कर्णालीमा २८ जना कोरोना संक्रमित थपिए


सुर्खेत ३०, भदौ
कर्णालीमा प्रदेशमा मंगलवार थप २८ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी पिसिआर परिक्षण प्रयोगशाला रुकुममा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार आठ सय ६३ पुगेको छ । उनीहरू मध्य २७ जनाको स्वाब सुर्खेत र १ जनाको कुमाख गाँउपालिका सल्यानवाट संकलन गरिएको थियो ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मात्रै २२ जना रहेका छन । त्यस्तै दैलेखका १ जना, बझाङ्गका १ जना, सल्यानका १ जना ,सर्लाही, वाँके र दांगका १÷१ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य महाशाखा प्रमुख वृषवहादुर शाहीले जानकारी दिनुभयो ।
कर्णालीमा २६ जना डिस्चार्ज भए
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ३९ जना डिस्चार्ज भएका छन ।
पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट ७ जना, तिला आइसोलेशन सेन्टर जुम्लावाट २ जना, हिमा आइसोलेशन जुम्लावाट २ जना, वीरेन्द्रनगर होमआइसोलेशन सुर्खेतवाट २१ जना, महावु आइसोलेशन सेन्टर दैलेखवाट २ जना, दैलेख अस्पातल÷नारायण आइसोलेशन सेन्टर दैलेखवाट ३ जना र दुल्लु अस्पताल दैलेखवाट २ जना रहेका छन ।
यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार पाँच सय ७० जना पुगेको छ । मन्त्रालयका अनुसार कर्णालीमा संक्रिय विरामीको संख्या दुइ सय ८७ जना रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३०, २०७७     9:56:06 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *