सुर्खेतमा १३ हजार नागरिकता वितरण


दिपेन्द्र शर्मा
सुर्खेत २ भाद्र / जिल्ला प्रसासन कार्यालय सुर्खेतवाट एक वर्षमा १२ हजार चार सय ३५ जनालाई नागरिकता वितरण गरिएको छ ।
आ.व २०७४÷०७५ मा जिल्ला प्रसासन कार्यालय सुर्खेतले १२ हजार चार सय ३५ जना नागरिकलाई नागरिकता वितरण गरेको हो ।
जिल्ला प्रसासन कार्यालय सुर्खेतका अनुसार सवै भन्दा वढि नयाँ नागरिकता लिनेको संख्या रहेको छ । जिल्ला प्रसासनवाट बंशजको आधारमा सात हजार सात सय ४७ , प्रतिलिपी नागरिकता चार हजार छ सय ८२ र बैवाहिक अंगीकृत नागरिकता ६ जनाले लिएको जिल्ला प्रसासन कार्यालय सुर्खेतका सुचना अधिकारी प्रशासकिय अधिकृत पदमलाल लामीछानेले जानकारी दिए । उनका अनुसार पुरानो नागरिकता कम्प्यूटर प्रविष्टी ४१ हजार पाँच सय ७४ रहेको छ ।

एक वर्षमा चार हजार राहदानी
सुर्खेत जिल्लावाट राहदानी वनाउन सिफरिस लिनेको पनि संख्या धेरै रहेको छ । जिल्लावाट सिफारिस भएर लिने राहदानी एक हजार आठ सय ६२ र द्रुत सेवावाट राहदानी लिने सिफारिस भएका दुइ हजार ७७ जना रहेको सुचना अधिकारी लामीछानेले वताए ।
जिल्ला वाट सिफारिस लिएमा र पाँच हजार ,द्रुत सेवावाट सिफारिस लिएकाले एक दिनमा राहदानी लिएमा रु १५ हजार, दुइ दिनमा लिएमा रु १२ हजार र तिन दिनमा लिन चाहेमा रु १० हजार रकम लाग्ने भएकोले प्राय धेरैले द्रुत सेवावाट सिफारिस लिनेगरेको लामिछानेले वताए । त्यसै गरि कार्यालयले आ.व २०७४÷०७५ मा चार हजार एक सय २३ विभिन्न सिफारिस गरेको उनको भनाइ छ ।
एक करोड एक लाख राजस्व संकलन
गएको आर्थिक बर्ष २०७४÷७५ मा एक करोड एक लाख ११ हजार नौ सय ७७ रुपैयाँ राजस्व सकंलन भएको जिल्ला प्रसान कार्यालय सुर्खेतले जनाएको छ ।
राहदानी शुल्क ,दण्ड जरिबाना, अबैध हातहतियार खरखजना ,संस्था दर्ता तथा नविकरण लगाएतको कार्यवाट एक करोड वढि राजस्व संकलन भएको सुचना अधिकारी लामीछानेले जानकारी दिए ।
नौ करोड राहत वितरण
जिल्ला प्रसासन कार्यालय सुर्खेतले आर्थिक बर्ष २०७४÷७५ मा रु नौ करोड राहत वितरण गरेको छ ।
विभिन्न समयमा विभिन्न राहत वापत कार्यालयले आठ करोड ८९ लाख १४ हजार पाँच सय ९४ रुपैयाँको राहत वितरण गरेको हो ।
कार्यालयले बैदेशिक रोजगार क्षतिपुर्ती वापत रु ६० लाख ७० हजार आठ सय ९४ ,दैवि प्रकोप राहत १७ लाख चार हजार पाँच सय,सवारी दुर्घटनावाट पिडितलाई राहत २० लाख ७५ हजार राहत वितरण गरिएको सुचना अधिकारी लामीछानेले जानकारी दिए ।
त्यस्तै द्धण्दपिडितलाई रु सात करोड ९० लाख ६४ हजार दुइ सय वितरण गरिएको छ । जसमध्ये मृतकका हकदार लाई रु एक करोड ९१ लख ५० हजार,वेपत्ताका हकदारलाई रु ३५ लाख, टुहुरालाई राहत रु सात लाख ३३ हजार तिन सय, अपाङ्गलाई रु ११ लाख ९० हजार चार सय र विस्थापितलाई रु पाँच करोड ४४ लाख ९० हजार पाँच सय राहत वितरण गरिएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ ३, २०७५     2:16:44 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *