जुद माध्यामिक तहको पढाइको शुरु गर्नुभया । ८ कक्षामा पढ्दै गर्दा पढाइमा पुनः बाधा सिर्जन भयो । दिनहु जस्तो घरमा प्रहरीले निगरानी राख्ने, रातीमा छापा हान्य, घर परिवारलाई मानसिक यातना दिने, लगाएत प्रहरीको हर्कतले विनोदलालमा निकै खतर भएको कुरा घरपरीवार र आफन्तले सहजै बुझिसकेका थिए ।
केही समयको लागी दजुभाई भारतमा बस्ने आफन्त र श्रम रोजगारको शिलशिलामा त्यतै भएका बाबा सँग पनि भेटने गरी २०५२ फागुनको अन्तिम हप्ता भारत तीर हीडनुभयो । सवैसंग भेटघाट सँगै करीब तीन महीन सम्म त्यतै बस्नुभयो । आफ्नो पढाई यो विचमा गर्न नपाएकोले उहाँ चिन्तीत भएको कुरा दाजु अहिले पनि ताजै सम्झनु हुन्छ । नेपालमा खतरा भएकोले यतै पढन दाजु र आफन्तले सलाह दिए पनि विनोदलालले भने बाँचे पनि नेपालमै पढ्ने मरे पनि आफ्नो वर्गीय मुक्तीको लागी नेपालमै मर्ने अडान राख्नुभयो ।
आफ्नो पिडालाई कसै सँग प्रत्यक्ष पोख्न नसकेर एक दिन राती सुतेको समयमा ओछ्यानमा रोईरहेको दाजुले थाहापाए पछि “के भयो कान्छा ?” भनेर सोध्दा “बहिनीको सपना देखे ?” भनेर जवाफ दिनुभएछ । अनि लगतै अर्को दिनमा नेपाल जानुपर्छ अब भनेर आउन तत्वर हुनुभएछ । उहाँका कान्छा मामा श्री दिलबहादुर नेपालीले गाडी भाडा लगाएत अन्य खर्च पुग्ने गरी आर्थिक व्यवस्थापन गर्न सहयोग गरेपछी पुनः तीन महीन पछि २०५३ वैशखमा दाजुभाई नेपाल फर्केको क्षणलाई आफ्नो डायरीमा यसरी लेख्नु हुन्छ । “नि.मा.वि. स्तरको शिक्षा राम्रो संग हाँसिल गरे । अनि माध्यमिक शिक्षाको श्रीगणेश भयो । मा.वि. मा पनि राम्रो अंक ल्याएर पास गर्ने प्रलोभन नभएको होईन । तर पुनः बिचमा अबरोध स्वरुप मलाई समस्या खडा भयो जस्को कारण मैले ३ महिना सम्मा भारत बसेर पुनः स्वदेश फर्के ।”
यसरी नेपाल फर्के पनि यता भने प्रहरीले खोजी जारी राखेको थियो । पढीरहेको विद्यालयमै पढ्न निकै गाह्रो भएर त्यो विद्यालयमा नाम काटेर पुनः भर्ना हुने कुरामा विनोदलाल सहमती नभएपछी पुन अर्का विद्यालयको खोजी गर्नुपर्ने भएकाले यसै क्रममा दाजुभाई जुम्लाका आफन्तको सम्पर्कमा पुगेपछी डिल्लीचौरमा रहेको श्री ऋणमोक्ष मा.वि. मा आफ्नो नाम विष्णु वाट विनोदलाल बनाएर भर्ना भई मा.वि. स्तरको पढाई शुरु गरेको कुरालाई आफ्नो अटोमा यसरी लेख्नुहुन्छ “तर आफ्नो विद्यालयमा नाम काटेर पुनः भर्न गर्ने निर्णयम असहमति भए जस्को कारण म त्यो विद्यालया छोडि पुन नव पाठशालाको खोजीमा लागे । हिड्ने क्रममा संयोगले मा जुम्लाको ऋणमोक्ष मा.बि. डिल्लीचौरमा पुगे र त्यहाँ पढ्ने अवसर पाए ।”
स्वयं विनोदलाललाई पनि थाहा थिएन जुम्लाको पढाई सँगसँगैका दिनचर्याहरु कस्तो हुन्छ ? अनि वर्ग शत्रुवाट के कस्ता प्रहारहरु हुन्छन ? यी सबै समयको गर्वभित्रै थिए । विनोदलाल लाई भने पहिलो काम पढाई र दोस्रो काम जनताको आवाज नै थियो । अझ भनौ जनताको राज्यव्यवस्था थियो । विद्यालयमा विद्यार्थी भएपनि समाज र शिक्षक विद्यार्थीको लागी उहाँ एक सक्रिय क्रन्तिकारी योद्धा नै हुनुहुन्थ्यो । यो समयमा उहाँले आफुलाई एक स्पष्ट वक्ता, सभ्य, शिष्ट तथा आदर्श व्यक्तित्वको छवी बनाईसन्नुभएको थियो । यो वर्ष कक्षा ८ को पढाई त्यती राम्रो नभएकोले दोस्रो स्थानमा पास भएको र त्यसपछी ९ कक्षा बाट १० काक्षा मा र टेष्ट परीक्षामा समेत प्रथम स्थान हाँसील गरेको आफ्नो अटो मा यसरी उलेख गनुहुन्छ “त्यस बर्षमा त्यति राम्रो सँग पढ्न भने सकिएन । दोस्रो श्रेणीमा (कक्षामा दोश्रो स्थानमा) मेरो नाम निस्क्यो त्यस पछि पुन कक्षा ९ मा पनि प्रथम स्रेणीमा (कक्षा प्रथम) हुन सफल भए । अनि राम्रो स्थान ल्यएर मैले टेष्ट पास पनि गरे ।”
विद्यालयमा मात्र प्रथम नभई खेलकुद, कलासाहीत्य, साँस्कृतिक कार्यक्रम, नाटक मञ्चन, अभिनय, गीत लेखन तथा गायन, कवीता, विबन्ध लेखन तथा वाचन, वक्तृत्वकला वाचनमा समेत अब्बल विनोदलाल समय सापेक्ष घटना र परिघटनालाई समाज विज्ञानको नियम अनुसार वुझ्ने र द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणको आधारमा विश्लेषण तथा संश्लेषण गर्नसक्नुहुन्थो भन्ने कुरा टेष्ट परिक्षा पछी उहाँको डायरीमा लेखेको “वालीदेऊ न दियो” शिर्षककोे कविता वाट प्रष्ट हुन्छ ।
किन दियौ तिम्ले मलाई वेदनाका छेद
जीन्दगीमा कसैसँग हुने छैन भेट
आशा तिम्रो बिश्वकोषमा ताज महलमा बस्ने
के लोभ गर्नु जीन्दगीको हिड्दा हिड्दै खस्ने,
बन्छ होला तिम्रो संसार देख्ना पाउने छैन
यो मुटुको घाउ मेट्ने कोहि चिकित्सक भएन,
शुन्दर संसार आफ्नो हो यो हाँसीहाँसी हिड
रुढीबाद र पुजीवादलाई निमुख गर्ने हतियार भिड
असमानता देख्न मैले बरु नजन्मनु थियो
अन्धकारलाई पन्छाउन बालिदेउन दियो ।
मानिसका अनगन्ती रंगीन सपना र जीवनमा अनिवार्य आउने अनिश्चित मृत्यको द्धन्द्धात्मक्तालाई पकडदै यो सुन्दर संसार आफ्नो भएकोले हाँसीहाँसी हिड्न सुझाउदै रुडिवाद र पुँजीवादलाई निमुख गर्ने हतियार भिडने आवस्यकतालाई समेत आफ्नो साहित्य मार्फत व्यक्त गरेको पाईन्छ । साथै आफुलाई वेदनाका छेदहरुले प्रहार गरेको र जीवनमा कसैसँग भेट समेत नहुने र यो संसार अझै प्रगती र निर्माणको दिशाउन्मुख भएपनि आफुले देख्ना नपाउने कुरालाई निश्चित गर्दै आफ्नो विरह, पिडा र लक्ष्यमा आएका अवरोधहरु पार गर्ने कुनै त्यस्तो योग्य मार्गदशर्क नभएको समेत कविता मार्पत व्यक्त गरेको एक वर्ष पछि उहाँको सहादत हुनुले केही रहस्यमय अर्थ राख्दछ । अर्थात आफु वर्गीय मुक्तिको माहासमरमा अन्तर मन देखी समर्पीत भएकोले विना हडबडाहाट सबै किसीमका दासता बाट मुक्त भएको जीवन या संघर्षको मैदानमा हुने वीरगती मात्र आफ्नो सामु भएको कुरा निश्चित गर्नुहुन्छ । समाजमा भएको वर्गीय खाडललाई देख्नाको लागी मात्र हो भने नजन्मेकै भए हुन्थ्यो, जन्मेर यो समाजमा भएको वर्गीय असमानता जानी वा नजानी स्वीकार्नु एक किसीमको अन्धकार भएकोले यसलाई पन्छाउनाको लागी क्रानितीकारी वा प्रगतीशिल विचारले आम शोषीत उत्पीडत वर्ग समुदायलाई सुशिक्षित गरी समानताको घाम झुल्काउन काविता मार्फत विनोदलालले सवैलाई आह्वान गर्नुृभएको छ ।
आफ्नो कोमल मन, तीच्छन वुद्धीका साथसाथै हरेक काममा ईमानदरी र वर्गप्रेमभाव राख्ने विनोदलाल वालवालीका देखी वृद्धवृद्धाको मन मस्तिस्कामा वस्न सफल हुनुहुन्थ्यो । उच्च विचारका धनी व्यक्तितव भएका कारण जुम्ला चौधवीसवासी जनसमुदायले विनोदलाल वि.क. लाई देखेर ततकालीन माओवादीप्रती पनि उत्तिनै आकर्षित भए । पढाई सँगसँगै भुमिगत राजनीतिमा सक्रिय विनोदलाल २०५५।०५।१९ गते मृगेन्द्र संझना चिकित्सा गुठी द्धारा जुम्ला जील्लाका मा.वि.मा संचालन गरिएको धुमपान नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय निबन्ध प्रतियोगीतामा तृतीय अर्को वब्तृत्वकालामा दिर्तीय भई नगत सहित प्रमाणपत्र प्रप्त गरी आफु पढेको विद्यालयको गरीमा समेत बढाउनुभएको थियो ।
टेष्ट परिक्षा पछिको प्रवेशिका (slc) को तयारी सँगै जुम्लामा अध्ययनका तीन वर्षको आखिरी क्षणमा पवेश गर्दै हुनुहुन्थ्यो विनोदलाल । यो समय राम्रो तयारी गरेर परिक्षा पनि राम्रैसँग दिएको आफ्नो डायरीमा उल्लेख गर्दै भन्नुहन्छ “परिक्षा सिध्याएको दिनमा असाध्य खुसी लागेको थियो तर कालो बादल मडारीएर पुनः दुःखको वर्षा गरायो । परिणाम स्वरुप म निर्दोष र लगनसिल बिद्यार्थीलाई बिभिन्न आरोप–प्रतिआरोप लागाएर ५ दिनसम्मा हिरासतको सिसो र तितो अबस्थामा दिन गुर्जाना बाध्य बनाइयो ।” उहाँका खुसीहरु एकाएक हिरासतको चिसो र सिसो बन्द कोठामा भौतीक शरीरको यातनाको पिडासँगै कुण्ठीत भए । करिव एक हप्ताको हिरासत वसाई सँगै यातना पाउदा पनि पार्टीका कुनै गोप्य कुराहरु नखोली तारीखमा खुल्ला आकाशमा फर्कनुभयो । यो तारीख नभएर आफुलाई मार्ने राज्यको षड्यन्त्र हो भन्ने कुराको चालपाएर केही समयको तारीखलाई पनि छोड्नुभयो । प्रवेशीकाको नतिजा २०५६ मा प्रकाशित भएपछि उहाँ राम्रो अंक प्रप्त गरी दोश्रो श्रेणीमा उत्तीर्ण भई तत्कालीन नयकवाडा गा.वि.स.बाट प्रवेशिका उत्तिर्ण गर्ने पहिलो दलित विद्यार्थीको ईतीहास समेत रचना गर्नुभयो ।
प्रवेशीका उत्तीर्ण लगतै पढेकै विद्यालय ढिल्लीचौरमा त्यस विद्यालयका शिक्षकहरुले र गाउँको विद्यालय मैनामा गाउँका सबैले पढाउन अनुरोध गरे पनि उच्च शिक्षा हाँसील गर्ने मनसायले ऋण सापट गरेर सुर्खेत बहुमुखी क्यमपसमा आई.ए मा मुल विषय गणीत लिएर अध्ययन थाल्नुभयो । क्यमपस जीवनको अध्ययन सँगै विद्यार्थी राजनीतिलाई अंगाल्नुभएका विनोदलाले केही दिन सम्म विद्यार्थीलाई निजी शिक्षण (कोचिङ) समेत गनुभयो । पार्टीकै विभिन्न पत्रपत्रिकामा आबद्ध हुनुको साथै विद्यार्थी संगठनमा सक्रिय भएर काम गनुभयो । सुर्खेतका प्रसासनिक, ब्यापार, शैक्षिक लगाएतका क्षेत्रमा स्थापीत विनोदलाल सरल स्वभाव र गम्भिरताले होला एक पछि अर्का गर्दै पार्टी भित्र र बाहीर उहाँको व्यक्तित्व चुल्लीरहेको थियो । विनोदलालमा घर परिवार, गाँउसमाजको आशा भरोशाको केन्द्र मात्र नभएर मुलुककैलागी योगदान पु¥याउन सक्ने प्रचुर सम्भावना प्रसस्तै पाईन्थ्यो ।
आई.ए. मा पढ्दै गर्दा २०५६ सालको असोजको महीनामा घरमा आउदा अफ्नै कामले गर्दा तीहार भन्दा अगावै वहिनीको टिका माला लगाएर सुर्खेत लाग्नुभयो । सुर्खेत पुगेपछी आफु सकुसल पुगेको र आफ्नो अध्ययन लाई निरन्तरता दिएको पत्र समेत घरमा पठाउनुभयो । यो विचमा हुने पत्र आदान प्रदान र आफन्तको खबर बाट विनोदलालको सबै कुरा सामान्य भएको घरपरिवारलाई जान्कारी छ । यो विचमा उहाँका दाई भारतबट सुर्खेत आएर भेट्दा आफुलालाई कुनैै आर्थिक समस्या नहुने र आफुलाई आफ्नो शिक्षण कामबाट खर्च पुराहुने समेत कुरा गर्नुभयो । दाजु पुनः भारत पर्किनु भयो ।
२०५६ फागुनको ३ गते विद्यार्थी संगठनको काम लिएर सुर्खेतको करेखोला विद्यालयमा विद्यार्थीहरु सँगा छलफल गरी संगठन निर्माण गरी भ्यालीमा फर्कीने क्रममा जंगलको छेउडाँडामा भ्यन सहित लुकेर वसेका नेपाल प्रहरीको पोसाक पैरेका हतीहारधारी जल्लादहरुले एकाएक हीड्दै गर्दा विनासंवाद आकास्मीक गोली हानी घाईते बनाई पुनः गोली हानेसँगै विनोदलालले वीस वर्ष चार महीन एघार दिनको कलिलो उमेरमा विरगती प्रप्त गनुभयो भने सँगैको साथीलाई नियन्त्रणमा लिएर वेपत्ता पारे । दुःको कुरा आज पनि परिवारलाई यसरी नै विनोदालालको सहादत भयो भनेर आधिकारीक कुरा कसैले पनि सुनाएको छैन । हुनसक्छ त्यतीवेलको नेतृत्वहरुले उहाँको सवलाई व्यस्थापन गरेहोलान । घटनाको अनुसन्धान गरेर कुनै निष्कर्षमा पनि पुगेहोलान । उहाँको सहादतको वेला विर बहादुर कामी (संसारसेन पृथक) ले एउटा लेख लेखेर जनादेशमा प्रकाशित गरेको कुरा मेसीन्जर कुरामा पंत्तिकारलाई सुनाउदै त्यो लेख अहिले भेटन नसकेको समेत उल्लेख गर्नुहुुथ्यो ।
विनोदलालका थुप्रै लेख रचनाका डायरी भए पनि तात्कालीन राज्य दमनको त्रासले सुरक्षित राख्न नसकेकोमा घर परिवार दुःखी छन । विनोदलाल आज हाम्रो माझ नभए पनि उहाँले आत्मसाथ गरेको मार्ग र सपना आज पनि उत्तिकै गौरव गर्नयोग्या छ । संसारमा वर्गीय असमानता रहेसमा वर्गीय मुक्तिको लागी प्रणउत्सर्ग गर्ने श्रमजीवी उत्पीडित वर्ग सुदायको आदर्श नायकको रुपमा प्रेरणको श्रोत वनी असमानताको अन्धकारलाई पन्छाउनको लागी हाम्रो सामु कहिल्यै ननिभ्ने दियो बनी प्रज्वलीत भईरहनुहुनेछ ।
(ध्रविन्द्र वि क सहिद विनोदलाल वि.क.का भतीजो हुन र २०७० साल देखी आशिंक र २०७५ साल देखी पुर्णकालीन भई नेकपा माओवादी (क्रन्तिकारी) हुदै नेकपा मा कार्यरत छन ।)