मुख्यमन्त्रीको चरित्रहत्या गर्न प्रायोजित समाचारको सहारा


जेठ २३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई वेलावखत भ्रष्ट्राचारिको आरोप लाग्छ । पछिल्लो वेला रारा कर्णाली पर्यटन वर्ष उद्घाटन कार्यक्रममा ७८ लाख भ्रष्टाचार गरेको भनि सामाजिक संजालमा एकप्रकारको हुईया नै मच्चाईएको छ । मुख्यमन्त्रीले आफुले गरेको भ्रष्ट्राचार लुकाउन भ्रष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई गिरफतार गराएको आरोप लगाउन पनि पछि परेनन ।
आखिर वास्तविकता के हो त ? मुख्यमन्त्रीको भ्रष्ट्राचार विरुद्धको प्रतिवद्धता के छ ? किन मुख्यमन्त्रीमाथि भ्रष्ट्राचारको आरोप लगाईन्छ ? सर्वसाधारणमा जिज्ञासा पैदा हुनु स्वभाविकै छ । मुख्यमन्त्रीलाई लागेका आरोपका सन्दर्भमा हामीले केही तथ्य केलाउन खोजेका छौं ।

सुशासन कायम गर्न के गरे मुख्यमन्त्रीले ?
भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्वन गरेका शाहीले मुख्यमन्त्रीमा वहाल भएदेखि नै आफनो सचिवालय, मन्त्रालय र मातहतका निकायको प्रशासनिक खर्च कम गर्न पहल गरे ।
्मुख्यमन्त्री तथा मन्त्रिपरिषदका पदाधिकारी, प्रदेश सभाका पदाधिकारी तथा स्थानीय तहका पदाधिकारीको सेवा सुविधालाई कर्णालीको प्रदेशको आर्थिक अवस्था अनुकुलको वनाउन उनले निकै कोशिस गरे । चौतर्फी विरोधका वावजुद पनि मुख्यमन्त्री शाहीले केन्द्रवाट प्रस्तावित मस्यौदा उल्लेखित अंक भन्दा घटाएर सेवा सुविधा सम्वन्धि विधेयक संसदमा पेश गरि पारित गराए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सुशासन कायम गर्ने उद्धेश्यले शुरु आफैवाट गर्नुपर्छ भन्ने ध्येय राखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद सदस्यहरुको खर्चविवरण वेवसाईटवाट सार्वजनिक गर्ने व्यवस्था समेत मिलाए । त्यसैगरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री हटलाईन सेवाको संचालन गराएर सुशासन कायम गर्ने, जनताका गुणासालाई प्रत्यक्ष सम्वोधन गर्ने प्रयास मुख्यमन्त्री शाहीवाट भैरहेको छ ।
उनी सरकारका हरेक निकायलाई कर्णालीका जनताको चित्र अगाडि राखेर काम गर्न निर्देशन गरिरहन्छन । मुख्यमन्त्री स्वयंले भ्रष्ट्राचार विरुद्ध सार्वजनिक प्रतिवद्धता दोहोरयाउदै समेत आईरहेका छन ।

रारा काण्ड के हो ?
गत वर्ष वैशाख १ गते प्रधामन्त्री केपी शर्मा ओलीलाई रारातालमा वोलाएर रारा कर्णाली पर्यटन वर्ष–२०७५को उद्घाटन गरियो । सिंगो मुलुक र कार्यकारी प्रमुखको ध्यान कर्णालीमा तानेर विकास र समृद्धिको यात्रालाई सहज गराउने उद्धेश्य प्रदेश सरकारको देखिन्छ ।
प्रदेशको आर्थिक अवस्थालाई ख्याल गरेर पर्यटन वर्ष उद्घाटनका लागि पनि थोरै भन्दा थोरै खर्च गर्ने उद्धेश्य सरकारको थियो । त्यही भएर नै सरकारले खर्चको अनुमान तथा विनियोजन थोरै गर्यो । तर पर्यटन वर्षको उद्घाटन, राराको छेउमा प्रदेश सरकारको पहिलो कार्यक्रम भएर पनि स्वभाविक रुपमा कार्यक्रमको व्यवस्थापन र सहभागिता भव्य भयो ।
कार्यक्रमको खर्च पनि पुर्वानुमान भन्दा वढेर गयो । कार्यक्रम व्यवस्थापन, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, स्थानीय देखि केन्द्रसम्मका पत्रकार, राजनीतिक दलका नेता, सुरक्षाकर्मी लगायतको आवास, खाना तथा यातायातको व्यवस्थापन, प्रधानमन्त्री र उनको टोलीको स्वागत सत्कार तथा खानाको व्यवस्थापन लगायतले गर्दा सरकारले गरेको पुर्व अनुमान भन्दा खर्च वढेको देखिन्छ । पर्यटन वर्ष उदघाटनको जम्मा खर्च ७८ लाख पुगेको छ ।
यसमा पनि मुख्यमन्त्रीले मात्रै ७८ लाख खाए भने जसरी प्रचार गरिएको छ । मुख्यमन्त्री कार्यालयको भुमिका नीति निर्माण र अनुगमणको हुन्छ । कुनै पनि कार्यक्रम कार्यान्वयन तथा खर्च भुक्तानी मुख्यमन्त्री कार्यालयवाट हुदैन । रारा पर्यटन वर्षको खर्च तथा भुक्तानी पनि सम्वन्धित मन्त्रालयवाट भएको र यसमा मुख्यमन्त्री तथा मुख्यमन्त्रीको सचिवालयको कुनै पनि हात नरहेको प्रमुख स्वकीय सचिव खेमवहादुर सिंह वताउछन ।

किन लाग्छ आरोप मुख्यमन्त्रीलाई ?
प्रष्ट र सिधा वोल्ने, कानुनले गर्न नमिल्ने काममा दवाव नदिने, हक्की स्वभावका मुख्यमन्त्री शाहीसंग स्वार्थका गुण्टा वोकेर विभिन्न समुह आईरहन्छन । कहिले यो गर्न आवश्यक छ, कहिले त्यो गर्न आवश्यक छ, कहिले यसो गर्दा राम्रो हुन्छ भनेर मुख्यमन्त्रीलाई फेवरमा लिन खोज्नेहरुको उद्धेश्य मुख्यमन्त्रीवाट पुरा गराउनु फलामको च्युरा चपाउनु जस्तै हुनेगर्छ ।
स्वार्थ पुरा नहुँदा तिनै समुहहरुले मुख्यमन्त्रीको चरित्रहत्या गर्न प्रायोजित समाचारको सहारा लिने गरेको उनका स्वकीय सचिव खेमवहादुर सिंह वताउछन । मुख्यमन्त्रीको नजिक रहेर वा मुख्मन्त्रीको संरक्षण लिएर व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्ने समुहले आफनो स्वार्थ पुरा नहुँदा अन्ततः मुख्यमन्त्रीको चरित्रहत्या गर्ने, भ्रष्ट्राचारिको आरोप लगाउने गरेको सिंहको वुझाई छ ।
लडाकु कमाण्डरको विराशत वोकेर युवा अवस्थामै राजनीतिमा महत्वपुर्ण सफलता हाँशील गरेका शाहीको राजनीतिक लक्ष्य महत्वकाँक्षी देखिन्छ । मुख्यमन्त्री शाही स्वार्थी समुहको घेरामा फसेर आफनो उज्यालो राजनीतिक भविश्य चौपट पार्न चाहदैनन । उनको राजनीतिक भविश्यको उचाई आँकलन गर्दै डाहा गरिरहेको समुह पनि उनका विरुद्ध भ्रमको खेति गर्न, विवादित गराउन र असफल वनाउन सक्रिय देखिन्छ । यिनै स्वार्थहरुको परिणाम मसला सहित मिडियामा आएका भ्रष्ट्राचारी, गफाडी र असक्षम जस्ता विशेषणले भरिएका समाचार पढ्न मुख्यमन्त्री वाध्य हुनुपरेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६     10:55:30 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *