कर्णालीका अधिकाशं प्रहरी कार्यालय भवन विहिन

दिपेन्द्र शर्मा

सुर्खेत ८ साउन । कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय हरु भवन विहीन भएका छन । आफनै भवन नहुदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालयहरु भाडामा वस्ने गरेका हुन ।
कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका एक सय ८९ वटा कार्यालयहरु मध्ये ८६ कार्यालयहरु अरुको घरमा भाडा तिरेर वसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवम डिआइजी पुर्णचन्द्र जोसीले जानकारी दिनुभयो । डिआइजी जोसीका अनुसार जाजरकोटमा १३ , रुकुम पश्चिम १२, दैलेख १०, कालीकोट ९, हुम्ला ९, सुर्खेत ८, सल्यान ८, डोल्पा ६,मुगु ६ र जुम्ला ४ वटा प्रहरी कार्यालयहरु आफनो भवन नहुदा महंगो रकम तिरेर भाडामा वस्ने गरेका छन ।
७४ लाख वढि रकम भाडामा खर्च
कर्णाली प्रदेशमा नेपाल प्रहरीका विभिन्न कार्यालयहरुको कार्यालय ब्यवस्थापनको लागी वार्षिक झण्डै ७४ लाख वढि रकम भाडामा खर्च हुने गरेको छ ।
कार्यालय संचालनका लागी आफनो भवन नहुदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयहरुले वार्षिक रु ७३ लाख ८० हजार ८ सय ५२ रुपैयाँ वढि रकम भाडामा मात्र खर्च गर्ने गरेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवम डिआइजी पुर्णचन्द्र जोसीले जानकारी दिनुभयो ।
आफनो नाममा भवन नहुदा कर्णाली प्रदेश अन्तरगत सुर्खेतमा रु १९लाख ९३ हजार १ सय ५२,रुकुम रु १० लाख ६२ हजार ६ सय ७२, जाजरकोटमा रु ७ लाख ३७ हजार २ सय ८ , सल्यानमा रु ७ लाख २० हजार, कालीकोटमा ६ लाख ६२ हजार ८८ रुपैयाँ घरभाडामा भुक्तानी गर्ने गरेको डिआइजी जेसीले जानकारी दिनुभयो ।
त्यस्तै दैलेखमा ५ लाख ७९ हजार ७ सय २०, हुम्लामा ५ लाख, ६३ हजार ४०, मुगुमा रु ४ लाख १० हजार ४ सय, डोल्पामा रु ३ लाख ९८ हजार, ५ सय ३२ र जुम्लामा २ लाख ५४ हजार ४० रुपैयाँ भाडा वापत वार्षीक रुपमा भुक्तानी गर्ने गरिएको उहाँले वताउनुभयो ।
आफनो वार्षीक भाडाको रकमले नपुग्दा स्थानीयतह तथा अन्यले केही प्रहरी चौकिहरुको भाडा तिरी दिने गरेको डिआइजी जोसीले वताउनुभयो ।
जनतासंग प्रत्यक्षरुपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा वस्नुपर्दा कार्य सम्पादनमा असर पर्ने डिआइजी जोसीको भनाई छ । सामान्यतया खाने वस्ने, शौचालय लगाएतका आधारभुत कुरा परिपुर्ती नहुदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उहाँको भनाई छ । “प्रदेशको आफनो जग्गा छैन, जग्गा प्राप्तीका लागी पहल गरिएको छ , जग्गा प्राप्ती भएमा भवन निमार्णको पहल गरिने छ” उहाँले भन्नुभयो ।
आफनो नाममा जग्गा भएपनि कर्णालीका अधिकांश प्रहरी चौकिहरुले वजेटको अभावमा भवन वनाउन सकेका छैनन । आफनो नाममा जग्गा हुदा पनि भवन नहुदा अधिकांश प्रहरी कार्यालयहरु भाडामा वस्न वाध्य भएका छन ।
आधा दर्जन कार्यालय प्रदेश बाहिर
आफनो प्रदेशमा भवन नहुदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय प्रदेश वाहीर संचालन भएका छन ।
कर्णाली प्रदेश प्रहरीका महत्वपुर्ण कार्यालयहरु भवन अभावमा ५ नम्बर प्रदेशको नेपालगन्जबाट संचालन हुन बाध्य भएका छन । कर्णाली प्रदेशको प्रदेश प्रहरी तालीम केन्द्र, प्रदेश प्रहरी दंगा नियन्तरण गण, संघिय प्रहरी इकाई कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा,प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगन्जवाट संचालन भएको प्रदेश प्रहरी प्रमुख डिआइजी जोसीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     9:22:34 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *