कर्णालीका मुख्यमन्त्री र सिडिओको बैठकः विपद् पूर्वतयारी र सेवा प्रवाहको समीक्षा

 

सुर्खेत २१ साउन – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलवहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग मनसुनजन्य विपद्को पूर्वतयारी, प्रतिकार्यको अवस्था, शान्ति सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहका विषयमा भर्चुअल बैठक गरेका छन ।

बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले आफनो जिल्लामा मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिम, बाढी, पहिरोको अवस्था, पूर्वतयारीका लागि गरिएका कार्य, उद्धार तथा राहत व्यवस्थापनको तयारी, आवश्यक स्रोत–साधनको उपलब्धता, शान्ति सुरक्षाको समग्र अवस्था सामान्य रहेको जानकारी र नागरिकलाई प्रदान गरिँदै आएको सेवा प्रवाहबारे जानकारी गराएका थिए ।

 

मुख्यमन्त्री शाहीले कर्णालीमा मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय कायम गरी उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन आवश्यक निर्देशन दिएको मुख्यमन्त्री शाहीका निजिसचिव मुकुन्द शर्माले जानकारी दिए ।

विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्राथमिकता दिन, जोखिमयुक्त क्षेत्रको नियमित जानकारी राख्न तथा नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरेको निजीसचिव शर्माले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शाहीले विपतको लागि आवश्यक पर्ने सामग्री र राहत रकम प्रदेश ससरकारबाट उपलब्ध गराउन सकिने र त्यसका लागि सरकार तत्पर रहेको कुरा प्रमुख जिल्ला अधिकारीहरुलाई वताएका थिए ।

प्रकाशित मितिः 2026-08-06     10:51:35 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *