बजारमा आयो मार्सीधान


सुर्खेत २१ साउन । नेपाली बजारमा निकै चर्चा काउदै छ मार्सी धानले अहिले मार्शी धानको बारेमा गीत हरु बजारमा आउदै गर्दा अक्सिजन मिडिया प्रालिले पनि मार्सिधान नामक एल्बम बजारमा लिएर आएको छ । तीज गीत एल्बम लाइ तरेली संगीत कुञ्जको युटुब च्यानल बाट राखिएको छ ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।
नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।
कामना ओली र बिरेन्द्र खडकाको स्वर अनि बिरेन्द्र खडकाकै लय शब्द रहेको गीतलाई अक्सिजन मिडिया प्रालिले बजार ब्यबस्थापन गरेको छ मार्सी धान नामक एल्बम लाइ निकै चासोको रुपमा हेरिएको छ ।
मार्सी धान एल्बमको भिडियो निर्माणको क्रममा बिरेन्द्र ओलीको निर्देसन ,हरिस महराको छायांकन ,बाबु सेन्चुरीको कोरियोग्राफी र दिपक बिष्टको सम्पादन रहेको छ भने दृस्य निर्माण पनि अक्सिजन मिडियालेनै गरेको छ ।
मार्सी धान गीतको भिडियोमा संचिता शाहि ,बिरेन्द्र खड्का ,सफल पन्त ,निसा पुरी ,दिपक बिसी र संगीता पुन मगरको दमदार अभिनय रहेको छ ।
(साभार ः लेकाली खबर डटकम )

प्रकाशित मितिः 2018-08-06     6:30:59 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *