लक्ष्मीकन्याको ‘संकल्प यात्रा’ विमोचन


काठमाण्डौ १६ माघ । लेखक लक्ष्मीकन्या बुढाको ‘संकल्प यात्रा’ विमोचन गरिएको छ । समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ का अवसरमा उक्त पुुस्तक विमोचन गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मंगलबार संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् ।

जुम्ला स्थायी घर भएकी लेखक लक्ष्मीकन्या बुढा, नेकपा (माओवादी केन्द्र)का युवा नेतृ पनि हुन् । अनुभूति संस्मरण पुस्तक ‘संकल्प यात्रा’ विमोचन गर्दै अध्यक्ष प्रचण्डले पुुस्तक लेखक बुढाले सामाजिक न्याय र समानताका पक्षमा कलम चलाएको धन्यबाद व्यक्त गरे ।


‘कर्णालीको विकट भूगोलमा जन्मेर मुलुकको व्यवस्था परिवर्तनका लागि लक्ष्मीकन्याले आफ्नो उर्जाशील जीवनलाई संघर्ष र आन्दोलनमा बिताएकी छन्’ उनले भने, ‘पुस्तकबाट नेपाली समाज विकास र रुपान्तरणमा मात्र नभई आन्दोलनमा नेपाली महिलाको योगदान र इतिहासको समेत दस्ताबेजीकरण हुनेछ ।’

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सानै उमेरमा जनयुद्धमा होमिएकी कर्णालीको छोरीले संघर्ष र आन्दोलनको मर्मलाई पुस्तकमार्फत उल्लेख गर्नु प्रशंसायोग्य काम भएको बताए । लेखक बुढाले माओवादी आन्दोलनले नेपालको उत्पीडित जाति, लिंग, वर्ग र क्षेत्रलाई सामाजिक न्याय र समानता दिलाउन महत्वपूर्ण भूूमिका खेलेको भन्दै उनले प्रशंसा गरे ।

‘समकालीन युद्धमा लागेर आजको व्यवस्था ल्याउन गरेको योगदान, समर्पणका साथै यात्रा निर्वाध अगाडि बढाउने संकल्पगर्नुले नेपाली महिला नेतृत्वको क्षमता विकास भएको प्रष्ट हुन्छ’ उनले भने, ‘लेखक बुढाले न्याय र समानतासहित सुन्दर एवं सभ्य समाज स्थापनाका लागि सामुहिक स्वार्थमा जीवन समर्पण गरेकि छन् ।’

‘संकल्प यात्रा’ पुस्तकको मुख्य सार नै न्याय र समानतासहित सुन्दर एवं सभ्य समाज स्थापनाका लागि लेखन यात्रा निरन्तर राख्नु हो । लेखक बुुढाले पुुस्तक पढेर सुुझाव सल्लाह दिन अनुरोध गरेकि छन् । यो पुुस्तक १७६ पेजको छ । लेखक बुुढाकोे यो पाँचौ कृति हो । यस अघि उनले चारवटा कृति प्रकाशन गरिसकेकि छन् ।

पुुस्तक विमोचनपछि समाजवादी मोर्चाको विचार गोष्ठीमा बोल्दै उनले भनिन्, ‘संविधानमा भएका जनताका अधिकारहरु खोस्न लागिएको छ । राष्ट्रिय स्वाधीनता र सन्तुलित परराष्ट्रनीति छैन, अप्राकृतिक अलोकतान्त्रिक सरकार बनेको छ । यस्तो अवस्थामा हामी जागरुक हुनैपर्छ ।’

प्रतिगमनको फेरी पनि खतरा रहेको बताउँदै अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा अगाडि बढाउनुुपर्ने उनको तर्क छ । विचार मिलेसम्म रणनैतिक दृष्टिकोणमा एउटै केन्द्र बनाउनुुपर्ने भन्दै नभए हाललाई समाजवादी मोर्चाको माध्यमबाट जनतालाई विकल्प दिनुपर्ने उनले बताइन् ।

प्रकाशित मितिः 2025-01-31     10:49:20 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *