जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली प्रदेश सरकारद्वारा राहत सामग्री पठाइयो

सुर्खेत ३१ साउन –
कर्णाली प्रदेश सरकारका तर्फवाट जाजरकोटका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि राहत सामग्री पठाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलवहादुर शाहीको निर्देशनमा जिल्ला विपद् व्यवस्थापन समिति, जाजरकोटमाफर्त प्रभावित नागरिकलाई वितरण गर्ने गरी आवश्यक राहत सामग्री पठाइएको हो । भेरी नगरपालिका–२ रिसाङलगायतका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको हो.।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले त्रिपाल १५० थान, टेन्ट २० थान, ब्ल्याङ्केट १५० थान, चामल ४ क्विन्टल, बीपी–५ पोषिलो बिस्कुट १०० प्याकेट, पी–फर्म २ रोल, कालो प्लास्टिक २ रोल र चिउरा ५० केजी पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कर्णाली प्रदेशका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।

प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको अस्थायी आवास तथा दैनिक आवश्यकतामा सहयोग पुग्ने गरी राहत सामग्री उपलब्ध गराएको जनाएको छ । विशेषगरी घर तथा आवासमा क्षति पुगेका परिवारलाई वर्षा र प्रतिकूल मौसमबाट जोगाउन त्रिपाल, टेन्ट, ब्ल्याङ्केटलगायतका सामग्री उपयोगी हुने अपेक्षा गरिएको सचिव विकले वताउनुभयो ।

प्रदेश सरकारवाट प्राप्त राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रभावित नागरिकको आवश्यकता र क्षतिको अवस्थाका आधारमा वितरण गरिनेछ ।

प्रकाशित मितिः 2026-08-16     2:53:59 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *