जन्मदिनमा सांसद खड्काद्धारा आश्रमलाई सहयोग


सुर्खेत २२ पौष/कर्णाली प्रदेशसभा सदस्य पदमा खड्काले वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेकी छन् । प्रदेशसभा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार आश्रमलाई आवश्यक खाद्यनन् सहयोग गरेकी हुन । खड्काले चामल दाल, पिठोलगायत आश्रमलाई आवश्यक समानहरु गरेर ८ हजार बराबरको समान सहयोग गरेकी हुुन ।
प्रदेशसभा सदस्य खड्को आश्रम संचालनका लागि आफुले सानो भएपनि सहयोग गरेको बताइन । उनले बेसाहार, अविभावकबिहिन सडक मावनलाई आश्रमसम्म ःल्याउन र सडक मानवमुक्त गराउन सबैले सहयोगको आवश्यक रहेको बताइन । प्रदेश सरकारले पनि प्रदेशलाई नै सडक मानवरहित गराउने अभियानमा लागेको उल्लेख गर्दै यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन ।
आश्रमका जिल्ला संयोजक संजिता गौतमले सबैको सहयोगले आश्रम संचालन गर्न सफल भएको बताइन । उनका अनुसार मानव सेवा आश्रममा हाल ३९ जनाले आश्रय लिइरहेका छन । हालसम्म २६ जनालाई परिवारसंग पुर्नस्थापना गरेको छ । उनले खानबस्नको समस्याले कोही पनि सडकमा बस्न नपर्ने बताउँदै बेसाहारा सडक मानव कोही छन् भने आश्रमसम्म ल्याउन सहयोग गरिदिन पनि आग्रह गरिन । उनले प्रदेश सरकारले सडक मावनरहित प्रदेश बनाउने अभियानमा आफुहरुले पनि लागेको बताइन ।

प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६     5:24:04 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *