सुर्खेतका बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण

सुर्खेत, १६ असार


सुर्खेत जिल्लामा बिक्री–वितरण हुने बीउबिजनको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्थित बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

सोमवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर, सुर्खेतद्धारा आयोजित बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा बीउबिजन ऐन तथा नियमावली, गुणस्तरीय बीउबिजनको उत्पादन, भण्डारण, बिक्री–वितरण, लेबलिङ, गुणस्तर परीक्षण, दर्ता तथा नवीकरण प्रक्रिया लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । साथै किसानसम्म प्रमाणित तथा गुणस्तरीय बीउबिजन पु¥याउन व्यवसायीहरूको भूमिका, जिम्मेवारी र कानुनी व्यवस्था सम्बन्धमा समेत विस्तृत छलफल गरिएको एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशका प्रमुख परशुराम रावतले जानकारी दिनुभयो ।

कार्यक्रमका वोल्दै प्रमुख अतिथि भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव संजीव कुमार कर्णले अभिमुखीकरण कार्यक्रमले बीउबिजन व्यवसायलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्नुका साथै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको वताउनुभयो ।

सहभागीहरूले बीउबिजनको गुणस्तर कायम राख्न आवश्यक मापदण्डको पालना गर्ने, किसानलाई सही सूचना उपलब्ध गराउने तथा बजारमा गुणस्तरीय बीउबिजनको सहज उपलब्धता सम्वन्धी छलफल गरिएको बाली विकास अधिकृत गगन बहादुर कठायतले जानकारी दिनुभयो ।

कार्यक्रम अन्त्यमा सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै गुणस्तरीय कृषि सामग्रीको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्लाका बीउबिजन व्यवसायी, एग्रोभेट संचालक, कृषि प्राविधिक तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः 2026-06-30     9:47:40 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *