
सुर्खेत १८ पौष
प्राविधिकहरुका लागि आयोजित इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी तालिम सम्पन्न भएको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कर्णाली प्रदेशको आयोजनामा इन्जिनिरिङ्ग डिजाइन तथा लागत अनुमान सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तालिममा कर्णाली प्रदेशका विभिन्न वन अधिकृत, भु तथा जलाधार ब्यवस्थापन अधिकृत, इन्जिनियर, रेन्जर लगाएतका वन प्राविधिकहरुको सहभागिता रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कर्णाली प्रदेशका निर्देशक रेणुका न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका ११ वटा वन डिभिजन कार्यालय र २ वटा भु तथा जलाधार ब्यवस्थापन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा लागत अनुमान तयार गर्ने, अटो क्याट सम्बन्धी ज्ञानसिप हस्तान्तरण गर्ने, सार्वजनिक खरिदका विषयमा सैद्धान्तिक र ब्यवहारिक ज्ञान प्रदान गर्ने, वायो इन्जिनिरिङ्गका विषयमा प्रशिक्षण गर्ने उद्देश्यका साथ वीरेन्द्रनगरको छेडामा अवलोकन भ्रमण गराइएको निर्देशक न्यौपानेले वताउनुभयो ।

तालिममा सहजकर्ताको रुपमा इन्जिनियर अशोक आर्चाय, उपसचिव इन्जिनियर यगेन्द्र धराला, प्रदेश वन निर्देशक शेरवहादुर श्रेष्ठ, भु तथा जलाधार ब्यवस्थापन अधिकृत शिखर चपाई लगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागि तथा सहजकर्र्ताको तर्फवाट अनुभव आदानप्रदान तथा तालिमको सिकाई प्रस्तुत गरिएको थियो ।

तालिम पश्चिात गर्नुपर्ने काम र प्रभावकारी जिम्मेवारी सम्बन्धी उद्योग, पर्यटन, वन तथा वावावरण मन्त्रालय कर्णाली प्रदेशका सचिव अजितकुमार कर्णले प्रशिक्षणमुलक मन्तब्य ब्यक्त गनुभएको थियो भने तालिमको समापन वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कर्णाली प्रदेशका निर्देशक रेणुका न्यौपानेले गर्नुभएको थियो ।
