मप विश्वविद्यालयद्धारा भूकम्प पीडितहरुलाइ राहत सहयोग


२० कात्तिक सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । विश्वविद्यालयले जाजरकोट र रुकुम पश्चिमका भुकुम्प प्रभावितका लागि रु १२ लाख बराबरको राहत सहयोग गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जा, जलस्रोत तथा सिचाँइमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेशका आर्थिक मामिला योजनामन्त्री बेदराज सिंह, आन्तरिक मामिला तथा कानुनमनत्री कृष्णवहादुर जिसी र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितहरुका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । बाँकी रु दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायतका जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।


त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई रु पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट संकलित रु।तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायतका आधारभूत सामग्री पुर्व अर्थ तथा गृहमन्त्री जनार्दन शर्माको रोहवरमा हस्तान्तरण सहयोग गरिएको छ ।


मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर संकलन गरिएको रकमबाट भूकम्प प्रभावितहरुलाई राहत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । उपकुलपति प्राडा सिंहले भन्नुभयो, “जब जब हृदयविदारक अवस्थाहरु आउँछन तब मध्यपश्चिम विश्वविद्यालय जनताको साथमा थियो, छ र हुनेछ । कोभिड–१९ को महामारीको बेला पनि विश्वविद्यालयले आफ्नो सक्रिय भूमिका निर्वाह गरेको थियो ।” उहाँले यो संकटको समयमा भूकम्प पीडितहरुलाई सहयोगी हात फिजाउन अनुरोध गर्नुभएको छ ।


मध्यपश्चिम बिश्वबिद्धालयका उपकुलपति प्राडा नन्दबहादुर सिह, रजिस्ट्रार प्राडा नारायण प्रसाद पौडेल, सेवा आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न संकायका डिनहरु, प्रीन्सिपल जसविर रोका लगाएतको टिम राहत हस्तान्तरण गर्न जाजरकोट तथा रुकुमु पश्चिम पुगेको उपकुलपतिका स्कीय सचिव डिल्लीवहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मितिः बुधबार, मंसिर ६, २०८०     3:46:45 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *