कर्णालीमा थपिए ४९ जना कोरोना संक्रमित


गणेश शर्मा

सुर्खेत २९, भदौ / कर्णालीमा प्रदेशमा सोमवार थप ४९ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार आठ सय ३५ पुगेको छ । उनीहरूको स्वाब सुर्खेत,दैलेख र जाजरकोटबाट संकलन गरिएको थियो ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ३९ जना, दैलेख ६ जना, जाजरकोटका २ जना र कालिकोटका १ जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख वृषवहादुर शाहीले जानकारी दिनुभयो । सुर्खेतमा मात्र ३९ जनामा संक्रमण देखिएको छ । वीरेन्द्रनगर नगरपालिकामा २२ जना, सिम्ता गाँउपालिकामा ९ जना, भेरीगंगा नगरपालिकामा ३ जना, गुर्भाकोट नगरपालीकामा ३ जना, चिंगाड गाँउपालिका र वराहताल गाँउपालिकामा १÷ १ जना रहेका छन ।
कर्णालीमा २६ जनाले कोरोना जिते
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर २६ जना डिस्चार्ज भएका छन ।
पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट १३ जना, वीरेन्द्रनगर होमआइसोलेशन सुर्खेतवाट १ जना, सल्यान क्याम्पस आइसोलेशन सेन्टर सल्यानवाट ८ जना, त्रिवेणी होमआइसोलेशन सेन्टर रुकुम पश्चिमवाट १ जना,दैलेख अस्पातल÷नारायण आइसोलेशन सेन्टर दैलेखवाट २ जना र दुल्लु अस्पताल दैलेखवाट १ जना रहेका छन ।
यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार पाँच सय ३१ जना पुगेको छ । मन्त्रालयका अनुसार कर्णालीमा संक्रिय विरामीको संख्या दुइ सय ९८ जना रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ २९, २०७७     12:07:10 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *