जैविक विषाधी निमार्णको लागि कृषकलाई सामाग्री हस्तान्तरण


दिपेन्द्र शर्मा
सुर्खेत २६ फागुन /वीरेन्द्रनगरका कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागि आवश्यक सामाग्री सहयोग गरिएको छ । एकिकृत कृषि प्रयोगशाला सुर्खेतले वीरेन्द्रनगर १ सृजना टोल सुर्खेतको सृजना कृषि तथा पशुपालन कृषक समूहमा आवद्ध कृषकहरुलाई जैविक तथा वानस्पतिक विषाधी निमार्णको लागी आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।

कृषकलाई जैविक विषादी बनाउनका लागि आवश्यक ड्रम, वानस्पतिक विषाधी, निमको तेल, इएम, जैविक विषाधी वनाउने सामाग्री, हजारी, भेली, किरा नियन्त्रणको लागि प्रयोग गरिने पासो लगाएतका सामाग्री हस्तान्तरण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख पर्शुराम रावतले जानकारी दिनुभयो । प्रमुख रावतका अनुसार २५ जना कृषकलाई जैविक विषाधी निमार्ण गर्ने सामाग्री हस्तान्तरण गरेर वनाउने तरिका पनि सिकाइएको छ ।


विषाधी वनाउने सामाग्री वुझेपछि कृषकहरुले अर्गानिक तरकारी खेतीगर्नको लागि सिचाईको समस्या भएको सृजना कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष खगिसरा गिरीले वताउनुभयो । जमिन छ पानी छैन,प्रयाप्त पानी भएको भए तरकारी लगाएतका अन्य वालिमा राम्रो सिचाई हुन्थ्यो, रसायनिक विषाधी प्रयोग कम हुन्थ्यो र विस्तारै हट्थ्यो त्यसैले सिचाइको ब्यवस्था गरिदिन माग गर्दछु उहाँले भन्नुभयो ।


घातक विषाधी मुक्त संसार, स्वास्थ्य जिवन र पर्यावरणको आधार भन्ने मुल नारा सहित यहि फागुन २४ गते देखि ३० गते सम्म कर्णाली प्रदेशमा विषाधी मुक्त सप्ताह शुरु भएको छ । सप्ताह अन्तरगत भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको एकिकृत कृषि प्रयोगशालाले विद्यालय,सार्वजनिक स्थान, कृषक समुह लगाएतका ठाँउमा गएर जैविक विषाधीको प्रयोग सम्बन्धी सन्देशमुलक जानकारी, प्रचारप्रसार, अन्तरक्रिया, छलफल गर्दै आएको रावतले वताउनुभयो ।

रसायनिक विषाधीको प्रयोगले मानव स्वास्थ्यमा हुने असर, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश वनाउन गर्नुपर्ने प्रभावकारी काम, हरेक उत्पादनमा जैविक विषाधीको प्रयोग लगाएतका विषयमा जनचेतना फैलाउने उद्देश्य रहेको रावतको भनाई छ । अभियानको रुपमा सबैले जैविक विषाधी बनाएर प्रयोग गर्दा रोगकीरा नियन्त्रण हुने नत्र सबै किरा प्रयोग नगरेको किसानको खेतबारीमा पुग्ने र कृषि उत्पादनमा ह्रास आउने रावतको भनाई छ ।

कर्णाली प्रदेश सरकारको योजना अनुसार अर्गानिक प्रदेशको कार्यान्वयन गर्न किसान संग भएको अनुभव स्थानीय कच्चापदार्थ, प्रविधि र प्राविधिक जनशक्ति प्रयोग गरि रोगकिरा नियन्त्रण गर्न र रासायनिक विषादी प्रयोग न्युनिकरण गर्न प्रदेश सरकारले किसान संग हातेमालो गरेको प्रमुख रावतले वताउनुभयो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०८०     8:41:13 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *