कर्णालीका महिलाद्धारा पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग


सुर्खेत ३१ असार /कर्णालीका महिलाहरुले पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गरेका छन ।
नेकपा निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) ले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय बैठक प्रशिक्षण तथा सम्मान कार्यक्रममा सहभागी कर्णालीका महिलाहरुले राज्यको मुल प्रवाहमा महिलाको सहभागीता कमी भएको भन्दै नेपाल संविधान संशोधन गरेर पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गरेका हुन ।
कार्यक्रममा सहभागी महिलाहरुले देशका दुई ठुला पार्टीहरु विचमा एकता भैइसक्दा पनि नेतृत्व तहमा महिलाको सहभागीता कमी भएको भन्दै आगामी कमिटी निमाणर््ा गर्दा कम्तीमा ५१ प्रतिशत महिला सहभागीताका लागी दवाव दिने निर्णय भएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) की केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश सरकारकी भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
संगठनका तर्फवाट कर्णाली प्रदेशका १० वटै जिल्लामा सामाजिक विकृत,विसंगतीका विरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गरिने पनि केसीले वताउनुभयो । संगठनले ग्रामिण वस्तीहरुमा हुने महिला हिंसा , रक्सी,जुवा,तास, छाउपडि प्रथा, वालविवाह लगाएतका विभिन्न विकृतीका विरुद्ध कर्णाली प्रदेशका सवै स्थानियतहमा जनचेतनामुलक कार्यक्रम संचालन गरि नियमन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मितिः 2018-07-15     3:59:34 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *