काठमाडौं । विश्वकप सुरु हुनु ६ दिन अघि अर्जेन्टिनालाई झड्का लागेको छ । उसका मिडफिल्डर म्यानुअल लान्जिनीले चोटका कारण विश्वकप गुमाएका छन् ।
ट्रेनिङका क्रममा २५ वर्षीय लान्जिनीको घुडाको लिगामेन्टमा समस्या देखिएको बीबीसीले जनाएको छ । वेष्टहृयामबाट व्यवसायिक फुटबल खेल्ने उनले पि्रमियर लिगमा २७ खेल खेलेर ५ गोल गरेका थिए ।
समूह डीमा रहेको अर्जेन्टिनाले १६ जुनमा आइसल्याण्डविरुद्ध खेलेर विश्वकप यात्रा थाल्नेछ । यो समूहमा क्रोएसिया र नाइजेरिया पनि छ ।