गाउँपालिकाको निति बिपरित विद्यार्थी भर्ना लिन लगाउने स्रोत ब्यक्ति विवादमा


जाजरकोट २४ असार । गाउँपालिका तथा गाउँ शिक्षा समितिको निति विपरित विद्यार्थी भर्ना लिन लगाउने स्रोत ब्यक्ति कमलराज वस्नेत विवादमा तानीएका छन ।
जिल्लाको कुशे गाँउपालीकाले लिएको निति र कार्यक्रम बिपरित मर्ज गरिएको बिद्यालयमा भर्ना लिन लगाएकाले विवादमा तानिएका हुन । गाँउपालीकाको निति विपरित विद्यार्थी भर्ना लिन लगाएको विद्यालयमा स्रोत ब्यक्ति वस्नेतकी श्रीमती प्रधानाध्यापक रहेकी छन ।
कुशे गाउँपालिकाको शिक्षा शाखामा कार्यरत स्रोत ब्यक्ति कमलराज बस्नेतले गाँउपालीकाको निति विपरित पुर्वाहग्रही तरिकाले विद्यालयको अनुगमन गरिरहेको जानकारी कार्यालयमा आएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । कार्यालयको निर्देशन लाई लत्याउदै काम गरिरहेको उनले वताए । शिक्षा शाखा स्थानिय तहको मातहतमा रहदा पनि हाल गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्षसंग कुनै पनि समन्वय नगरि आफनो मनोमानी ढंगले काम गरिरहेको उनले वताए ।

आफुले स्वयम अनुगमन गर्दा विद्यालयमा लामो समय अनुपस्थित भएका शिक्षक रमेश वस्नेत र चण्डीका शाही वस्नेतलाई विद्यालयमै रहेको भनि प्रतिवेदन वुझाएर तलव माग गरिएको अध्यक्ष वस्नेतले जानकारी दिए । शिक्षक रमेश वस्नेत र चण्डीका शाही वस्नेत स्रोत ब्यक्ति वस्नेतका भाई र श्रीमती हुन ।
स्रोत ब्यक्ति वस्नेतको असल नियत भएको भए अनुगमन गर्दा सवैको सत्यतथ्य विवरण आउथ्यो त्यसो नगरेको अध्यक्ष वस्नेतले वताए । गाँउपालीकाको टालेगाँउमा रहेको लाईट फयूचर प्राविमा कार्यरत शिक्षक रमेश बस्नेत एक महिना सम्म बिद्यालय उपस्थीत नभएको र कुशेकै देउराली आधारभुत बिद्यालयमा कार्यरत शिक्षीका चन्डीका शाही वस्नेत १७ दिन अनुपस्थित भएको भेटाए पछि आफुले हाजिरि काटेकोमा स्रोत ब्यक्ति बस्नेतले बिद्यालयमा रहेको दाबि गरेको समेत अध्यक्ष वस्नेतको भनाई छ ।
“ कुशे गाउँपालिका बाट २०७५ असार १२ गते सम्म सबै शिक्षकहरुको लागी तलव भत्ता निकासा पेश गर्न भने पनि स्रोत ब्यक्तिले कुनै ब्यवस्था नगरि हराएको र असार १९ गते मात्रै सम्पर्कमा आउदा शिक्षकको तलव भत्ता निकाशामा ढिलाई भएको अध्यक्ष वस्नेतले वताए । अध्यक्ष वस्नेतका अनुसार कुशे गाँउपालीकाको देउती प्रावि काव्रीमा पहिलो किस्ता निकासा लिई काम ९० प्रतिशत सम्पन्न भएको अनुगमन रिर्पोट तथा इन्जीनियरवाट स्टामेट हुदा पनि बिद्यालयको कुनै पनि काम सुरु नभएको प्रतिबेदन पेश गरि पुर्वाहग्रही ब्यवहार देखाएको अध्यक्ष बस्नेतले बताए ।

उता स्रोत ब्यक्ति कमल राज वस्नेतले कुशेगाउँपालिकाका विभिन्न वडामा रहेका विद्यालयमा काम नगर्ने शिक्षकको विवरण संकलन गरि गाउँपालिकामा वुझाउदा आफु माथी अपमान भएको बताए ।
अनुगमनका क्रममा देखिएका समस्याहरुलाई कुशेगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर खत्रि समक्ष प्रतिवेदनकारुपमा वुझाएको स्रोत ब्यक्ति कमलराज वस्नेतले वताए ।
अनियमितता गर्ने शिक्षक , कृत्य हाजिर गरेर तलव भत्ता खाएको भनि उल्लेख गरिएको प्रतिवेदन वुझाउदा गाली खानुपरेको उनले बताए । स्रोत व्यक्ति वस्नेतले कुशेगाउँपालिका भित्रका विद्यालयमा भएका अनियमितता , छात्रवृती वितरण , विद्यालयमा नपढाई शिक्षकले तलव भुक्तानि भएको कुराहरु उल्लेख गरि गाउँपालिकामा वुझाएको वताएका छन ।

प्रकाशित मितिः आइतवार, असार २४, २०७५     5:43:52 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *