सिजाङ भूकम्पको क्षतिप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


काठमाडौं, २३ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भन्नुभएको छ–‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’
साथै उहाँले मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रकाशित मितिः 2025-01-07     9:29:26 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *