कर्णाली प्रदेश सरकारको एक वर्ष ः २१ किलोमिटर सडक कालोपत्र


दीपेन्द्र शर्मा
सुर्खेत १३,साउन / कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ । आ.व २०७७÷०७८ को वार्षिक प्रगतीको समिक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको हो ।
एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र सात सय ५८ दशमलव दुइ किलोमिटर नयाँ सडक वनाएको छ । त्यस्तै प्रदेश सरकारले कर्णालीमा ११ वटा झोलुङ्गे पुल र ७ वटा सडक पुल निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
ऊर्जा तथा विद्युतीकरणबाट कर्णालीका तिन हजार पाँच सय ४० घरधुरीमा विद्युत सुविधा विस्तार गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले जानकारी दिनुभयो । मन्त्री नेपालीका अनुसार जनता आवास कार्यक्रम अन्तरगत दलित विपन्न समुदायका सात सय ६७ घर निर्माण कार्य पुरा भएको छ ।
दुइ हजार एक सय ४५ हेक्टर जमिनमा थप सिंचाइ
कर्णाली प्रदेश सरकारले दुइ हजार एक सय ४५ हेक्टर जमिनमा थप सिंचाइ सुविधा उपलब्ध गराएकोछ भने पाँच हजार सात सय १० थप घरधुरीमा स्वस्छ खानेपानी सुविधा उपलब्ध गराइएको प्रवक्ता नेपालीले वताउनुभयो । त्यस्तै सरकारले नदि नियन्त्रणका लागी १८ दशमलव ७७ किलोमिटर तटबन्धन निमार्ण गरेर एक सय ८० हेक्टर थप जमिन उकास भएको छ । विभिन्न कार्यक्रम अन्तरगत बिभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, बिद्यालय भवन निर्माण लगायतका पूर्वाधार निर्माणका कार्यहरु सम्पन्न भएको प्रगतीमा उल्लेख गरिएको छ ।
प्रदेशसभामा ५१ वटा विधेयक दर्ता
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशसभामा ५१ वटा विधेयक हरु दर्ता भएको मन्त्री नेपालीले जानकारी दिनुभयो । मन्त्री नेपालीका अनुसार ३६ वटा विधेयकहरु प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका छन । छ वटा विधेयक सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाएको तथा सात वटा विधेयक प्रदेश सभामा दर्ता भई टेवुल हुन बाँकी रहेका छन । नौ सय १३ वटा बिभिन्न ऐन, नियम र कार्यबिधिहरु सैदान्तिक सहमति र राय प्रदान गरी अनुमोदन पछि राजपत्रमा प्रकाशन गरिएको छ ।
कोभिड कोषको ब्यवस्था ः चार हजार महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित
सरकारले कोभिड (१९ नियन्त्रण प्रतिकार्यको लागि संयन्त्र, पूर्वाधार एवं बजेट ब्यवस्था(कोभिड कोष) को ब्यवस्था गरेको छ ।
त्यस्तै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको लागि प्रोत्साहन तथा चार हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएकोछ ।
प्रदेश सरकारको उच्च प्राथमिकताका साथ कोभिड (१९ प्रतिकार्य व्यवस्थापन गरिएको छ । उक्त कार्यक्रमबाट आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होलिडङ सेन्टर एवं रणनैतिक अस्पताल निर्माण लगायत स्वास्थ्य पूर्वाधार विकासमा टेवा पुगेको छ । स्वास्थ्यका लागी जनशक्तिको करार सेवामा व्यवस्थापन गरेर महामारीको अवस्थामा समेत नियमित स्वास्थ्य सेवालाई सुचारु गरिएको मन्त्री नेपाली जानकारी दिनुभयो ।
प्रदेश अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना, अक्सिजन पाइपलाईन विस्तार,टेलिमेडिसिन सेवा सुचारू, विशेषज्ञ, चिकित्सक लगायत स्वास्थ्यकर्मीको करार ब्यवस्था गरिएको उहाँको भनाई छ । प्रदेश सरकारले फिरन्ते जिवन विताइरहेका राउटेसमुदायको लागी मूलप्रवाहीकरण नीतिको मस्यौदा तयारी शुरु गरेको छ ।

प्रकाशित मितिः 2021-07-28     10:01:54 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *