विद्यालयको अध्यक्ष नरहेको सांसद परियारद्धारा जानकारी

हुम्ला, २३ मंसिर \ पुर्वमन्त्री एंव कर्णाली प्रदेशसभा सदस्य रणसिंह परियारले अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण प्रस्तावित माध्यमिक विद्यालय, कल्खे हुम्लाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी गराएका छन । मंगलवार विज्ञप्ती जारी गर्दै सांसद परियारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आफु नरहेको जानकारी दिएका हुन ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न आइतवार बसेको सर्वपक्षीय बैठकले सांसद परियारलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । सोमवार बसेको भर्चुअल बैठकमा समुदायले विश्वास गरेर सर्वसहमत निर्णय गरेपनि कार्य जिम्मेवारीको कारण देखाउँदै उक्त जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भनि समितिमा प्रस्ताव पेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन ।

समुदायले दिएको विश्वास, समर्थन र सरोकारवाला अभिभावकहरूको भूमिका प्रति कृतज्ञता व्यक्त गर्दै परियारले आफु अध्यक्ष नभएपनि विद्यालयको समग्र शैक्षिक विकासका लागि विद्यालय परिवार र कल्खेवासीको साथमा रहेर आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि जनाएका छन । “म हाल अध्यक्ष पदमा छैन भन्ने स्पष्ट जानकारी सबैलाई गराउन चाहन्छु, यसका वारेमा गलत सन्देश फैलाउने काम नहोस” परियारले भने ।

प्रकाशित मितिः 2025-12-09     9:13:24 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *