जाजरकोटमा टेलिफोनको असुविधा


जाजरकोट १ भाद्र – कुशे गाउपालिका ८, जिन्तालाकीे जयकु“वारा सिंहले टेलिफोनमा कुरा गर्न नपाएको एक महिना वितेछ । उनको मोबाइलमा घण्टी बज्न छाडेको त महिनौं भैसक्यो । सिंहले सल्यानमा बस्ने छोरा रमेशस“ग समेत टेलिफोन सम्पर्क गर्न पाएकी छैनन् । उनलाई छोरास“ग टेलिफोनमा कुरा गर्नका लागि डेड् घण्टा उकालो चढेर भाटकोट डा“डामा पुग्नु पर्ने वाध्यता छ । कुशे – ८, लाताचुली टावर विग्रीएको महिनौं वित्दा त्यस क्षेत्रमा फोन सम्पर्क गर्न कठिन भएको हो ।
बारेकोट गाउपालिका ५, साउवाडाकी पशुपति हमाललाई सउदीअरबमा बस्ने पति कृष्णबहादुरस“ग फोनमा कुरा गर्न नपाउदा छट्पटी भएको छ । उनले पति कृष्णस“ग कुरा गर्न नपाएको दुई महिना वित्यो । हमाललाई टेलिफोनमा पति कृष्णस“ग भलाकुसारी गर्न दुई घण्टा टाढा रहेको तलकोट डाडामा पुग्नु पर्ने वाध्यता छ । त्यस्तै सोही गाउपालिका २, लिम्साका भक्तबहादुर रोकाय पनि १ घण्टा टाढाको सुगरखाल डाडामा गएर फोन गर्छन् । उनी ब्यापार÷ब्यवशायका लागि सदरमुकाम खलंगा लगाएत स्थानमा सम्पर्क गर्न मोबाईल टावर समात्ने अग्लोमा डा“डामा चढेर फोन गर्ने गर्दछन् । विगत एक बर्षदेखि बारेकोटको रतनकोट लेकको टावर मर्मत नहुदा स्थानीय फोन सम्पर्क विहीन भएका हुन् । टेलिफोनको समस्या ब्यहोर्दै आएका यिनीहरु प्रतिनिधी उदाहरण मात्र हुन् । सिंह, हमाल र रोकाय जस्तै जाजरकोटका हजारौं स्थानीय बासिन्दालाई टेलिफोनको असुविधा भएको छ । जिल्लाका सबै भेक तथा क्षेत्रलाई कभरेज हुने गरी टेलिफोनका टावर नबन्दा र बनेका टावरको पनि नियमित मर्मतसंभार नहुदा स्थानीय बासिन्दालाई टेलिफोनको असुिवधा भएको हो ।
यहा“का ७ वटा स्थानीय तहमा बसोबास गर्ने मध्ये ७५ प्रतिशत स्थानीय बासिन्दा टेलिफोन सेवाको पहु“च बाहिर रहेको कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । कशे गाउपालिका र बारेकोट गाउपालिकाको फाट्फुट अग्लो ठाउ बाहेक अन्यमा मोबाईल सेवाको पहु“च नभएको उनले बताए । कुशेको टापुचौर, बाटुले, छेडा, खल्ला, चाल्ना, लाता, औलरिजा, जिन्ताला, खुर्पाखोला, दम्दाला, खुर्पा, अर्छानी, पा“चकाटीया, समाईला, नारे, समाकोट, घरंगा र बारेकोटका लिम्सा, नायकबाडा, सक्ला, काप्ती, लविस, जिरी, मुल्साम, स्या“ला, सेपुखोला, घाट, मैना, धौलाकोट लगाएत स्थानमा टेलिफोन तथा मोबाइल सेवाको पहु“च नभएको अध्यक्ष बस्नेतले बताए ।

यसैगरी मजकोट, दह, गर्खाकोट, थलहबजार, मनघाट, मोर्कबजार, बालुवाबजार, झाप्रा, स्यानाखोला, बडाबन, शिवालय, चौखाबजार, बानियागाउ, दम्का, रावतगाउ, तात्रघरंगा, गर्छीना लगाएत स्थानमा पनि फोनसेवा पहु“च छैन । दुर्गम गाउमा रहेका स्काई मोबाईल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क नआउने समस्याले स्थानीइ बासिन्दा आजित भएका छन् । फोन सेवा नहु“दा स्थानीय बासिन्दालाई मात्र समस्या छैन । गाउपालिका र नगरपालिकाले तोकेको केन्द्रबाट सरकारी सेवा समेत प्रवाह गर्न पाएका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहले टेलिफोन, इन्टरनेट, बैंक, विद्युत लगाएत सुविधा नभएको भन्दै सदरमुकामबाटै सेवा संचालन गर्दै आएका छन् । जस्का कारण दुर्गमका सेवाग्राहीले सेवा लिन सास्ती ब्यहोर्नु परेको छ ।
जिल्ला सदरमुकाम खलंगाबजार भित्रै टेलिफोन तथा मोवाइल सेवाको गतिलो पहु“च नभएको भेरी नगरपालिका ३ का वडा अध्यक्ष लिलाबहादुर शाहले बताए । ‘दुर्गम गाउका के कुरा गर्नु, खलंगा भित्रै गहिरो र कोल्टो ठाउमा मोबाइलले टावर पाउदैन,’ उनले भने । नेपाल टेलिकमको चरम लापरबाहीका कारण खलंगाबासीले समेत टेलिफोन तथा इन्टरनेटको भरपर्दो सेवा पाउन नसकेको अध्यक्ष शाहको भनाई छ । टेलिकमले नियमित रुपमा टावर र विटीएसहरुको मर्मत तथा संभार गर्ने, नया“ टावर निर्माण गर्ने, क्षमता विस्तार गर्ने, पावर अपडेट् गर्ने, लाईन सुधार गर्ने लगाएत कार्य नगर्दा फोन तथा इन्टरनेटको भरपर्दो सुविधा नभएको शाहले बताए । ‘टेलिकमको शाखा कार्यालय जाजरकोट विगत १ बर्षदेखि कार्यालय प्रमुख विहीन छ,’ उनले भने । कार्यालय प्रमुख नहु“दा टेलिफोन सेवाका लागि नितिगत निर्णय गर्ने, विटीएसको क्षमता थप गर्ने, मर्मत संभार लगाएत कार्य अलपत्र परेका हुन् । टेलिकमले जाजरकोट कार्यालयमा प्रमुखको जिम्मेवारी कसैलाई नतोकेर गैर जिम्मेवारीपुर्ण कार्य गरेको उनले बताए । जस्ले जिल्लामा दुरसंञ्चार सेवा प्रवाहमा वाधा पुगेको शाहले बताए ।

नलगाड नगरपालिका २ को गडी, बारेकोट गाउपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउपालिका ८ को ला“ताचुली, शिवालय गाउपालिका ५ को चिउ“दुवा र जुनीचा“दे २ स्थित भैरीलेकको नमस्ते मोवाईल टावर नबन्दा समस्या भएको छ । उक्त टावर निर्माणको लागि नेपाल टेलिकमले गत बर्षको अक्टोवरमा एक बर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एष्टर नेपाल प्रालिस“ग सम्झौता गरेको थियो । तर कम्पनीको लापरवाहीले टावर निर्माण अलपत्र परेका हुन् । टावर निर्माणका लागि आवश्यक सामाग्री सुर्खेतमा पुर्याएको कम्पनीका प्रोजेक्ट मेनेजर महेश चन्द्र पुजारीले बताए । बर्षात सकिए लगत्तै टावर निर्माण कार्य अघि बढ्ने मेनेजर पुजारीले बताए । आगामी दशैं अगाडि सम्म ३ वटा टावर निर्माण पुरा हुने उनले बताए । बारेकोट लगाएत स्थानमा छिटो भन्दा छिटो मोबाईल टावर निर्माणका लागि सम्बन्धित पक्षलाई ताकेता गरेको कर्णाली प्रदेश सभा सांसद गणेश प्रसाद सिंहले बताए । नेपाल टेलिकमको लापरवाहीले जनताले फोन समेत गर्न नपाएको उनले बताए । एस्टर नेपाल प्रालिले उक्त टावर निर्माणका लागि उपकरण ढुवानीको काम गरीरहेको नेपाल टेलिकम मोबाइल सेवा निर्देशक अनन्तमान सिंहले बताए । उनले जाजरकोटका विभिन्न स्थानमा रहेका स्काई मोबाइल टावरको सेवालाई समेत गुणस्तरीय बनाउने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, भदौ १, २०७५     1:16:09 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *