सुर्खेतमा मनाइयो ३९ औ विश्व खाद्य दिवस


सुर्खेत २९ असोज / कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ३९ औ विश्व खाद्य दिवस मनाइएको छ । सुर्खेत वीरेन्द्रनगरका फरक क्षमता भएका व्यक्तिहरूसंग कार्यक्रम सञ्चालन गरि दिवस मनाइएको हो ।
कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले (अक्टोवर १६) को अवरसमा आश्विन २९ गते ३९ औं विश्व खाद्य दिवस कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
दिवस कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी, कर्णाली प्रदेशका प्रमुख सचिव केवल प्रसाद भण्डारी, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकाया लगायतका महानुभावहरूबाट फरक क्षमता भएका व्यक्तिहरूसंग फरक तरिकाको कार्यक्रम सञ्चालन गरिएकोमा मन्त्रालयलाई धन्यवाद दिदै कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव श्री राजेन्द्र प्रसाद भारीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डा टंक प्रसाइले स्वागत तथा योजना महाशाखाका प्रमुख हरिप्रसाद पण्डितले कर्णाली प्रदेशमा खाद्य सुरक्षाको विद्यमान अवस्था, चुनौती र भावी कार्यदिशा बिषयक संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मन्त्रालयका कृषि प्रसार अधिकृत धन बहादुर कठायतले गर्नु भएको थियो ।

व्यावसायिक च्याउ खेती गर्न वजेट
वीरेन्द्रनगरमा फरक क्षमता भएका व्यक्तिहरूसंग बसेर सहभागितात्मक योजना तर्जुमा प्रकृयालाइ अवलम्बन गर्दै उनीहरूकै चाहना, आबश्यकता र रोजाइका आधारमा कार्यक्रम संचालन गर्न सहयोग गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।

कार्यक्रम संचालन गर्न लागत सहभागितामा व्यावसायिक च्याउ खेती परियोजना छनौट गरी सञ्चालन गर्ने निर्णय गरिएको केसीले वताउनुभयो । वीरेन्दनगर नगरपालिका वडा नं ९ पर्सेनीमा रहेका सुर्खेत अपांग समाजका सदस्यहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गर्न सम्झौता गरिएको सचिव राजेन्द्रप्रासद भारीले वताउनुभयो ।

कार्यक्रममा मन्त्रालय र समाज विच भएको सम्झौता पत्रअनुसार मन्त्रालयबाट रू तीन लाख र अपांग समाजबाट २४ हजार गरि तिन लाख ५४ हजार रकमको व्यावसायिक च्याउ खेती परियोजना सञ्चालन गर्ने गरी तयार पारिएको सचिव भारीले जानकारी दिनुभयो ।
वीरेन्दनगर नगरपालिका वडा नं ९ पर्सेनीमा सुर्खेत अपांग समाजले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न किसिमका फरक क्षमता भएका वर्गहरूलाइ छनौट गरी आय आर्जनका लागि व्यावसायिक च्याउ खेती कार्यक्रम सञ्चालन गर्ने र यस कार्यक्रममा समुदायका १० जना अपांगहरू मार्फत ६५ जना लाभान्वित हुने गरी सम्झौतापत्र तयार पारिएको सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी र समाजका अध्यक्ष मायाप्रसाद जैसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
मन्त्रालयले सुर्खेतका फरक क्षमता भएका व्यक्तिहरूको वस्तीमा पुगेर ×हाम्रो पहल ः स्वस्थ आहार, भोकमुक्त संसार भन्ने नारा सहित ३९ औं विश्व खाद्य दिवस कार्यक्रम आयोजना गरि भब्यरुपमा मनाइएको थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १, २०७६     11:41:37 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *