आलु खेती प्रविधि सम्बन्धी घुम्ती तालीम

 

सुर्खेत ११, चैत

कृषकहरूलाई आधुनिक कृषि प्रविधिबारे जानकारी गराउने उद्देश्यले आलु खेती प्रविधि सम्बन्धी बाली वस्तु विशेष घुम्ती स्थलगत तालिम संचालन गरिएको छ ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा गुराँस गाउँपालिका–४ तल्लो गुराँस दैलेखमा तालिम सञ्चालन गरिएको हो।

सृष्टि ताजा तरकारी उत्पादन कृषक समूहको समन्वयमा सञ्चालित तालिममा समूहका २० जना सदस्यहरूको सहभागिता रहेको कृषि प्राविधिक नयनसिंह कार्कीले जानकारी दिनुभयो।

तालिममा कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, वीरेन्द्रनगर सुर्खेतका प्रमुख डा. धर्मराज गिरि तथा कृषि विज्ञ बेदप्रसाद चौलागाईंले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियोे ।

सहभागी कृषकहरूलाई आलु खेतीको आधुनिक प्रविधि, उन्नत बीउ छनोट, रोग तथा कीरा व्यवस्थापन, मल प्रयोग विधि तथा उत्पादन वृद्धि गर्ने उपायबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उदेश्यले तालिम संचालन गरिएको कार्यालयले जनाएको छ ।

“आलु खेती सञ्चालनका क्रममा देखिएका समस्याको समाधान तथा नयाँ प्रविधिबारे तालिमबाट उपयोगी सिकाइ प्राप्त भएको समूहका अध्यक्ष टीका कुमारी आलेले बताउनुभयो।”

घुम्ती स्थलगत तालिममार्फत कृषकलाई खेतमै पुगेर सिकाइ प्रदान गरिँदा उत्पादन वृद्धि तथा आयआर्जनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः 2026-03-25     4:09:59 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *