सुर्खेत ९,बैशाख/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले यहि वैशाख १२ र १३ गते पहिलो पटक अन्तराष्ट्रिय साफ सम्मेलन गर्ने भएको छ ।
विश्वविधालयले आज पत्रकार सम्मेलनमा गरेर सम्मेलनको उद्देश्य आयोजना प्रक्रिया, सहभागी देशका बारेमा जानकारी गराएको छ ।
सम्मेलनले विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, शिक्षाविद, नीति निर्माता, तथा व्यवसायिक नेतृत्वकर्ता र उच्च शिक्षामा अध्ययनरत बिद्यार्थीलाई एउटै मञ्चमा ल्याउने बताउको छ ।
सम्मेलका संयोजक डाक्टर पुर्णमान श्रेष्ठले शिक्षामा नवप्रवर्तन र प्रविधिको प्रयोग, डिजिटल शिक्षाको रूपान्तरण र पहुँच, दीगो विकास लक्ष्यहरूप्रति शैक्षिक उत्तरदायित्व सामाजिक न्याय र समावेशी नीतिहरू, उद्यमशीलता र जिम्मेवार नेतृत्वको विकासलार्इ प्राथमिकता दिएको बताउनुभयो ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र संयुक्त राज्य अमेरिका (USA) लगायतका देशहरूबाट शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता, उद्यमी, सामाजिक अभियन्ता, र उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।
करिब ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञहरूको सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
सम्मेलनमा २०३ वटा कार्यपत्रहरू पेश गरिएकोमा १६३ वटा कार्यपत्रहरू छनौटमा परेको भन्दै १२ वटा सेसनहरू रहने उहाँले बताउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतको आयोजनामा वैशाख १२ र १३ गते (अप्रिल २५–२६, २०२५) ‘शाफ २०२५ – परिवर्तनशील विश्वमा शिक्षा, समाज र व्यवसायका प्रवृत्तिहरू’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै संयोजक प्रा. डा. पुर्णमान श्रेष्ठले यो सम्मेलन अनुसन्धान, बहस र ज्ञान साझेदारीको साझा मञ्च हुने बताएका छन् ।
सम्मेलनको उद्देश्य शिक्षा, समाज र व्यवसायसँग सम्बन्धित समसामयिक तथा बहु–विषयगत संवादलाई प्रवर्धन गर्नु रहेको उनले बताए। “विभिन्न देशका अनुसन्धानकर्ता, शिक्षाविद्, नीतिनिर्माता तथा नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याएर विचार आदानप्रदान, अनुभव साझेदारी र समाधानमुखी बहसको वातावरण बनाउने हाम्रो लक्ष्य हो,” संयोजक डा. श्रेष्ठले भने ।
सम्मेलनमा शिक्षामा नवप्रवर्तन र प्रविधिको प्रयोग, समावेशी शिक्षामा पहुँच, दिगो विकास लक्ष्यअनुसारको शैक्षिक उत्तरदायित्व, सामाजिक न्याय र समावेशी नीति निर्माण तथा उद्यमशीलता र जिम्मेवार नेतृत्व विकासजस्ता विषयमा बहस गरिनेछ ।
शाफ २०२५ सम्मेलनले कर्णाली प्रदेशका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरणमा सहभागिता जनाउने अवसर प्रदान गर्नेछ । विश्वविद्यालयले अनुसन्धान प्रवर्धन, युवा सम्मेलन र कार्यशालाजस्ता कार्यक्रममार्फत युवाको वैज्ञानिक सोच, नवप्रवर्तन र नेतृत्व क्षमताको विकासमा सहयोग गर्नेछ ।
नेपाल, भारत, बङ्गलादेश, अमेरिका लगायतका देशका २०० भन्दा बढी प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा २०३ वटा कार्यपत्र दर्ता गरिएमा १६३ वटा छनोट भइसकेका छन् । ती कार्यपत्रहरू शिक्षा, नीति निर्माण, उद्यमशीलता र सामाजिक अभियानसँग सम्बन्धित विषयमा दुईदिने अवधिमा प्रस्तुत गरिनेछ ।
संयोजक प्रा. डा. श्रेष्ठले विश्वास व्यक्त गरेअनुसार, शाफ २०२५ सम्मेलनले विश्वविद्यालयलाई अनुसन्धानमुखी, समावेशी र उत्तरदायी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न टेवा पुग्नेछ । यस्तै, कर्णाली प्रदेशको समग्र शैक्षिक रूपान्तरणमा पनि यस सम्मेलनको सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।