राष्ट्रिय गीत लेखन प्रतियोगितामा क्षितिज समर्पण कर्णालीबाट उत्कृष्ट

१६ असार/ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही [क्षितिज समर्पण] कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले उनीसहित हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गर्दै आइतबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत समेत गरेको छ। …

सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्नेछ ः प्रदेशप्रमुख परियार

सुर्खेत २७ माघ / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छन । आज शुभकामना सन्देश जारी गदै प्रदेशप्रमुख परियारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका हुन । प्रमुख …

डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित ‘कर्णालीको मर्म’ माथी परिचर्चा

सुर्खेत २१ माघ/युद्ध पत्रकार डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित कर्णालीको मर्म पुस्तक माथीको परिचर्चा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा रोकायाद्धारा लिखित कर्णालीको मर्म पुस्तकमाथी विचार विमर्श सहित परिचर्चा गरिएको हो । पुस्तकमाथी परिचर्चा गर्नका लागि परिचर्चा बक्ताको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दवहादुर सिंह, …

काठमाण्डौ टुँडिखेलको भीडमा च्यापिएर १६ जना घाइते (नामसहित)

काठमाडौं १ माघ / काठमाण्डौको टुँडिखेलमा आयोजित माघी मेलाको भिडभाडमा च्यापिएर १६ जना घाइते भएका छन । टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा धेरै भिडभाड भएकाले त्यहाँ पुगेका मानिसहरू च्यापिएका हुन । अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी …

प्राप्त गरेका अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौं ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनु भएको छ । सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले वर्तमान संविधान …

कर्णाली प्रदेश प्रमुखले दिए तमु ल्होसारको शुभकामना

सुर्खेत १५, पुष कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत शुभकामना ब्यक्त गरेका छन । उनले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएकाले गुरुङ समुदायको तमु ल्होसारले भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर …

पर्यटकको रोजाइमा नेपालको पहिलो सुखी गाउँ लमजुङको घलेगाउँ

  दिपेन्द्र शर्मा सुर्खेत १० असार / नेपालको पहिलो सुखी गाउँ लमजुङको घलेगाउँ जाने भन्ने सबैलाइ रहर लाग्ने गर्दछ । नाम नै सुन्दा नेपालको सुखिगाँउ जाने र त्यहाँवाट विहानीको सनराइज (सुर्य उदाएको) हेर्ने धोको सबैलाई हुन्छ । पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल), तनहुँको रुपाकोट र लमजुङको सुन्दरबजार हुँदै सदरमुकाम बेशीशहर पुगेपछी …

कर्णालीमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारी तीव्र

दीपेन्द्र शर्मा सुर्खेत, १८ साउन /कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आवश्यक तयारी थालेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा प्रादेशिक पर्यटन प्रवद्र्धन समिति गठन गर्नुका साथै भ्रमण वर्षसंग सम्बन्धित कार्यक्रमहरुको घोषणा गरेको हो । पर्यटन मन्त्रालयले राजु …

राष्ट्रिय जनगणना २०७८ का लागी सुझाव संकलन

दिपेन्द्र शर्मा सुर्खेत ४,असार / राष्ट्रिय जनगणना २०७८ का लागी कर्णालीमा सुझाव संकलन गरिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याड्ढ विभागको आयोजनामा आज सुर्खेतमा प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको हो । विभागले कर्णालीमा तहगत सहकार्य, समन्वय र सहयोगका लागी प्रदेशस्तरीय छलफल तथा सुझाव …

व्यवसायिक भैंसीपालनमा दलित समुदाय

सुर्खेत, २३ जेठ / सुर्खेत वीरेन्द्रनगर १ का ५० घरधुरी दलित समुदायले व्यवसायिक भैंसीपालनको शुरुवात गरेका छन् । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैंसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैंसी …