८० हजार घुस सहित इन्जिनियर पक्राउ

सुर्खेत २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई ८० हजार घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराई दिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगद सहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले बताए ।
इन्जिनियर देवलाई सोमबार विहान उनकै कार्यकक्षबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भैरहेको सुचना अधिकारी सापकोटाले बताए ।
आन्तरिक तथा महालेखा परिक्षण गराउनका लागि भन्दै जिल्ला स्थित प्राय सबै कार्यालयवाट सम्पन्न गरिने सबै कार्यक्रमवाट १० देखि १५ प्रतिशत रकम उठाएर कार्यालय प्रमुख र लेखा बिच भागबण्डा हुने गरेको चर्चा चलिरहेको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियरलाई ८० हजार घुस सहित पक्राउ गरिएको छ ।

प्रकाशित मितिः सोमवार, असार २५, २०७५     11:49:53 AM