कुशेमा विद्यालयलाई शिक्षण सिकाई अनुदान


जाजरकोट ३, असोज – कुशे गाउपालिकाले विद्यालयहरुलाई शिक्षण सिकाई अनुदान शीर्षकमा सवा करोड शिक्षक अनुदान वितरण गरेको छ । कुशेले ९ वटै वडा स्थित विद्यालयका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि उक्त अनुदान रकम वितरण गरेको हो ।
गाउपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक करोड र १७ वटा बाल विकास केन्द्रमा वाल विकास शिक्षक तथा कार्यालय सहयोगीका लागि १७ लाख ९४ हजार उपलब्ध गराएको छ । विद्यालयमा शिक्षक अभावलाई पुर्ति गर्र्न शिक्षण सिकाई अनुदान वितरण गरेको गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । शिक्षक दरबन्दि विनाका विद्यालयमा पठनपाठन नहुदा शैक्षिक गुणस्तर खस्केकोले शैक्षिक जनशक्ति अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष बस्नेतले बताए । ‘गाउपालिका क्षेत्र भित्रका ७ वटा मावि, दर्जन निमावि र आधा दर्जन प्राविमा एउटा पनि दरबन्दि शिक्षक थिएन । स्थानीय अभिभावकको चन्दा सहयोगबाट नियुक्त निजी शिक्षकको भरमा पढाई संचालन हुदै आएको थियो,’ उनले भने । यसरी लामो समयसम्म शिक्षक विहीन विद्यालयमा शैक्षिक अनुदान उपलब्ध गराउन वाध्य भएको उनले बताए । ‘अनुदान रकमबाट कुशे गाउपालिका भरका दरबन्दि विहीन विद्यालय तथा बाल विकास केन्द्रमा ८० जना शैक्षिक जनशक्ति भित्रनेछन्,’ अध्यक्ष बस्नेतले भने ।
। अनुदान रकमले माध्यमिक विद्या यमा ८, निम्न माध्यमिकमा २५ र प्राथमिकमा १८ शिक्षक नियुक्ति गर्न गाउपालिका शिक्षा शाखा प्रमुख मानबहादुर गिरीले बताए । गाउपालिकाले उपलब्ध गराएको अनुदान रकमबाट मावि शिक्षकले २५ हजार, निम्न मावि शिक्षकले १८ हजार र प्राथमिक शिक्षकले १५ हजारका दरले पारिश्रमिक पाउने छन् । बाल विकास शिक्षकले ६ हजार र सहयोगीले ३ हजारका दरले मासिक पारिश्रमिक पाउनेछन् । अंग्रेजी, विज्ञान र गणित विषयको पठनपाठनलाई मध्यनजर राखेर अनुदान उपलब्ध गराएको प्रमुख गिरीले बताए । शिक्षण सिकाई अनुदान रकम आगामी चार बर्षसम्म निरन्तर वितरण गरीने निर्णय भएको उनले बताए । कुशेमा ३२ प्राथमिक विद्यालय, आधारभुत विद्यालय ८, ११ वटा माध्यमिक विद्यालय र पा“च दर्जन बाल विकास केन्द्र रहेको उनले बताए । कुशे गापालिकामा ९ हजार विद्यार्थी अध्ययनरत छन् ।
दरबन्दि अभावमा कुशेका दर्जन माध्यमिक विद्यालय प्राथमिक शिक्षकका भरमा संचालन हुदै आएका थिए । विद्यालयमा माध्यमिक तह संचालन गरेको बर्ष वित्दा समेत शिक्षक दरबन्दिको ब्यबस्था हुन नसकेको सरस्वती माध्यमिक विद्यालय रिजापाहाडाका प्रधानाध्यापक केशव राज आरसीले बताए । १ देखि १० कक्षा सम्म पढाई हुने रिजापाहाडामा ३ प्राथमिक र दुई निमावि राहात शिक्षकका भर संचालन गर्न वाध्य थियौं,’ उनले भने । चालु आर्थिक बर्षमा गाउपालिकाबाट एक निमावि र ३ मावि शिक्षकका लागि अनुदान प्राप्त भएको उनले बताए । गाउपालिकाबाट शिक्षक अनुदान प्राप्त भएपछि स्थानीय अभिभावक हर्षित भएको उनको भनाई छ ।
कुशे गाउपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएर नमुना कार्य गरेको पुर्व शिक्षक केदारबहादुर शाहले बताए । शिक्षक दरवन्दि, भौतिक पुर्वाधार लगायत अभावमा गीर्दो शैक्षिकस्तरलाई माथि उकास्न शैक्षिक लगानी बढाउनु गाउपालिकाको उदाहरणीय कार्य भएको शाहले बताए । कुशेले गत आर्थिक बर्ष १६ वटा विद्यालय भवन निर्माण, फर्निचर ब्यबस्थापन, कम्प्युटर, विद्युतीय हाजिरी र सोलार पावरमा मा तीन करोड २० लाख खर्च गरेको थियो । गत आवमा १६ विद्यालय भवन निर्माणमा दुई करोड ६० लाख र फर्निचर, कम्प्युटर, विद्युतीय हाजिरी तथा सोलार ब्यबस्थापनमा ६० लाख खर्च भएको अध्यक्ष बस्नेतले बताए ।

प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५     11:49:20 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *