काठमाडौं १ माघ / काठमाण्डौको टुँडिखेलमा आयोजित माघी मेलाको भिडभाडमा च्यापिएर १६ जना घाइते भएका छन । टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा धेरै भिडभाड भएकाले त्यहाँ पुगेका मानिसहरू च्यापिएका हुन ।
अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भीडभाड बढेको थियो ।
प्रहरीले यसक्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको थियो । भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुंगेलले बताए ।
भिडभाडमा च्यापिएर घाइते भएकाहरुको विवरण
१) जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने) ।
२) जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने) ।
३) जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं ५ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।
४) जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल््न सक्ने) ।
५) जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं १ घर भई हाल काठमाण्डौ जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।
६) जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं ४ घर भई हाल काठमाण्डौ जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।
७) जिल्ला कैलाली भजनिया नगपालिका वडा नं ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।
८) जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं ३ घर भई हाल काठमाण्डौ जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने) ।
९) जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं २२ बस्ने वर्ष ४० की मिना थापा (वेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।
१०) जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाण्डौ जिल्ला सितापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।
११) जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाया खुट्टामा चोट बोल्न सक्ने) ।
१२) जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं १४ घर भई हाल का.जि.लैनचौर बस्ने बर्ष २५ की निशा राना थापा दुबै खुट्टामा सामन्य चोट बोल्न सक्ने ।
१३) जिल्ला संखुवाशभा म्यादी नगरपालिका ०४ घर भई का.जि. मनमैजु बस्ने बर्ष २२ की निर्मला श्रेष्ठ निधार,बाँया कुम र दुबै खुट्टामा चोट बोल्न सक्ने ।
१४) जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं २२ पाटन बस्ने बर्ष २७ की रश्मी नेपाल बाँया गालामा चोट अबस्था बोल्न सक्ने ।
१५) जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं ८ घर भई हाल का.जि. चौमती बस्ने बर्ष ११ की युनिका बराल सामान्य ।
१६) जिल्ला उदयपुर रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने बर्ष १४ की करिश्मा मगर अनुहार र ढाडमा चोट बोल्न सक्ने ।