सुर्खेत २२, पौष / कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेश सरकारले संचालन गरेका आयोजनाहरुको अनुगमनका गर्ने भएको छ ।
चालु आवमा कर्णाली प्रदेश सरकारद्धारा संचालीत आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमनका लागी संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो ।
प्रदेश सरकारले संचालन र कार्यान्वयन गरिरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमनका लागी विषयगत मन्त्रालयको सहभागीतामा अनुगमन संयन्त्र गठन गर्ने भएको हो ।
योजना आयोगका पदाधिकारीको नेतृत्वमा विषयगत मन्त्रालयका कम्तीमा अधिकृतस्तरका प्रतिनिधि सहितको अनुगमन संयन्त्र गठन गरेर सरकारका हरेक आयोजनाको अनुगमन गरिने योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकायाले जानकारी दिनुभयो । रोकायाका अनुसार अनुगमन टोलीले अनुगमनका क्रममा आयोजना तथा कार्यक्रममा देखिएका समस्या तथा समधानका उपायका वारेमा प्रदेश सरकारलाई प्रतिवेदन दिनेछ । त्यसका आधारमा सरकारलाई थप योजना निमार्ण तथा कार्यान्वयनमा सहयोग पुग्ने डाक्टर रोकायाले विश्वास ब्यक्त गर्नुभयो ।
प्रदेश योजना आयोगले कर्णाली सरकारका विषयगत मन्त्रालयका सचिवहरुसंग बैठक गरि प्रदेश भित्र संञ्चालन हुने आयोजनाहरुको अध्यावधिक विवरण प्रदेश आयोजना बैंकको लागी १० दिन भित्र उपलब्ध गराउने निर्णय गरेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्काले जानकारी दिनुभयो । आयोगले कर्णाली प्रदेशका स्थानीय तहसंग पनि योजना तथा कार्यक्रमका वारेमा छलफल तथा अन्तरक्रिया गरेर सुझाव तथा सल्लाह लिइरहेको उपाध्यक्ष खड्काले वताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाको सुझाव लिने काम भैइरहेको उपाध्यक्ष खड्काले वताउनुभयो । आयोगले वैज्ञानिक निती तथा योजना निमार्ण गर्न विभिन्न सरोकारवाला पक्षहरुसंग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।