कुशे गाउँपालीका द्धारा राहत बितरण

जाजरकोट २१ साउन । जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरो पिडित लाई कुशे गाँउपालिकाले राहत वितरण गरेकोछ ।
आइतवार जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरोमा परि विस्थापित परिवारलाई गाँउपालीकाले राहत वितरण गरिएको हो ।
पहिरोवाट विस्थापित भएर ठाँटी स्थीत बृद्धा श्रम केन्द्रमा बस्दै आएका पिडित परिवारलाई खाद्यन्नका साथै कम्मल र त्रिपाल राहत स्वरुप सहयोग गरेको कुशे गाँउपालीकाका काभा अध्यक्ष रामछाया शाहीले बताईन ।


आइतवार जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरो पिडित लाई परी आठ जनाको मृत्यु भएको थियो । आइतवार विहान गएको पहिरोले पुरेका एकै घरका चार जना सहित आठ जनाको मृत्यु भएको हो । पहिरोमा परि कुशे गाँउपालीका ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार कुशे ६ का ११ वर्षीय नवीन परियार, भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली लुहार, उनका छोरीहरु १० वर्षीय रञ्जना लुहार , ७ वर्षीय मनिसा लुहार, र ३ वर्षीय भगवती लुहार र वारेकोट गाँउपालीकाका तिर्थ वोहराकाकी छोरी नजम वोहराको मृत्यु भएको थियो ।

 

पहिरोमा बेपत्ता गोविन्द अझै भेटिएनन
होमवर्क गरिरहेका वेला पहिरोमा परि बेपत्ता भएका कुशे गाँउपालीका ५ जाजरकोटका ८ वर्षीय गोविन्द परियार अझै भेटिएका छैनन् ।
आईतवार नभेटिएका गोविन्द सोमवार दिनभर खोजतलास गर्दा पनि नभेटिएको र आज पनि खोजी भइरहेकोमा अहिले सम्म भेटिन नसकेको जिल्ला प्रसासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए ।

नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनाले घटना स्थलमा गोविन्दको खोजिकार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी वस्नेतले बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन २२, २०७५     7:59:43 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *