सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ, २७ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा …

विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री

काठमाडौँ, २३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका …

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, २३ असार / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले …

एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि नाम माग्यो

२३ असार, काठमाडौं । एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि नाम मागेको छ । केन्द्रीय समिति विस्तार गर्न पार्टीका प्रदेशका इन्चार्ज र सचिवहरुसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको हो । आइतबारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी बैठकले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय …

प्राकृतिक विपत्तिमा परी देशभर १४ जनाको मृत्यु

     असार २३, काठमाडौं । दुइदिनको मनसुनले देशभर १४ जनाको ज्यान गएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै देशभरमा १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन भने १९ जना घाइते छन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, …

राष्ट्रिय गीत लेखन प्रतियोगितामा क्षितिज समर्पण कर्णालीबाट उत्कृष्ट

१६ असार/ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही [क्षितिज समर्पण] कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले उनीसहित हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गर्दै आइतबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत समेत गरेको छ। …