गृहमन्त्री गुरुङले दिए राजीनामा

 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ ।

मन्त्री गुरुङले केहीबेरअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए ।

प्रकाशित मितिः 2026-04-22     9:12:30 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *