वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिको उद्घोषः सुकुम्बासी आमहड्तालमा ऐक्यबद्धता

काठमाडौं १९, वैशाख

.वित्तीय उत्पीडन विरुद्धको संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी वस्तीमा भइरहेको डोजर अभियान विरुद्ध सडक संघर्ष गर्ने जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वित्तीय संस्थाहरुको मारमा सबैभन्दा बढी सुकुम्बासी परेको बताएका छन् ।

संघर्ष समितिको घोषणा कार्यक्रममा संयोजक मातृका अधिकारीले अखिल नेपाल सुकुम्बासी संघले सरकारी डोजर विरुद्धको आमहड्ताल कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

आफूहरुले श्रमीक, किसान, साना तथा मध्यम व्यवसायी उत्पीडित नेपाली जनताको सझा आवाज र न्यायका लागि संघर्ष समिति भएको अधिकारीले जनाए । बालेन सरकार आउनेवित्तिकै गरिव र निम्न वर्गमाथि प्रहार तिब्र बनाएको बताउँदै भने,“सुम्बासी बस्तीमा डोजर लगाएर गरिबी उन्मुलन हैन कि सिधै गरिब जनतालाई सिद्याउने दिशामा गयो, जुन कदम हामीलाई सह्य छैन ।” “रास्वपाका धनाड्यहरुले गरिब तथा मध्यम वर्गलाई तानाशाहीतामार्फत सर्वहारा वर्गमा रुपान्तरण गरेर सामन्ती र निरङ्कुश चरित्र देखाउँदै छन्” अधिकारीले भने ।
सो कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सुकुम्बासीहरुको पक्षमा आफूहरुले गरेको आमहड्तालमा ऐक्याबद्धता जनाएकोमा समितिलाई धन्यवाद दिए ।

खड्काले वित्तीय उत्पीडनबाट सबैभन्दा बढी भूमिहिन, दलित तथा सुकुम्बासीहरु नै समस्याग्रत हुने गरेकोले पनि सबै एकजुट भएर संघर्षमा उत्रिनुपर्ने धारणा राखे ।

बालेन सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरेको डोजर अभियान ७७ वटै जिल्लामा सर्कुलर जारी गरेर ७० लाख सुकुम्बासीले एकैपटक आक्रोषित बनाएको जिकिर गरे ।

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्षसमेत रहेका खड्काले भने,“उपत्यकामा त आर्मि लगाएर हटायौ आब भ्याली बाहिर सबै एकैपटक प्रतिरोधमा उत्रेपछि थाहापाउँछन्, हाम्रो दम ।”

समितिका सचिव सूरेश चन्द्र घिमिरेले वित्तीय उत्पीडनमा परेका जनताका समस्या समयमै हल नगरिए धेरैले आत्महत्या गर्ने जस्तो गम्भीर अवस्थालाई सरकारले ख्याल गर्नुपर्ने बताए ।

घिमिरेले निजी बैंक, गरिबमारा लघुवित्त, वित्तीय संस्थाहरुको राष्ट्रियकरण गरिनुपर्ने, वित्तीय संस्थाहरुको मनपरी ब्याजदर तथा घरजग्गा लिलाम प्रक्रियलाई नियत्ररण गरिनुपर्ने माग गरेका छन् ।

सदस्यहरु चन्द्र गुरुङ र शिब महतले देशैभर भइरहेको सुकुम्बासी बस्तीमाथिको डोजर आतंक नरोके कडा प्रतिवादमा उत्रने चेतावनी दिए ।

प्रकाशित मितिः 2026-05-03     9:35:28 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *