चर्चित गायक नविन पौडेलको लोकप्रियता चुलिदो

जाजरकोट ३ भाद्र । गैरआवासिय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नविन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवासीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्व भरिका एनआरएनहरु लाइ छमछमी नचाएका छन।

पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन । सबै उमेर समुहका दर्शक श्रोताको मन जित्न सफल गायक पौडेलले युरोप मा रहेका नेपाली हरुको मन पनि जितिरहेका छन । उनका गीतले के युवायुवती के वृद्धवृद्धा सबैको प्रतिनिधित्व गरेको हुन्छ ।
विशेष गरी सामाजिक यथार्थता, कुरिती, कुसंस्कार एबम महिला अधिकारको पक्षमा गीत गाउने नविनले सबैको भावनामा डुबेर गीत गाउदा युरोपमा बस्ने नेपालिले अत्यन्त मन पराएको उनले बताए । नविनको प्रस्तुतिले मन नछुने सायद कमै मान्छे हुन्छन । नेपालको मेची देखि महाकालिका अधिकांस भु(भागमा पुगेर सबैको मन जितिसकेका नविन विदेशमा बस्ने नेपालिको पनि मन जितिरहेका छन । गीत सङ्गीत मार्फत सामाजिक यथार्थतालाई छर्लङ्ग पार्न सिपालु नविनको पछिल्लो गीतले बजारमा निक्कै चर्चा कमाएको छ ।

“चार बजे स्कुल बाट घरमा आइनन भनी, बस्नु पर्छ बाउआमाले औँला गनि गनि– जोगाउनै गाह्रो फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” यो गीत युट्युबमा एक महिनामा करिब सात लाख दर्शकले हेरेका छन । यो गीत मार्फत पौडेलले विशेष गरि महिला अथवा छोरी मान्छेहरुको सामाजिक सुरक्षाको आवाज उठाएका छन । त्यसो त यसभन्दा अगाडि “पल्ला घरका जेठाजुले आइए बिए बढ्छन हाम्रा घरका नामर्दत भर्याङ चढ्दा लड्छन( के सम्झनु छर जान्न मत त्यो घर” ” ए हजुर सुन्नुभाछर” “हरेक जातजाती छौँ नानाथरी” “यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा” “दुखका दिन गए” “नया पार्टी खोल्छु” “बुलाकी झुम्काना” श्रीनगर बतासे डाडैमा लगायताका दर्जनौं गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन ।

युरोपका विभिन्न देशहरु लक्जेम्बर्ग, बेल्जियम, फ्रान्स, जर्मनी मा यिनै गीतहरु मार्फत भरपुर मनोरञ्जन दिएका थिए । उनले भने विदेशमा बस्ने नेपालिहरुमा कला सस्कृतीको माया र मोह अझ बढी रहेछ । यथार्थपरक एव समयसापेक्ष गीतका पर्याय नवीन यो भन्दा अघि जापान, मलेसिया, युएइ, बाङ्लादेश लगायतका देशहरुमा पुगेर त्यहा रहेका नेपालिहरुको मन जितिसकेका छन । पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तराष्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, राष्ट्रिय लोक दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्व केन्द्रिय सदस्य हुन् ।

(साभार गण्डक न्युज)

प्रकाशित मितिः आइतवार, भदौ ३, २०७५     5:46:36 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *