फेवातालमा फोटो पत्रकारिताको प्रयोगात्मक अभ्यास


 दिपेन्द्र शर्मा
सुर्खेत १२ असार / पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीहरुलाइ पोखराको फेवातालको विचमा फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि पोखरा पुगेका पत्रकार विद्यार्थीहरुलाइ फोटो पत्रकारिता सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइको हो ।
मध्यपश्चिम विश्वविद्यालयका पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीको अध्ययन समुह सुर्खेतबाट गण्डकी प्रदेशको पोखरा पुगेको थियो । फरक ठाँउ र फरक परिवेश अनुसार विद्यार्थीहरुलाइ पत्रकारिता अन्तरगतको फोटो पत्रकारिता विधा सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको पत्रकारिता र आमसञ्चारका उपप्रध्यापक त्रिभुवन विसीले जानकारी दिनुभयो । प्रयोगात्मक अभ्यासमा फोटो कसरी खिच्ने,क्यामराको लेन्सलाइ कसरी मिलाउने, स्तरिय फोटो कसरी खिच्ने, फोटो तथा क्यामरा सम्बन्धी विभिन्न विषयमा प्रशिक्षणमुलक अभ्यास गराइएको उपप्रध्यापक विसीले वताउनुभयो ।

कास्की जिल्लाकोे पोखरामा रहेको पर्यटकिय ठाँउ फेवातालको बीचमा रहेको तालबराही मन्दिर नजिकै अभ्यास गरिएको थियो । डुङ्गाको सयर गर्दै फेवातालको भ्रमण गर्ने अवसर मिल्यो । माछापुच्छेको छायाँ देखिनेगरी फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा फोटो पत्रकारिताका बारेमा उप–प्राध्यापकद्वय त्रिभुवन बिसी र भानुभक्त अधिकारीले सहभागी सबै विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउनु भएको पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत प्रेमप्रकाश खड्काले वताउनुभयो । प्रत्यक्षरुपमा फिल्डमा गरिने प्रयोगात्मक अभ्यासले धेरैकुराको ज्ञान हासिल भएको खड्काले वताउनुभयो ।


फेवातालको विचमा गरिएको प्रयोगात्मक अभ्यासमा मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख उप–प्राध्यापक खगेन्द्रप्रसाद अधिकारी, उप–प्राध्यापक भानुभक्त अधिकारी र उप–प्राध्यापक त्रिभुवन बिसीको उपस्थिती रहेको थियो ।

त्यस्तै प्रयोगात्मक अभ्यासमा पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत दिपेन्द्र शर्मा,वीरेन्द्रबहादुर केसी, प्रेमप्रकाश खड्का, चिरन्जीवी गैरे र दिलिपकुमार शाही लगाएको सहभागिता रहेको थियो ।
फेवातालको बीचमा रहेको तालबराही मन्दिरको दर्शन तथा डुङ्गाको सयर गर्दै फेवातालको चारै तर्फको फोटो खिच्ने तथा क्यामरा सम्बन्धी ज्ञान हासिल गरेको सहभागी पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत दिलिकुमार शाहीले वताउनुभयो । पढ्ने र पढाउने संगै भएर प्रयोगात्मक अभ्यास गरिएकोले यसवाट धेरै कुरा सिक्ने अवसर मिलेको शाहीको भनाइ छ । पोखरा आफैमा पर्यटन विकासका हिसावले धेरैको रोजाइको ठाँउ भएकोले यहाँ गरिएको प्रयोगात्मक अभ्यास कोशेढुङगा साबित हुने विश्वास ब्यक्त गरिएको छ । विश्वविद्यालयमा हुने विभिन्न प्रयोगात्मक अभ्यासलाइ शैक्षिक भ्रमणको माध्यामबाट यसरी फिल्ड कार्य गर्दा धेरै प्रभावकारी सिकाइ हुने सहभागिहरुको भनाइ छ ।

प्रकाशित मितिः मङ्लबार, असार १२, २०८०     5:52:36 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *