महिलाको जीवन स्तर उकास्न कर्णाली सरकार प्रतिवद्ध छ ः मन्त्री केसी


सुर्खेत २४ भाद्र । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवंम भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले महिलाको जीवन स्तर माथी उकास्न कर्णाली प्रदेश सरकार लागी परेको वताएकी छन ।
अखिल नेपाल महिला संघ जिल्ला समिति सुर्खेतको आयोजनामा आइतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तिज विशेष कार्यक्रममा उक्त कुरा वताएकी हुन । कार्यक्रममा वोल्दै मन्त्री केसीले अवको तिजलाई नयाँ ढंगवाट मनाउनुपर्ने धारणा राखिन । नेपाली महिलाहरु पुरुषको लागी वर्त वस्नु भन्दा स्वास्थ्यका लागी वर्त वस्नुपर्ने मन्त्री केसीले वताइन ।
जसले जिन्दगी भरि पिडा हुने गरि कुटछ,त्यसैको दिर्घायुको लागी वसेको वर्त वैज्ञानिक छैन उनले भनिन । खर्चिलो र भडकीलो तिजले कर्णालीको समवृद्धी नहुने भन्दै अव सिर्जनात्मक काममा लाग्नुपर्ने केसीले वताइन । तिजलाई सिर्जनात्मक वनाउनुपर्छ , छाडा प्रवृतीका गित नभई प्रगतिशिलगित गाँउनु पर्छ केसीले भनिन ।


पैत्रिक सम्पतिमा समान अधिकार प्रदान गर्ने आमा वावुलाई सम्मान गर्नुपर्ने मन्त्री केसीको भनाई छ । अव कर्णालीको समृद्धिको लागी सवै महिलाहरु एक भएर अगाडी वढनुपर्ने मन्त्री केसीको वताइन । संसारका धेरै महिलाले परिवर्तनको नेतृत्व गरेको उल्लेख गर्दै अव कर्णालीका महिलाहरुले पनि सामजिकरुपमा नेतृत्व लिनुपर्ने केसीले वताइन । आर्थिक रुपमा महिलाहरु सशक्त नभए महिलाको अरु विकास हुन सम्भव नहुने केसीको भनाई छ ।

प्रकाशित मितिः आइतवार, भदौ २४, २०७५     3:36:24 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *