एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि नाम माग्यो

२३ असार, काठमाडौं । एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि नाम मागेको छ । केन्द्रीय समिति विस्तार गर्न पार्टीका प्रदेशका इन्चार्ज र सचिवहरुसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको हो ।

आइतबारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्टीका नेता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी बैठकले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम दिन प्रदेश इन्चार्जहरुलाई आग्रह गरेको जानकारी दिए ।

उनले प्रदेशस्तरबाट नामहरु आएपछि त्यसलाई केन्द्रीय कमिटीले निर्णय गर्ने बताए । केन्द्रले दिएको जिम्मेवारी अन्तर्गत केही दिनभित्र प्रदेशका इन्चार्ज र सचिवहरुले आफ्नो काम सम्पन्न गर्ने खतिवडाले वताए । केन्द्रसँग परामर्श गर्नुहुनेछ । अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै हुनेछ’, उनले भने । नेता खतिवडाका अनुसार बढीमा १० दिनमा केन्द्रीय कमिटी सदस्यको टुंगो लाग्नेछ ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसालको नाम मात्र टुंगो लगाएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो ।

सोही म्याण्डेट अनुसार पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय सदस्यहरुलाई दिएको हो ।
एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

प्रकाशित मितिः 2024-07-07     2:58:20 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *